राजनीति

राजपाको अनौठो घोषणापत्रः दुलहीलाई सुनको मंगलसूत्र, सहिद परिवारलाई ५० लाख



राजनीति प्रकाशित मिति:

रौतहट ७ मंसीर//
राष्ट्रिय जनता पार्टी (राजपा)ले प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने बताएको छ ।

तराईमा अन्य राष्ट्रिय पार्टीहरुले दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको हो ।

राजपाले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ । नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ ।

यो रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने बताए ।

प्रदेश २ मा राजपा-फोरम गठबन्धनको सरकार बन्ने र सहिद परिवारलाई ५०-५० लाख दिइने महतोले बताए ।घोषणापत्रमा ५० लाख दिने उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आˆनो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले बताएका हुन् ।

मधेसी मोर्चाले मधेस आन्दोलनको आहृवान गर्दै त्यसक्रममा शहादत दिने लाई ५०-५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा यसअघि निकै आलोचना भएको थियो ।शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उनले बताए ।‘मधेस आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघीयता आएको र आˆनै प्रदेशमा आˆनै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भने, ‘शहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेस सरकार माथि हुनेछ ।’#साभार : अनलाइन खवर डटकम बाट 

मधेशी मोर्चाले एक दिन प्रदर्शन गर्ने - 2017-01-28
कलमपाटी १५ माघ/ संविधान संशोधन विधेयक परिर्माजन सहित पास गर्न दबाव दिन मधेसी मोर्चाले जन प्रदर्शन गर्ने भएको छ ।

स्वबियू निर्वाचन फागुन १४ गते - 2017-01-27
काठमाण्डौ १४ माघ / नौ वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को चुनाव आगामी फागुन १४ गते हुने भएको छ । चुनावका लागी प्रमुख राजनीतिक दल निकट विद्यार्थी संघ र संगठनहरू एकमत भएका छन ।

ओखलढुंगामा फेरि हेलिकोप्टर काण्डः भूकम्प पीडितको गाँस काटियो - 2017-01-26
भूकम्प पीडितसँग पैसा असुलेर विवादित बनेपछि स्थगित भएको पहिलो किस्ताको अनुदान वितरण शिविर सञ्चालन गर्न पुनः भूकम्पपीडितसँग पैसा असुलिएको छ । पीडितको पैसामा नेता र हाकिमहरु हेलिकोप्टर चढेको समाचार सार्वजनिक भएपछि स्थगित शिविर शनिबारबाट फेरि शुरु भएको छ ।

मधेसमा एमाले ले २५ लाख मान्छे परिचालन गर्ने - 2017-01-22
सरकारले मधेसी मोर्चालाई समेत मनाएर संविधान संसोधन गर्दै स्थानीय चुनावको मिति घोषणा गर्न खोजिरहेका बेला प्रमुख प्रतिपक्ष नेकपा एमाले भने तराई मधेसमा २५ लाख मान्छे परिचालन गर्ने योजना बनाएको छ ।

काग्रेस सभापती र गृहमन्त्री रौतहटमा - 2017-01-22
रौतहट ९ माघ । पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले संबिधान संसोधनको बाधक एमाले रहेको आरोप लगाएका छन ।

भुसाहामा संसद भट्टराईको भव्य सम्मान - 2017-01-16
कलमपाटी ३ माघ/ रौतहट ६ नम्वर क्षेत्र बाट निर्वाचित संसद राम कुमार भट्टराई लाइ गम्हरीयाबिर्ता गाबिसको भुसाहा गाउका बासीन्दाले सम्मान गरेका छन ।

सरकारको पुर्न गठन हल्ला मात्रै संचारमन्त्री कार्की - 2017-01-15
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री राम सुरेन्द्र कुमार कार्कीले तत्कार मन्त्री परीषद बिस्तार नहुने बताएका छन ।

संविधानले अधिकार दिने हो, बुद्धि, विवेक दने होइन :पूर्व सभामुख - 2017-01-12
काठमाडौं २८ पुस/ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्घले प्रमुख दल बिचको मनमुटावले संविधान कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताएका छन ।

पोख्रेल पुर्नर्निमाण प्राधिकरणको सीईओ - 2017-01-11
योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा.गोविन्द पोख्रेललाई सरकारले पुर्नर्निमाण प्राधिकरणको सीईओमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सुशील ज्ञवालीलाई अवकाश दिँदै पोख्रेललाई सीईओ नियुक्त गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



649763 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top