राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


एमाले नेता तराई मधेशमा ब्यस्त (को कहाँ सूचीसहित ) - 2017-09-14
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेका नेताहरु तराई मधेशका जिल्लामा कृयाशिल हुनुहुन्छ । आगामी २०७४ असोज २ गते हुन गइरहेको निर्वाचनको प्रचार–प्रसारका क्रममा यतिबेला पार्टीको सिंगो नेतृत्व मूलतः प्रदेश नं. २ का ८ वटा जिल्लाहरु ः सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौ तहट, बारा र पर्सामा केन्द्रित हुनेक्रम जारी छ ।

एमाले नेता नेपाल चन्द्रपुरको घरदैलोमा - 2017-09-14
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाको घरदैलोमा सहभागी भएका छन ।

एमाले अध्यक्ष ओलीले शुक्रवार रौतहटमा सम्वोधन गर्ने - 2017-09-14
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भदौ ३० गते शुक्रवार रौतहट आउने भएका छन । रौतहटको चन्द्रनिगाहपुरमा हुने चुनावी सभा लाइ सम्वोधन गर्नका लागी एमालेका अध्यक्ष ओली चन्द्रनिगाहपुर आउन लागेका हुन ।

एमालेका बरिष्ठ नेता नेपाल चुनावी सभामा - 2017-09-12
नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले ले जिते मात्रै देश बिकाश हुने बताएका छन ।

चन्द्रपुरमा एमालेका उम्मेदवार जिताउन जनलहर - 2017-09-12
चन्द्रपुरमा नेकपा एमालेले चुनावी प्रचार लाइ तिव्र बनाएको छ मेयरका उम्मेदवार उद्धव रेग्मी लगाएतका उपमेयर सहितका उम्मेदवारहरु घरदैलोमा व्यस्त छन ।

अमर यादव फोरम नेपालमै फर्किए - 2017-09-12
संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेस तराई फोरमबीच पार्टी एकीकरण भएको छ

महोत्तरीमा कांग्रेसबाट दलित महिला सदस्य निर्विरोध - 2017-09-12
जिल्लाको मनरा सिस्वा नगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ

प्रदेश नम्बर २ को निर्वाचन पुर्वनै बाहिरियो सम्भावित यस्तो नतिजा ! - 2017-09-11
महोत्तरी : प्रदेश नम्बर २ को असोज २ गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख दल एमाले र कांग्रेसले पहिलो हुने दावी गरेका छन् । त्यस्तै प्रदेश नम्बर २ लाई नै आफ्नो राजनीतिक बेस बनाउँदै आएका राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले पनि प्रदेश २ को स्थानीय तह चुनावमा आफ्नो सशक्त उपस्थिति रहने जनाएका छन् । दुई चरणका निर्वाचनमा धेरै पछाडि तेस्रो स्थान पाएको माओवादीले पनि प्रदेश २ मा आफू पहिलो हुने भन्न छोडेको छैन ।

एमालेले जताततै जितिरहेको छ : पुर्वमन्त्री पण्डीत - 2017-09-11
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री लालबाबु पण्डीतले अवको चुनाव पछि नेपालमा एमाले बाहेक अन्य पार्टीहरु औलामा गन्न सकिने बताएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645736 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top