राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


मधेश आन्दोलनको जाचबुझ आयोगमा १५ सय उजुरी - 2017-05-03
कलमपाटी २० बैसाख / तराई मधेस र थरुहट क्षेत्रमा भएका विभिन्न राजनीतिक गरेका आन्दोलन घटनाको छानविन आयोगमा १५ सय उजुरी परेका छन ।

हेटौडाको मेयरमा हरीवोल महतको उम्मेदवारी - 2017-05-02
हेटौडा १९ बैसाख / २०४७ सालमा नेकपा एमालेको सदस्यता लिएका हरीवोल महतले हेटौडा उपमहानगरपालिका को एमालेको तर्फ बाट मेयर पदमा उम्मेदवारी दिएका छन ।

औपचारीकरुपमा पहिलो चरणको निर्वाचन कार्यक्रम शरु - 2017-05-02
काठमाण्डौ १९ बैसाख / पहिलो चरणको स्थानीय निर्वाचन आज मंगलवार देखि औपचारिक रुपमा सुरु भएको छ । वहान १० बजेदेखि बेलका ५ बजेसम्म ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका मा उम्मेदवारी दर्ता हुदै छ ।

सप्तरीमा अजित सिंहको मोर्चा नै एमालेमा प्रवेश - 2017-05-02
सप्तरी १९ वैसाख/ अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा अजित सिंह समूह नेकपा एमाले मा प्रवेश गरेको छ ।

राप्रपाको सरकार बाट बाहीरीने निर्णय - 2017-05-01
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छोड्ने निर्णय गरेको छ । पार्टीको कार्यसम्पादन समितिको बैठकले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

हेटौडा, भरतपुर र पोखरामा एमाले ले उम्मेदवार छान्यो - 2017-05-01
कलमपाटी १८ बैसाख / बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले केही महानगर र उपमहानगरपालिकाका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप:उपेन्द्र यादव - 2017-05-01
सङ्घीय समाजवादी फोरम नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोगलाई संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला भनेको छ ।

कार्यपालिका माथी न्यायपालिकाको हस्तक्षेप : काग्रेस - 2017-05-01
कलमपाटी १८ बैसाख / नेपाली काँग्रेसले कार्यपालिका माथि न्यायपालिकाले हस्तक्षेप गरेको आरोप लगाएको छ ।

राष्ट्रिय ध्वजाबहाक पानीजहाज चलाउने एमाले को योजना - 2017-05-01
काठमाडौँः नेकपा एमालेले राष्ट्रिय ध्वजाबहाक पानीजहाज चलाउने योजनालाई आफ्नो उच्च प्राथमिकतामा राखेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645780 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top