राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


२४ गते निर्वाचन, २१ जना उम्मेदवार - 2017-11-08
जिल्ला समन्वय समिति रौतहटको आगामी २४ गते हुने निर्वाचनको लागि सोमबार मनोनयन दर्ता भईसकेको छ । निर्वाचनका लागि भएको मनोनयन पत्र दर्तामा १९ जनाले आ–आप्mनो उमेदवारी दर्ता गराएका छन ।

प्रभुु साहद्धारा बिकासका योजना सार्वजनिक - 2017-11-07
रौतहट २१ कार्तिक // रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ का बाम गठबन्धनका ससदका साझा उमेदवार प्रभुु साहले आगामी दिनमा आफुले गर्ने बिकासका योजनाहरु सार्वजनिक गरेका छन ।

नेता गाउँ पसे, किसानलाई भने धान थन्काउने चटारो - 2017-11-07
आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन्।

मतपत्र हेलिकोप्टरबाट जिल्ला पुर्‍याइयो - 2017-11-07
पहिलो चरण अन्तर्गत चुनाव हुने जिल्लामा मतपत्र पुगेको छ । निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ ।

पूर्वी चितवनमा बाल अस्पताल निर्माण आवश्यक :नेता सुरेन्द्र पाण्डे - 2017-11-06
रत्ननगर २० कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले पूर्वी चितवनमा बाल अस्पताल निर्माण गर्ने बताएका छन् ।

तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय - 2017-11-06
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ ।

पूर्व राष्ट्रपतिलाई घर छाड्न १५ दिने ‘अल्टिमेटम’ - 2017-11-06
पूर्व राष्ट्रपति डा.रामबरण यादवलाई अहिले बस्दै आएको घर छाड्न भनिएको छ । आज एक दैनिक पत्रिकामा सूचनामा १५ दिने म्यादसहित घर छाड्न निर्देशन दिइएको छ ।

गठबन्धनका उम्मेदावरको जीत सुनिश्चित - 2017-11-03
रौतहट १७ कार्तिक// मधेशी,दलित,जनजाती,मुश्लिम,आदीबासी पिछडाबर्ग लगायतको हकमा अधुुरो संबिधान संसोधनको लागी बाम एकताको महत्वपुुर्ण भुुमिका रहेको मन्त्री प्रभुु साहले बताएका छन ।

सर्लाहीमा उम्मेदवारी दर्ता : बागीको बिगबिगी - 2017-11-03
अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि सलाहीमा बिहीबार मनोनयन दर्ताको काम सम्पन्न भएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645740 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top