राजनीति

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना



राजनीति प्रकाशित मिति:

काठमाडौँ:
फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।
काठमाडौबाट जनकपुरका लागि हिडेको बा ११ च ९५१९ नम्बरको बोलेरो गाडी सिन्धुली बर्दीवासको बाटोमा दुर्घटनामा परेको छ ।
मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठोकिदा दुर्घटना भएको सांसद महतोले बताए । अघि अघि टिपर र पछि पछि बोलेर गइरहेको थियो । टिप्परले एक्कासी ब्रेक लिँदा बोलेरो टिप्परको पछाडीमा ठोकियो ।
दुर्घटनामा कुनै  मानवीय क्षति हुन सकेन । टिपर र बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । सांसद अर्को गाडी चढेर जनकपुर पुगिसकेका छन् ।
सांसद महतोले भने, ‘सडक भत्केको ठाउँमा मर्मत भएको छैन । लाग्छ सडकमा खाल्डो होइन, खाल्डोमा सडक रहेको छ । टिपर रोकिएपछि ब्रेक लिँदा पनि बालुवामा चिपलिएर गाडी टिप्परभित्र छिरेको थियो ।’
एमाले चन्द्रपुर ९ को अधिवेशन सम्पन्न - 2016-10-25
कलमपाटी ९ कार्तिक नेकपा एमाले चन्द्रपुर नपा वडा न ९ को दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । श्याम श्रेष्ठको अध्यक्षतामा चन्द्रपुर नपा ९ मा मंगलवार वडा अधिवेशन सम्पन्न भएको हो ।

एमाले चितवन जिल्ला अध्यक्षमा पोखरेल विजयी - 2016-10-25
चितवन ९ कात्तिक नेकपा एमाले चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी जगन्नाथ थपलियालाई १एकसय ४२ मतले पछाडी पार्दै पोखरेल विजयी भएका हुन् ।

चैत्र भित्र स्थानिय निकायको निर्वाचन हुनुपर्ने :गच्छदार - 2016-10-24
कलमपाटी ८ कार्तिक मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पस्ने बताएका छन ।

अख्तियार प्रमुख कार्की बिरुद्धको प्रस्ताव माथी मंगलवार छलफल - 2016-10-23
कलमपाटी ७ कार्तिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोक कमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि मंगलबारबाट छलफल शुरु हुने भएको छ ।

सहमतीमा नै महाअभियोग प्रस्ताव पास हुन्छ :एमाले नेता नेपाल - 2016-10-21
कलमपाटी ५ कार्तिक नेकपा एमाले वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुख्य तीनदलको सहमतिमा अख्तियार प्रमुख लोकमानसिंह कार्की माथिको महाअभियोग प्रस्ताव पास हुने बताएका छन ।

लोकप्रिय नेता पोख्रेलको उम्मेदवारीले चितवन एमालेमा उत्साह - 2016-10-21
काठमाण्डौ, ५ कार्तिक चितवन जिल्लाका नेकपा एमालेका लोकप्रिय नेता कृष्णभक्त पोख्रेलले जिल्लाको पार्टी अध्यक्ष पदमा उम्मेदवार दिएपछि नेकपा एमाले चितवनका नेता कार्र्यकर्तामा उत्साह छाएको छ ।

कार्यवाहक अख्तियार प्रमुख दिप बस्न्यात - 2016-10-20
काठमाण्डौ ४ कार्तिक अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव आइ उनी निलम्बित भएसँगै आयुक्त दीप बस्न्यातलाई बिहिवार देखी कार्यवाहक अख्तियार प्रमुख बनाइएको छ ।

नेकपा एमालेका संसदलाई हृवीप जारी - 2016-10-20
काठमाण्डौ ४ कार्तिक / नेकपा एमालेका संसदहरु लाइ आइतवार बस्ने संसद मा अनिवार्य उपस्थितिका लागी खवर गरीएको छ । काठमाडौं उपत्यका बाहिर रहेका सांसदहरु फोन तथा एसएमएस बाट कार्तिक ७ गते ११ बजे बस्ने संसदको बैठकमा सहभागी हुन हृवीप जारी जारी गरेको छ ।

लोकमान सिंह कार्कीले नियमित कार्यसम्पादन गर्न नपाउने - 2016-10-20
काठमाण्डौ ४ कार्तिक महाअभियोग दर्ता पछि अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले नियमित कार्यसम्पादन गर्न नपाउने भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



783621 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top