राजनीति

राजपाको अनौठो घोषणापत्रः दुलहीलाई सुनको मंगलसूत्र, सहिद परिवारलाई ५० लाख



राजनीति प्रकाशित मिति:

रौतहट ७ मंसीर//
राष्ट्रिय जनता पार्टी (राजपा)ले प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने बताएको छ ।

तराईमा अन्य राष्ट्रिय पार्टीहरुले दाइजोको विरोध गरिरहेका बेला राजपाले भने विवाहको समयमा महिलालाई आधा तोला सून दिने अनौठो घोषणा गरेको हो ।

राजपाले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि बिहीबार घोषणापत्र सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गरिनेछ ।’राजपाले महिलाका लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने बताएको छ । नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविश्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा दीर्घकालीन मुद्दती खाता खाल्ने र १० हजार रुपैयाँ अनुदान दिने राजपाले बताएको छ ।

यो रकम बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहित एकमुस्ट प्रयोग गर्न सकिनेछ ।घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५०-५० लाख रुपैयाँ दिने बताए ।

प्रदेश २ मा राजपा-फोरम गठबन्धनको सरकार बन्ने र सहिद परिवारलाई ५०-५० लाख दिइने महतोले बताए ।घोषणापत्रमा ५० लाख दिने उल्लेख नभए पनि दुई नम्बर प्रदेशमा आˆनो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले बताएका हुन् ।

मधेसी मोर्चाले मधेस आन्दोलनको आहृवान गर्दै त्यसक्रममा शहादत दिने लाई ५०-५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा यसअघि निकै आलोचना भएको थियो ।शहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने र बालबच्चालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उनले बताए ।‘मधेस आन्दोलनमा शहादत दिएका कारण नै देशमा संघीयता आएको र आˆनै प्रदेशमा आˆनै सरकार बन्ने सपना साकार हुँदैछ’ महतोले भने, ‘शहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेस सरकार माथि हुनेछ ।’#साभार : अनलाइन खवर डटकम बाट 

रञ्जुको १० बुँदे प्रतिबद्धता, भन्छिन्- सुशासन मेरो प्रमुख एजेन्डा हो - 2017-09-08
(रौतहट), २३ भदौ । नयाँ शक्ति पार्टीले रौतहटको चन्द्रपुर नगरपालिकाको उपमयेर पदमा रञ्जु गौतम तिमल्सिनालाई चुनावी मैदानमा उतारेको छ ।

गौर नगरपालिकाको मेयरमा १७ उप मेयरमा १८ को उम्मेदवारी दर्ता (नामावली सहित) - 2017-09-08
स्थानिय तहको लागि असोज २ गते हुन लागेको निर्वाचनका लागि रौतहटको पुरानो तथा सदरमुकाम गौर नगरपालिकाको मेयर पदका लागि १७ जना र उप मेयर पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय गौरले जनाएको छ ।

रेग्मीले पाए चन्द्रपुरमा मेयरको टिकट - 2017-09-06
रौतहटको चन्द्रपुरमा लामो समयको विवाद पछि एमालेका प्रदेश सदस्य उद्धव रेग्मीले टिकट पाएका छन । जिल्ला कमिटी हुदै प्रदेश र स्थायी कमिटीमा चन्द्रपुरको मेयर छनौट प्रकृया पुगेको थियो ।

उम्मेदवारी दर्ताका क्रममा रौतहटमा एमाले–माओवादी झडप - 2017-09-06
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने क्रममा रौतहटको देवही जोगही नगरपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

चन्द्रपुरमा काग्रेसमा विवाद , हात हालाहाल - 2017-09-06
चन्द्रपुरमा टिकटको विवादमा काग्रेसमा विवाद भएको छ । देउवा पक्ष र पौडेल पक्षका नेता कार्यकर्ता बिभाजीत भएका छन ।

रौतहटमा शान्तिपुर्ण मा मनोनयन दर्ता हुदै - 2017-09-06
रौतहटमा स्थानिय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागी बुधवार मनोनयन दर्ता भैरहेको छ ।

माओवादी केन्द्रका उम्मेदवारले चन्द्रपुरमा मनोनयन दर्ता - 2017-09-06
माओवादी केन्द्रका उम्मेदवारहरुले रौतहटको चन्द्रपुर नपामा मेयर , उपमेयर र वडा मा उम्मेदवार बन्न मनोनयन दर्ता गरेका छन ।

उम्मेदवार छनाेटको विषयलाई लिएर कांग्रेस सिरहामा खुकुरी हानाहान, १० घाइते - 2017-09-06
स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनोटको विषयलाई लिएर सिराहामा कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

प्रदेश नं. २ मा आज उम्मेदवार मनोनयन दर्ता - 2017-09-06
स्थानीय तहको निर्वाचन अन्तर्गत तेस्रो चरणको चुनावका लागि प्रदेश नं. २ मा उम्मेदवार मनोनयन दर्ता सुरु भएको छ। असोज २ गते हुने निर्वाचका लागि प्रदेश नं. २ का आठ जिल्लामा मनोनयन दर्ता सुरु भएको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



649764 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top