राजनीति

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना



राजनीति प्रकाशित मिति:

काठमाडौँ:
फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।
काठमाडौबाट जनकपुरका लागि हिडेको बा ११ च ९५१९ नम्बरको बोलेरो गाडी सिन्धुली बर्दीवासको बाटोमा दुर्घटनामा परेको छ ।
मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठोकिदा दुर्घटना भएको सांसद महतोले बताए । अघि अघि टिपर र पछि पछि बोलेर गइरहेको थियो । टिप्परले एक्कासी ब्रेक लिँदा बोलेरो टिप्परको पछाडीमा ठोकियो ।
दुर्घटनामा कुनै  मानवीय क्षति हुन सकेन । टिपर र बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । सांसद अर्को गाडी चढेर जनकपुर पुगिसकेका छन् ।
सांसद महतोले भने, ‘सडक भत्केको ठाउँमा मर्मत भएको छैन । लाग्छ सडकमा खाल्डो होइन, खाल्डोमा सडक रहेको छ । टिपर रोकिएपछि ब्रेक लिँदा पनि बालुवामा चिपलिएर गाडी टिप्परभित्र छिरेको थियो ।’
२५६ स्थानिय तह को नतिजा आयो - 2017-07-03
कलमपाटी १९ असार/ दोस्रो चरणमा भएको स्थानिय तहको निर्वाचनको मत परीणामहरु आइरहेका छन । ३ सय ३४ तहमा भएको निर्वाचन मध्य सोमवार साझ सम्ममा २सय ५६ को परीणाम आइसकेको छ ।

प्रदेश नम्बर २ मा बेस्ट इलेक्सन हुन्छ - 2017-07-02
राष्ट्रिय जनता पार्टीको बहिस्कार र विप्लव नेतृत्वको नेकपा माओवादीको अवरोध उत्पन्न गर्ने योजनाबीच पनि दुवै चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो त ?

रौतहटमा बिभिन्न पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश - 2017-06-30
कलमपाटी १६ असार / रौतहटको चन्द्रपुर नगरपालिकामा बिभिन्न पार्टी परीत्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन । रौतहटको चन्द्रपुर नपा १० स्थित बालचनपुरमा बिभिन्न पार्टी परीत्याग गरी दुइसय भन्दा बढी व्यक्तिहरु प्रवेश गरेको माओवादी केन्द्रका नेता चन्द्रपुर नपाका माओवादी केन्द्रका मेयरका उम्मेदवार युवराज भट्टराईले जनाकारी दिएका छन ।

२ सय ७४ स्थानिय तहको मत परीणाम आयो एमाले अग्रस्थानमा [अपडेट] सुचि सहित - 2017-06-30
कलमपाटी २० असार / मंगलवार बिहान ७ बजे सम्ममा दोश्रो चरणमा भएको ३ सय ३४ तह मध्य २ सय ७४ तहको परीणाम आएको हो । कुन दलका मेयर तथा अध्यक्ष कुन तहमा बिजयी भए सुचि सहित हेर्नु होस ।

डडेलधुरा सदरमुकाम अमरगढी नपामा एमालेका मेयर र उपमेयर बिजयी - 2017-06-30
कलमपाटी १६ असार / काग्रेसको गढ मानिएको डडेलधुराको अमरगढी नगरपालिकामा एमालेका उम्मेदवार मेयर र उपमेयरमा बिजयी भएका छन ।

एमाले ६ काग्रेस ४ र माओवादी १ स्थानमा बिजयी - 2017-06-30
कलमपाटी १६ असार / डडेलधुराको सदरमुकाम अमरगढी नगरपालिका मा एमालेका मेयर बिजयी भएका छन । अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित बझाङको मष्टा र थलारा,बाजुराको पाण्डवगुफा , खोटाङको जन्तेढुंगा, बाजुराको गौमुल र बैतडीको पन्चेश्वर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमालेले जित हात पारेको हो ।

एमालेसँग नजिकिँदै राजपा, सरकारबाट समर्थन फिर्ता लिने तयारी - 2017-06-30
काठमाडौं / राष्ट्रिय जनता पार्टी ९राजपा० ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । राजपाले विकल्पका रूपमा एमालेसँग सहकार्यको सम्भावना खोज्नसमेत सुरु गरेको छ ।

खोटाङको जन्तेढुगामा एमाले बिजयी - 2017-06-30
कलमपाटी १६ असार / खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमालेका अध्यक्ष पदका उम्मेदवार बिजयी भएका छन । अध्यक्ष शंकर राई २१ सय ५३ मत ले विजयी भएका छन भने उपाध्यक्ष विमला राई २० सय ८६ मत ल्याएकी छिन ।

दुइ गाउपालिकामा एमालेका उम्मेदवार बिजयी - 2017-06-30
कलमपाटी १६ असार / नेकपा एमालेले बाजुराको पाण्डवगुफा गाउँपालिकामा र बझाङको मष्टा गाउँपालिकामा विजय भएको छ । शुक्रवार बिहान करीव ८ बजे सम्मको नतीजामा यस्तो परीणाम आएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



783588 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top