राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


चुनाव दुई नम्बर प्रदेशमा, सुरक्षा एक नम्बरमा - 2017-09-04
आगामी असोज २ गते दुई नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिएर प्रदेश नम्बर एकमा पनि प्रहरीले उच्च सतर्कता अपनाइएको जनाएको छ ।

प्रदेश-२ को निर्वाचन सुरक्षा गोष्ठी जनकपुरमा - 2017-09-03
असोज २ गतेको निर्धारित दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि गृहमन्त्रालयको सुरक्षा गोष्ठी जनकपुरमा सम्पन्न भएको छ ।

यस्ता छन् चन्द्रपुरका वडा अध्यक्ष - 2017-09-03
नेपाली काग्रेस र नेकपा एमालेको चन्द्रपुर नगरको मेयर, उप-मेयर टुंगो नलागेको भएपनि वडा अध्यक्ष भने काग्रेस, एमाले र माओवादी केन्द्रले टुंग्याएको बताएका छन् ।

चुनावमा सुरक्षा चुनौती छैनः गृहमन्त्री शर्मा - 2017-09-02
गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौती नरहेको बताएका छन् । उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन सबैलाई आह्वान पनि गरे ।

प्रदेश २ मा स्थानीय तह चुनाव : पहिलो हुने होडबाजी - 2017-09-02
प्रमुख दलहरूले प्रदेश २ को स्थानीय तह चुनावलाई अघिल्लो चरणका निर्वाचन तुलनामा अझ ठूलो राजनीतिक प्रतिष्ठाका रूपमा लिएका छन् ।

प्रचण्डको चन्द्रनिगाहपुरमा मर्निगवाक - 2017-09-02
एकाबिहानै रौतहटको चन्द्रनिगाहपुरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पैदल देखेपछि स्थानिय दंग परेका छन ।

महिला अधिकारकर्मी देवकी नेपाल माओवादी केन्द्रमा - 2017-08-31
महिला अधिकारकर्मी तथा एमालेकी कार्यकर्ता देवकी नेपाल माओवादीमा प्रवेश गरेकी छिन । बिहिवार गरुडामा भएको कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डको हात बाट टिका लगाएर उनी प्रवेश गरेकी हुन ।

खुद्रे पसलले मुक्ती दिदैन : अध्यक्ष प्रचण्ड - 2017-08-31
पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नाङ्गलो पसल थापेका खुद्रे व्यापारीहरुले मधेशी जनताको मुक्ती दिलाउन नसक्ने ठोकुवा गरेका छन ।

कांग्रेसले प्रदेश नं‍‍. २ मा उम्मेदवारको टुंगो लगायो - 2017-08-31
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ। प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645733 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top