राजनीति

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना



राजनीति प्रकाशित मिति:

काठमाडौँ:
फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।
काठमाडौबाट जनकपुरका लागि हिडेको बा ११ च ९५१९ नम्बरको बोलेरो गाडी सिन्धुली बर्दीवासको बाटोमा दुर्घटनामा परेको छ ।
मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठोकिदा दुर्घटना भएको सांसद महतोले बताए । अघि अघि टिपर र पछि पछि बोलेर गइरहेको थियो । टिप्परले एक्कासी ब्रेक लिँदा बोलेरो टिप्परको पछाडीमा ठोकियो ।
दुर्घटनामा कुनै  मानवीय क्षति हुन सकेन । टिपर र बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । सांसद अर्को गाडी चढेर जनकपुर पुगिसकेका छन् ।
सांसद महतोले भने, ‘सडक भत्केको ठाउँमा मर्मत भएको छैन । लाग्छ सडकमा खाल्डो होइन, खाल्डोमा सडक रहेको छ । टिपर रोकिएपछि ब्रेक लिँदा पनि बालुवामा चिपलिएर गाडी टिप्परभित्र छिरेको थियो ।’
प्रहरी र मोर्चाका कार्यकर्ता बिच गौरमा झडप - 2017-04-20
रौतहट ७ बैसाख/ मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच रौतहटको गौरमा केही वेर बिहिवार झडप भएको छ । प्रहरीले मार्चाका केही नेता कार्यकर्ताहरु लाइ नियन्त्रणमा समेत लिएको छ ।

चन्द्रपुर नगरको मेयरमा घिमिरेको चर्चा - 2017-04-17
रौतहट ४ बैसाख / चन्द्रपुर नगरपालिका का बिनोद घिमिरले नेकपा एमालेको तर्फ बाट मेयर पदमा आकाक्षा राखेका छन । यसअघि वडा अध्यक्षको जिम्मेवारी कुशलता पुर्वक सम्हाली सकेका घिमिरेले दुइ पटक नेकपा एमालेको जिल्ला कमिटी सदस्य र हाल चन्द्रपुर नगर कमिटीका इन्चार्ज भएर काम गरीसकेका छन ।

मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक - 2017-04-17
निर्वाचन आयोगले मतदाताको नामावली सार्वजनिक गरेको छ । १ करोड ४० लाख ५४ हजार ४५२ मतदाता छन् । जसमा पुरुष ७० हजार ६९ हजार ७१४, महिला ६९ हजार ८४ हजार ६२५ छन् भने तेस्रो लिङ्गी मतदाताको संख्या १४३ छन् ।

मोर्चा र गठबन्धनद्धारा आन्दोलनको कार्यक्रम घोषणा - 2017-04-16
कलमपाटी ३ बैसाख/ मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका छन ।

एमालेको तर्फबाट चन्द्रपुरको मेयरमा दाहाल र रेग्मीको चर्चा - 2017-04-15
रौतहटको चन्द्रपुर नगरपालिकामा एमालेका तर्फ बाट मेयरको उम्मेदवारमा बाबुराम दाहाल र उद्धव रेग्मीको नाम पछिल्लो समय बढी चर्चामा छ ।

सरकार बिरुद्ध गौरमा मोर्चाको प्रर्दशन - 2017-04-13
रौतहट, ३१ चैत / संविधान संशोधन बिना कुनै पनि हालतमा निर्वाचन हुन नदिने भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले विहिवार गौरमा जुलुश प्रदर्शन गरेका छन् ।

चन्द्रपुर नपाको ३ वटा वडामा एमालेले उम्मेदवार छान्यो - 2017-04-13
कलमपाटी ३१ चैत्र / नेकपा एमालेले रौतहटको चन्द्रपुर नपाको तीन वटा वडा अध्यक्षको उम्मेदवार वडा कमिटी कै बैठकले निर्विरोध चयन गरेको छ ।

चुनाव बहिस्कार गर्ने मधेशी मोर्चाको निर्णय - 2017-04-12
काठमाण्डौ ३० चैत्र / मधेशी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरे पछि चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।

जबर्जस्ति पार्टी प्रवेश गराएको भन्दै आपत्ती - 2017-04-10
रौतहटको चन्द्रपुर १ ब्रम्हस्थानका भक्त बहादुर वाइवा र कृष्ण बहादुर स्याङ्गतान पार्टी प्रवेश गरेको हल्ला मात्रै भएको बताइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



783576 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top