राजनीति

प्रदेश सांसद महतो चढेको गाडी दुर्घटना



राजनीति प्रकाशित मिति:

काठमाडौँ:
फागुन १०–दुई नम्बर प्रदेशका सांसद उपेन्द्र महतो चढेको गाडी आज विहान दुर्घटनामा परेको छ ।
काठमाडौबाट जनकपुरका लागि हिडेको बा ११ च ९५१९ नम्बरको बोलेरो गाडी सिन्धुली बर्दीवासको बाटोमा दुर्घटनामा परेको छ ।
मंगलटार र नेपालथोकको बीचमा बोलेरोले टिपरलाई पछाडीबाट ठोकिदा दुर्घटना भएको सांसद महतोले बताए । अघि अघि टिपर र पछि पछि बोलेर गइरहेको थियो । टिप्परले एक्कासी ब्रेक लिँदा बोलेरो टिप्परको पछाडीमा ठोकियो ।
दुर्घटनामा कुनै  मानवीय क्षति हुन सकेन । टिपर र बोलेरो गाडी प्रहरीको नियन्त्रणमा रहेको छ । सांसद अर्को गाडी चढेर जनकपुर पुगिसकेका छन् ।
सांसद महतोले भने, ‘सडक भत्केको ठाउँमा मर्मत भएको छैन । लाग्छ सडकमा खाल्डो होइन, खाल्डोमा सडक रहेको छ । टिपर रोकिएपछि ब्रेक लिँदा पनि बालुवामा चिपलिएर गाडी टिप्परभित्र छिरेको थियो ।’
काठमाडौं ६ मा झक्कु सुवेदीलाई हराउँदै भीमसेनदास प्रधान विजयी - 2017-12-09
काठमाडौं ६ मा लोकतान्त्रिक गठबन्धका उम्मेदवार भीमसेन दास प्रधान विजयी भएका छन्। रक्षामन्त्री समेत रहेका कांग्रेस नेता प्रधान १६ हजार सात सय ८० मत ल्याएर विजयी भएका हुन्।

पर्वतमा वाम गठबन्धनका गिरी अगाडि - 2017-12-09
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पर्वतमा शुक्रबाररातीदेखि निरन्तर जारी छ।

दोलखामा ३० हजार मतान्‍तरले वाम गठबन्धन विजयी - 2017-12-09
प्रतिनिधिसभा र प्रदेशसभाको लागि भएको निर्वाचनमा दोलखामा वाम गठबन्धनका उम्मेदवारले सानदानर जित हाँसिल गरेका छन्। आइतबार सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवारलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवारले जित हाँसिल गरेका छन्।

कहाँ चुके रविन्द्र मिश्र ? विवेकशील साझा राष्ट्रिय पार्टी नबन्ने - 2017-12-09
यो चुनावमा रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको नारा थियो-‘योपटक राष्ट्रिय पार्टी, अर्कोपटक देशको नेतृत्व ।’ तर, अब विवेकशील साझा पार्टी राष्ट्रिय दल नबन्ने निश्चित भएको छ ।

जनकपुरमा मतगणना स्थगित - 2017-12-09
मतदान अधिकृतको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछि धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ ।

काठमाडौं ५ मा विवादै विवाद, कांग्रेस प्रतिनिधि निकालिए - 2017-12-09
काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधि सभाको मतगणना तेस्रो पटक रोकिएको छ।

चितवनका सबै क्षेत्रमा वाम उम्मेदवार अगाडि - 2017-12-09
चितवनका ३ वटै निर्वाचन क्षेत्रको जारी मतगणनामा वाम गठवन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ ९क०मा भने कांग्रेस युवा नेता दिनेश कोइराला अगाडि छन् ।

ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल विजयी - 2017-12-09
ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।

रुकुममा जनार्दन शर्मा भारी मतले विजयी - 2017-12-09
रुकुम पश्चिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार जनार्दन शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 NEXT

English News



783546 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top