राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


घरदैलेमा हिडेका प्रचण्डसँग स्थानीयले राखे यस्ता माग - 2017-11-10
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताएका छन् ।

धनुषामा राजपा र कांग्रेसलाई अन्र्तघातको डर - 2017-11-10
धनुषा क्षेत्र नम्बर ३ को ‘ख’को चुनावी माहोल अहिले निकै तातिएको छ । नेपाली कांग्रेस र राजपा बीच यहाँ मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, दुवै पार्टीलाई एउटै चिन्ताले सताएको छ । त्यो हो अन्तर्घात ।

प्रदेश २ को मुख्यमन्त्री बन्न तयार छुः लालबाबु राउत - 2017-11-10
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दी पार्टीका प्रभावशाली नेता हुन् । उनी फोरम नेपाल र राजपाको गठबन्धनको तर्फबाट प्रदेशसभामा पर्सा क्षेत्र नं। १ (ख) बाट उम्मेदवार छन् ।

रौतहट ४ मा बाम गठवन्धनको कार्यकर्ता भेला सम्पन्न - 2017-11-09
रौतहट २३ कार्तिक // रौतहटको क्षेत्र नम्वर ४ मा वाम गठबन्धन ले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । भेलाले ३० वटा वडामा इन्चाज, संयोजक , सह संयोजक हरुको चयन गरेको छ ।

पर्साका उम्मेदवारमा निर्वाचन खर्चको होडबाजी - 2017-11-09
पर्सा १ का एमाले उम्मेदवार विचारी यादव बुधबार मालपोतबाट जग्गाको नक्सा निकालिरहेका थिए।

लोकतन्त्र हाम्रा लागि बम्पर पुरस्कार होइन : ओली - 2017-11-09
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गर्दै लोकतन्त्र एमालेले बम्पर पुरस्कार नपाएको जवाफ दिएका छन् ।

बारा क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ - 2017-11-09
बारा निर्वाचन क्षेत्र नं ३ मा त्रिकोणात्मक लडाइँ हुने भएको छ ।

मुलुक सम्बृद्धीका लागी वाम गठबन्धन :नेता रबिन्द्र अधिकारी - 2017-11-08
पोखरा २२ कार्तिक // नेकपा एमाले र माओवादी केन्द्रबीचको वामगठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ ।

नमुना १० शहर मध्ये कटहरिया बजार पनि - 2017-11-08
रौतहट २२ कार्तिक // रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनका प्रतिनिधी सभाका उमेदवार प्रभुु साहले तराईका १० नमुना शहर मध्ये कटहरिया बजार पनि रहेको बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645763 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top