राजनीति

राजपाको अनौठो घोषणापत्रः दुलहीलाई सुनको मंगलसूत्र, सहिद परिवारलाई ५० लाख



राजनीति प्रकाशित मिति:

रौतहट ७ मंसीर//
राष्ट्रिय जनता पार्टी (राजपा)ले प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने बताएको छ ।

तराईमा अन्य राष्ट्रिय पार्टीहरुले दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको हो ।

राजपाले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ । नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ ।

यो रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने बताए ।

प्रदेश २ मा राजपा-फोरम गठबन्धनको सरकार बन्ने र सहिद परिवारलाई ५०-५० लाख दिइने महतोले बताए ।घोषणापत्रमा ५० लाख दिने उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आˆनो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले बताएका हुन् ।

मधेसी मोर्चाले मधेस आन्दोलनको आहृवान गर्दै त्यसक्रममा शहादत दिने लाई ५०-५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा यसअघि निकै आलोचना भएको थियो ।शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उनले बताए ।‘मधेस आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघीयता आएको र आˆनै प्रदेशमा आˆनै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भने, ‘शहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेस सरकार माथि हुनेछ ।’#साभार : अनलाइन खवर डटकम बाट 

स्थानिय तहको चुनाव सर्यो - 2017-05-29
स्थानिय तहको दोस्रो निर्वाचन सरेको छ । सरकारले असार ९ गते गर्ने निर्णय गरेको हो ।

बाँदर झै उफ्रेर मतपत्र च्याते : एसपी थापा - 2017-05-29
भरतपुरको कभर्ड हलमा मतगणना भइरहँदा हिजो मध्यरातमा भएको घटनाबारे चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापा लाइ सोध्दा यसो भने ।

मतपत्र च्यातिएपछि भरतपुरको गणना स्थगित - 2017-05-29
मतगणनामा रहेका माओवादी केन्द्रका प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणना रोकएिको छ ।

समृद्धिका लागी स्थानिय तहको निर्वाचन :अध्यक्ष उपेन्द्र यादव - 2017-05-28
संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलेसमृद्धीलाई संस्थागत गर्नका लागि स्थानिय तहको निर्वाचन आवश्यक रहेको बताएका छन ।

भरतपुरमा एमालेको अग्रता कायमै [अपडेट] - 2017-05-28
भरतपुर महानगरपालिकाको मत गणना जारी हरेको छ । एमालेका देवी ज्ञवालीले ७ सय ८४ मत ले अग्रता कायम राखेका छन ।

चन्द्रपुर वडा नम्वर २ मा माओवादी केन्द्रले उम्मेदवार छान्यो - 2017-05-28
दोस्रो चरणको निर्वाचनको लागी नेकपा माओवाली केन्द्र ले रौतहटको चन्द्रपुर २ मा उम्मेदवारह? छनौट गरेको छ ।

भरतपुरमा एमालेको अग्रता कायमै , तीव वटा वडाको मत गन्न बाकी - 2017-05-28
भरतपुर महानगरपालिको को मत गणना जारी हरेको छ । एमालेका देवी ज्ञवालीको अग्रता कायम रहेको छ । ज्ञवालीको रेणु दाहालको भन्दा ११ सय ४५ मत बढी रहेको छ ।

काठमाण्डौ को मेयरमा एमालेका शाक्य बिजयी - 2017-05-28
काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य धेरै मत अन्तरले बिजयी भएका हुन ।

दिनभरि भोकै बसेर कसरी भोट हाल्ने ? - 2017-05-28
दोस्रो चरणको निर्वाचनका लागि चुनावी वातावरण बन्दै गएपछि मुस्लिम समुदायलाई भने कसरी भोट हाल्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



649766 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top