राजनीति

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना



राजनीति प्रकाशित मिति:

काठमाडौँ:
फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।
काठमाडौबाट जनकपुरका लागि हिडेको बा ११ च ९५१९ नम्बरको बोलेरो गाडी सिन्धुली बर्दीवासको बाटोमा दुर्घटनामा परेको छ ।
मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठोकिदा दुर्घटना भएको सांसद महतोले बताए । अघि अघि टिपर र पछि पछि बोलेर गइरहेको थियो । टिप्परले एक्कासी ब्रेक लिँदा बोलेरो टिप्परको पछाडीमा ठोकियो ।
दुर्घटनामा कुनै  मानवीय क्षति हुन सकेन । टिपर र बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । सांसद अर्को गाडी चढेर जनकपुर पुगिसकेका छन् ।
सांसद महतोले भने, ‘सडक भत्केको ठाउँमा मर्मत भएको छैन । लाग्छ सडकमा खाल्डो होइन, खाल्डोमा सडक रहेको छ । टिपर रोकिएपछि ब्रेक लिँदा पनि बालुवामा चिपलिएर गाडी टिप्परभित्र छिरेको थियो ।’
राजपा नेपालका ६ जना नेता पक्राउ - 2017-06-22
स्थानिय तहको निर्वाचन विरोधी गतिविधि गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष सहित ६ जना नेता लाइ प्रहरीले पक्राउ गरेको छ ।

रौतहटमा चुनाव सरेपछि उम्मेदवार नै अन्योलमा - 2017-06-19
प्रदेश नम्वर २ अन्र्तगत रौतहटमा जेठ महिना भर चुनावी रौनक बढेको भएपनि पछिल्ला दिनहरुमा सुनासान बनेको छ ।

जनकपुरमा राजपा नेपालका कार्यकर्ता र सुरक्षाकर्मी बिच झडप - 2017-06-18
जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालका नेताकार्यकर्ता र सुरक्षाकर्मी बीच झडप भएको छ । राजपा नेपालका नेता कार्यकर्ताले जिल्ला बन्द गर्दै प्रर्दशन गरेपछि झडप भएको हो ।

यसकारण म एमालेमा प्रवेश गरेँ – अनिता यादव - 2017-06-18
मधेश केन्द्रीत दलमा पटक पटक बिचलन आएको छ । मधेशवादी दलमा धारणा र नीतिमा स्पष्ट छैन । उनीहरुमा दुबिधा छ ।

राजपा नेपालका केन्द्रिय कोषाध्यक्ष र सदस्य एमालेमा - 2017-06-18
राजपा नेपालको केन्द्रीय कोषाध्यक्ष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ आइतवार नेकपा एमालेमा प्रवेश गरेका छन ।

परासीमा राजपा नेपाल र प्रहरी बिच झडप - 2017-06-17
नवलपरासीको सदरमुकाम परासीमा प्रहरी र राजपा नेपालका कार्यकर्ता बिच झडप भएको छ । झडपमा प्रहरीले रवरको गोलीहरु प्रर्दशनकारीलाइ लक्षित गरी प्रहार गरेको छ ।

दोस्रो चरणको चुनावको तयारी पुरा - 2017-06-17
दोस्रो चरणमा हुन लागेको प्नदेश नम्बर १,५ र ७ को स्थानिय तहको चुनावको तयारी पुरा भएकोछ।

राजपा नेपालको थप आन्दोलनको कार्यक्रम - 2017-06-17
राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेसम्मको आन्दोलन यथावतै राखी राखेर त्यसपछि पनि थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

प्रदेश न १ का स्थानियतहमा एमालेका उम्मेदवारहरु - 2017-06-16
आगामी असार १४ गते हुन गइरहेको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनका लागि एमालेले प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहहरुमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवाहरुको टुंगो लगाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



783578 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top