राजनीति

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना



राजनीति प्रकाशित मिति:

काठमाडौँ:
फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।
काठमाडौबाट जनकपुरका लागि हिडेको बा ११ च ९५१९ नम्बरको बोलेरो गाडी सिन्धुली बर्दीवासको बाटोमा दुर्घटनामा परेको छ ।
मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठोकिदा दुर्घटना भएको सांसद महतोले बताए । अघि अघि टिपर र पछि पछि बोलेर गइरहेको थियो । टिप्परले एक्कासी ब्रेक लिँदा बोलेरो टिप्परको पछाडीमा ठोकियो ।
दुर्घटनामा कुनै  मानवीय क्षति हुन सकेन । टिपर र बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । सांसद अर्को गाडी चढेर जनकपुर पुगिसकेका छन् ।
सांसद महतोले भने, ‘सडक भत्केको ठाउँमा मर्मत भएको छैन । लाग्छ सडकमा खाल्डो होइन, खाल्डोमा सडक रहेको छ । टिपर रोकिएपछि ब्रेक लिँदा पनि बालुवामा चिपलिएर गाडी टिप्परभित्र छिरेको थियो ।’
विरगंजलाई महानगरपालिका बनाउने ठाकुर अठोट - 2017-05-10
रौतहट २७ बैसाख/ मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधान तथा संघिय मामिला तथा स्थानिय विकास मन्त्री विजय कुमार गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले विरगंजलाई महानगरपालिका बनाउने बताएका छन ।

१२ औ पटक मन्त्री , चार पटक उपप्रधान - 2017-05-08
काठमाण्डौ २५ बैसाख / फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष बिजय गच्छदार १२ औ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्री भएका छन ।

उच्च मनोवलका साथ प्रचार लाग्न युवाहरुलाई एमाले चितवनको निर्देशन - 2017-05-08
चितवन २५ बैसाख/ नेकपा एमाले चितवनले भरतपुर महानगरमा उच्च मनोवल बोकेर चुनावी प्रचारमा उत्रन पार्टीका युवा तथा बिद्यार्थीलाई निर्देशन दिएको छ ।

सांसद र कार्यालय प्रमुखबीच कुटाकुट ! - 2017-05-06
वीरगन्ज: पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतबीच हात हालाहाल भएको छ ।

नेकपा एमालेका को को छन उम्मेदवार ? - 2017-05-05
स्थानीय तहको पहिलो चरणको निर्वाचन मा एमालेले ३४ जिल्लाका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी २८३ वटै तहका सबै वडामा उम्मेदवारी दर्ता गरेको छ । सुचि हेर्नु होस .....

वंश परम्पराको सुरुवात प्रचण्डले गर्न खोजे :मेयरका उम्मेदवार ज्ञवाली - 2017-05-05
चितवन, २२ बैसाख / नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार देवी ज्ञवालीले पुत्री मोहका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वंश परम्पराको सुरुवात गरेको बताएका छन् ।

प्रचण्डले भने राप्रपाले धोका दियो - 2017-05-05
काठमाण्डौ २२ बैसाख / अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवं भावी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा पुगेको छ ।

काँग्रेसी कार्यकर्ताकोे भावनालाई साथमा लिएर आगाडि वढ्छु : मेयरका उम्मेदवार ज्ञवाली - 2017-05-05
भरतपुर २२ वैशाख/ नेकपा एमालेका तर्फबाट भरतपुरको मेयरका उम्मेद्वार वनेका देवी ज्ञवालीले नेपाली काँग्रेसका कार्यकर्ताहरुको भावनालाई आत्मसाथ गर्दै अघि बढ्ने बताएका छन् ।

सभापती देउवा बिरुद्ध चितवनमा कार्यकर्ताको प्रर्दशन - 2017-05-04
चितवन २१ बैसाख / कांग्रेस र माओवादी केन्द्रबीच भरतपुर महानगरपालिकामा हुन लागेको चुनावी गठबन्धनप्रति कांग्रेस नेता कार्यकर्ताहरु ले असन्तुष्टी व्यक्त गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



783551 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top