राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


अव राष्ट्रिय चरित्रको आन्दोलन :अध्यक्ष यादव - 2017-03-12
कलमपाटी २९ फागुन / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतामाथि गोली हानेर सरकारले मधेसी जनता विरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन ।

सरकार प्रभु रिझाउन व्यस्त: एमाले अध्यक्ष ओली - 2017-03-12
भैरहवा २९ फागुन / नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई देशका जनतासँग कुनै मतलब नभएको र अन्तैका प्रभु रिझाउन व्यस्त रहेको आरोप लगाएका छन ।

चितवनमा एमालेको बिशाल कार्यक्रम - 2017-03-12
चितवन २८ फागुन / नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान चितवन पुग्दा कार्यक्रममा हजारौ मानिसको सहभागिता भएको छ । चितवनको नारायणी नदी किनारमा मानिसहरुको भिड खचाखच भए पछि गैंडाकोट तर्फ पनि एमाले कार्यकर्ता तथा समर्थकहरुको ठुलो भिड लागेको थियो ।

राप्रपा अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानिय बिकास मन्त्री - 2017-03-09
काठमाण्डौ २६ फागुन / राप्रपा अध्यक्ष कमल थापा उपप्रधान तथा संघिय मामिला तथा स्थानीय मन्त्री भएका छन । सरकारले बिहिवार मन्त्रिपरिषद बिस्तार गर्दै राप्रपाले पर्यटन मन्त्रीमा दिलनाथ गिरीलाइ पठाएको छ ।

सप्तरी घटनाको बिरोधमा काठमाण्डौमा मोर्चाको प्रर्दशन - 2017-03-09
काठमाण्डौ २६ फागुन / सप्तरीको राजविराजमा भएको घटनाको विरोध गर्दै मधेसी मोर्चा सहितको संघीय गठवन्धन काठमाण्डौमा प्रदर्शन गरेको छ ।

सप्तरी घटनाको जिम्मेवारी मोर्चाले लिनु पर्छ– चुरे भावर - 2017-03-09
कलमपाटी २६ फागुन/ शान्तिपुर्ण तरिकाले आमसभा तथा जुलुस गर्न पाउने संवैधानिक हक कुण्ठित नगर्न चुरे भावर राष्ट्रिय एकता पार्टीले संबन्धित राजनीतिक दलहरुसँग आग्रह गरेको छ ।

स्थानिय चुनाव रोक्न मोर्चाको माग - 2017-03-09
काठमाण्डौ २६ फागुन / मधेसी मोर्चाले सरकार संग स्थानीय चुनावका सबै कार्यक्रम स्थगित गर्न माग गरेको छ । चुनाव स्थगनको घोषणा नगरे ७ दिनपछि सरकारलाई मोर्चाको समर्थन फिर्ता हुने मधेसवादी नेताहरूले प्रधानमन्त्री लाइ जानकारी गराएका छन ।

कार्यकर्ता माथीको ज्यादती रोक्न एमालेको मोर्चा लाइ चेतावनी - 2017-03-08
काठमाण्डौ २५ फागुन / नेकपा एमालेले सप्तरी घटनापछि जिल्लाहरुमा आफ्ना कार्यकर्ता माथि ज्यादती गरिएको भन्दै त्यस्ता कार्य रोक्न मधेसी मोर्चा लाइ चेतावनी दिएको छ ।

मधेस मामिलामा एमालेले महसुस गरेका ४ कमजोरी - 2017-03-08
प्रदेश नम्बर २ का सन्दर्भमा एमाले नेतृत्वले समीक्षा गर्दैछ । तर, प्रदेश सीमांकनदेखि सप्तरी घटनासम्म पुग्दा एमालेले यो प्रदेशका सन्दर्भमा केही कमजोरी भएको महशुस गर्न थालेको छ । एमाले नेताहरूसँगका अनौपचारिक कुराकानीका क्रममा आफ्ना केही कमजोरी महशुस गरेको बुझ्न सकिन्छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645754 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top