राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


चन्द्रपुरको उपमेयरमा ठुला दलका उम्मेदवार बिच प्रतिस्पर्धा - 2017-09-09
रौतहटको सवै भन्दा ठुलो नगरपालिका चन्द्रपुर नगरपालिकामा उप प्रमुखका उम्मेदवारहरु प्रचनरमा छन ।

एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसक्योः प्रचण्ड - 2017-09-09
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मत माग्ने नैतिक धरातल गुमाइसकेको दाबी गरेका छन् ।

चितवन बाट चुनाब लढ्ने प्रचण्डको घोषणा - 2017-09-09
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू चितवनबाट आउदो संसदिय निर्वाचन लड्ने बताएका छन । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुन क्षेत्र भन्ने निश्चित भइ नसकेको भएतापनि आफू चितवन आउने बताएका छन ।

रञ्जुको १० बुँदे प्रतिबद्धता, भन्छिन्- सुशासन मेरो प्रमुख एजेन्डा हो - 2017-09-08
(रौतहट), २३ भदौ । नयाँ शक्ति पार्टीले रौतहटको चन्द्रपुर नगरपालिकाको उपमयेर पदमा रञ्जु गौतम तिमल्सिनालाई चुनावी मैदानमा उतारेको छ ।

गौर नगरपालिकाको मेयरमा १७ उप मेयरमा १८ को उम्मेदवारी दर्ता (नामावली सहित) - 2017-09-08
स्थानिय तहको लागि असोज २ गते हुन लागेको निर्वाचनका लागि रौतहटको पुरानो तथा सदरमुकाम गौर नगरपालिकाको मेयर पदका लागि १७ जना र उप मेयर पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालय गौरले जनाएको छ ।

रेग्मीले पाए चन्द्रपुरमा मेयरको टिकट - 2017-09-06
रौतहटको चन्द्रपुरमा लामो समयको विवाद पछि एमालेका प्रदेश सदस्य उद्धव रेग्मीले टिकट पाएका छन । जिल्ला कमिटी हुदै प्रदेश र स्थायी कमिटीमा चन्द्रपुरको मेयर छनौट प्रकृया पुगेको थियो ।

उम्मेदवारी दर्ताका क्रममा रौतहटमा एमाले–माओवादी झडप - 2017-09-06
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने क्रममा रौतहटको देवही जोगही नगरपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

चन्द्रपुरमा काग्रेसमा विवाद , हात हालाहाल - 2017-09-06
चन्द्रपुरमा टिकटको विवादमा काग्रेसमा विवाद भएको छ । देउवा पक्ष र पौडेल पक्षका नेता कार्यकर्ता बिभाजीत भएका छन ।

रौतहटमा शान्तिपुर्ण मा मनोनयन दर्ता हुदै - 2017-09-06
रौतहटमा स्थानिय तहको निर्वाचनमा उम्मेदवार बन्नका लागी बुधवार मनोनयन दर्ता भैरहेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645776 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top