राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


रौतहट १ मा चारजना बिच प्रतिस्पर्धा - 2017-11-17
रौतहट १ मंसिर // रौतहटको १ नम्वर क्षेत्रमा वाम गठबन्धन, नेपाली काग्रेस र राजपा नेपाल र स्वतन्त्र उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

मंसिर १० र २१ मा सार्वजनिक विदा दिन आयोगको आग्रह - 2017-11-17
निर्वाचन आयोगले मसिंर १० र २१ गते सार्वजनिक विदा दिन सरकारलाई आग्रह गरेको छ । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा १० गते र दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा २१ गते विदा दिन आग्रह गरिएको आयोगले जनाएको छ ।

लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक: प्रधानमन्त्री - 2017-11-17
प्रधानमन्त्री शेरबहादुर देउबाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन्।

निधि र महतोदेखि बहालवाला र पूर्वमन्त्रीबीचको भिडन्तले रोचक मोड - 2017-11-17
धनुषा १ मंसिर // धनुषाका चार वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा सात दर्जनभन्दा बढीले उम्मेदवारी दिए पनि आठ जना शीर्ष नेताले भने कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।

बिभिन्न पार्टी त्याग गरी बाम गठबन्धनमा प्रवेस - 2017-11-16
रौतहट ३० कार्तिक // प्रतिनिधीसभा तथा बिधानसभाको निर्वाचन नजिकिदै जाँदा रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर ३ अन्तरगत बिभिन्न पार्टी परित्याग गरी दर्जनौ मानिस बाम गठबन्धनमा प्रवेस गरीरहेका छन ।

मधेशबादी दलले बिभिन्न बहानामा मधेशीलाई ठगीरहेको छ : मन्त्री प्रभुु साह - 2017-11-16
रौतहट ३० कार्तिक विभिन्न मुद्दा अघि सारेर मधेसबादी दलले मधेसीलाई ठग्दै आएको रौतहट ३ नम्वर क्षेत्रमा उम्मेदवार तथा मन्त्री प्रभु साहले आरोप लगाएका छन ।

बाम गठबन्धनका उम्मेदवारहरु टोलटोलमा - 2017-11-15
रौतहट २९ कार्तिक रौतहटका बाम गठबन्धनका उम्मेदवारहरु चुनावी कार्यक्रम लिएर बुधबार पनि टोलटोलमा व्यस्त भएका छन् ।

महोत्तरी जिससमा राजपा-फोरम प्यानल विजयी - 2017-11-15
जिल्ला समन्वय समिति महोत्तरीमा राजपा(फोरम प्यानल विजयी भएको छ ।

रौतहट ४ नम्वरमा वाम गठबन्धनको घरदैलो - 2017-11-14
रौतहट क्षेत्र नम्वर ४ का वाम गठबन्धनका उम्मेदवारले मंगलबार पनि घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । यसैक्रममा वाम उम्मेदवारहरूले चन्द्रपुर २ स्थित जुडिवेलामा विहान घरदैलो गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645748 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top