राजनीति

राजपाको अनौठो घोषणापत्रः दुलहीलाई सुनको मंगलसूत्र, सहिद परिवारलाई ५० लाख



राजनीति प्रकाशित मिति:

रौतहट ७ मंसीर//
राष्ट्रिय जनता पार्टी (राजपा)ले प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने बताएको छ ।

तराईमा अन्य राष्ट्रिय पार्टीहरुले दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको हो ।

राजपाले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ । नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ ।

यो रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने बताए ।

प्रदेश २ मा राजपा-फोरम गठबन्धनको सरकार बन्ने र सहिद परिवारलाई ५०-५० लाख दिइने महतोले बताए ।घोषणापत्रमा ५० लाख दिने उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आˆनो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले बताएका हुन् ।

मधेसी मोर्चाले मधेस आन्दोलनको आहृवान गर्दै त्यसक्रममा शहादत दिने लाई ५०-५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा यसअघि निकै आलोचना भएको थियो ।शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उनले बताए ।‘मधेस आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघीयता आएको र आˆनै प्रदेशमा आˆनै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भने, ‘शहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेस सरकार माथि हुनेछ ।’#साभार : अनलाइन खवर डटकम बाट 

चन्द्रपुर नपाको ३ वटा वडामा एमालेले उम्मेदवार छान्यो - 2017-04-13
कलमपाटी ३१ चैत्र / नेकपा एमालेले रौतहटको चन्द्रपुर नपाको तीन वटा वडा अध्यक्षको उम्मेदवार वडा कमिटी कै बैठकले निर्विरोध चयन गरेको छ ।

चुनाव बहिस्कार गर्ने मधेशी मोर्चाको निर्णय - 2017-04-12
काठमाण्डौ ३० चैत्र / मधेशी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सरकारले संविधान संशोधनको नयाँ बिधेयक संसदमा दर्ता गरे पछि चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।

जबर्जस्ति पार्टी प्रवेश गराएको भन्दै आपत्ती - 2017-04-10
रौतहटको चन्द्रपुर १ ब्रम्हस्थानका भक्त बहादुर वाइवा र कृष्ण बहादुर स्याङ्गतान पार्टी प्रवेश गरेको हल्ला मात्रै भएको बताइएको छ ।

एमालेका संसदले गृहमन्त्रीको राजीनामा मागे - 2017-04-10
कलमपाटी २८ नेकपा एमालेका सांसद सत्यनारायण मण्डलले मधेसी मोर्चाका नेताहरुले आफ्नो घरमा पसेर श्रीमती र बुहारीमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन ।

चुनावमा लाग्न कार्यकर्ता लाइ आग्रह - 2017-04-10
कलमपाटी २८ चैत्र / रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर पाँचबाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल कुमार यादव जितेन्द्रले स्थानिय निर्वाचनका लागी तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन ।

आयरल्याण्ड जाने भिसा व्यवस्था खारेज गर्न एमाले नेता पाण्डेको आग्रह - 2017-04-07
चितवन २५ चैत / नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आयरल्याण्डका उच्च स्तरीय सरकारी व्यक्तिसंगको भेटका क्रममा नेपालको हितको पक्षमा प्रस्ताव राखेका छन ।

वरियतामा दोस्रो हुन नपाए पछि गृहमन्त्री असन्तुष्ट - 2017-04-06
कलमपाटी २४ चैत्र / प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो वरियताको उपप्रधानमन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाइ बनाए पछि अर्का उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी रुष्ट भएका छन ।

काग्रेसले उम्मेदवारको मापदण्ड बनायो, ७ गते सम्म उम्मेदवार छनौट - 2017-04-04
काठमाण्डौ २२ चैत्र / नेपाली कांग्रेसले क्षेत्रका आधारमा उम्मेदवार सिफारिसको मापदण्ड बनाएको छ । वैशाख ७ गतेभित्र उम्मेदवार छनोट गरि सक्नुपर्ने निर्णय गरेको छ ।

एमालेले बैसाख १२ गते स्थानिय तहको उम्मेदारको छनौट गर्ने - 2017-04-03
काठमाण्डौ २१ चैत्र / नेकपा एमालेले तीन तहको चुनाव मध्ये कुनै एउटामा उम्मेदवार बनेको व्यक्ति अर्को चुनावमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ । एमाले पार्टी स्थायी समितिले ०७४ वैशाख १२ गते बैठक बसी उम्मेदवारको अन्तिम टुंगो लगाउने जनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



649762 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top