राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


कटहरिया स्मार्ट सिटी बन्छ: मन्त्री प्रभुु साह - 2017-09-11
शहरी विकास मन्त्री प्रभुु साहले कटहरिया नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन । गृह जिल्ला रौतहटको कटहरिया नगरपालिकामा सोमवार चुुनावीसभा लाई सम्बोधन गर्दै मन्त्री साहले उक्त प्रतिवद्धता ब्यक्त गरेका हुन /

मधेसको चुनावमा पैसा, रक्सी र मासुको प्रभावः प्रचण्ड - 2017-09-11
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको चुनावमा माओवादी अन्य पार्टीभन्दा कम नहुने बताएका छन् । तर, अहिले नै मधेसमा माओवादी पार्टी पहिलो भइसक्यो भन्न नसक्ने उनले बताए ।

एमाले र मधेसी दल मिति सकिएका औषधी जस्तैः शेखर कोइराला - 2017-09-11
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले एमाले र मधेसी दल मिति सकिएका औषधी जस्तै भइसकेको दाबी गर्दै यी दलहरूले अब मधेस र मधेसीको हितमा काम गर्न नसक्ने बताएका छन् ।

अपमान गर्ने लाइ कार्वाही नभए सम्म प्रचारमा नहिड्ने :बाबुराम दाहाल - 2017-09-10
आफु लाइ पार्टीले अपमानित र अन्याय गरेको भन्दै एमालेका ६ नम्वर क्षेत्रिय अध्यक्ष बाबुराम दाहालले दुखेसो पोखेका छन ।

जिल्ला कमिटी लाइ मेयरको उम्मेदवार थाहा छैन ! - 2017-09-10
रौतहटको चन्द्रपुरमा आफ्नो पार्टी बाट को मेयरको उम्मेदवार भन्ने जिल्ला पार्टी लाइ थाहा नभएको एमाले जिल्ला कमिटीले जनाएको छ ।

कार्यकर्ता र मतदाता फकाउन गाउगाउमा भोजै भोज - 2017-09-10
कार्यकर्ता तथा मतदाताहरु रिझाउन उम्मेदवार रौतहटका स्थानिय तहको उम्मेदवारी दार्ता कै दिन देखि गाउगाउमा भोज शुरु भएको छ ।

मधेसमा एमालेलाई निषेध गर्न सक्ने शक्ति जन्मिएकै छैनः नेता नेपाल - 2017-09-10
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले मधेसमा एमालेलाई कसैले निषेध गर्न सक्ने शक्ति नजन्मेको बताएका छन् ।

चन्द्रपुरमा नेकपा एमालेको घरदैलो तिब्र - 2017-09-09
नेकपा एमाले ले उम्मेदवारी दर्ता सगै घरदैलो कार्यक्रम लाइ तिब्र बनाएको छ । मेयरका उम्मेवार उद्धव रेग्मीले शनिवार चन्द्रपुर २ जुडिवेलाका बिभिन्न टोलहरुमा घरदैलो गरेका छन ।

‘मधेसमा काठमाडौंले हेरेजस्तो कमजोर छैन एमाले’ - 2017-09-09
केही समययता म प्रदेश–२ का विभिन्न गाउँ घुमिरहेको छु। विभिन्न जिल्लाबाट साथीहरुले खबर पनि सुनाउँछन्। चुनाव मज्जाले लागेको छ। राजपाको सहभागिता पछि मतदानको प्रतिशत पनि राम्रै हुने देखेको छु।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645768 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top