राजनीति

घरदैलोमा व्यस्त छन बाम गठबन्धनका उम्मेदवार डा.मिश्र र पटेल



राजनीति प्रकाशित मिति: कलमपाटी

रौतहट ५ मंसीर //
रौतहट क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवारहरु यतिखेर घरदैलौ कार्यक्रममा व्यस्त रहेका छन । सो क्रममा मंगलबार उनीहरुले चन्द्रपुर नगरपालकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।

यस क्षेत्रबाट वाम गठबन्धनका प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र तथा प्रदेश क का उम्मेदवार देबेन्द्र पटेल सहित ठुलो  संख्यामा नेता तथा कार्यकर्ताको टोलीले  घरदैलो  गरेको युवा नेता देवराज न्यौपानेले जानकारी दिएका छन ।

प्रतिनिधी सभामा प्रत्यक्ष तर्फका उम्मेदवार डाक्टर वंशीधर मिश्र आफुले जितेमा क्षेत्र नम्बर ४ का गाउँटोलमा विकासको योजनाहरु संचालन गरेर यस क्षेत्रलाई विकासको नमुना बनाउने प्रतिवद्धता मतदाता समक्ष राखेका छन ।  देशमा दिगो विकासको लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकाले  त्यसको खाँचो पुरा गर्न वाम गठबन्धनलाई अत्याधिक बहुमतले  जिताउनु पर्नेमा जोड दिएका छन ।

यता प्रदेश सभा क का उम्मेदवार देवेन्द्र पटेलले े पनि समग्र देश र यस क्षेत्रको विकास वाम गठबन्धनका उम्मेदवारहरुले  मात्र गर्न सक्ने दावी गरेका छन ।  मतदाताहरुले  यसपाली वाम गठबन्धनका उम्मेदवारहरुलाइ मत दिएर जिताउने आश्वासन दिएका छन ।


वीरगज महानगरपालिका ताजा अपेडेट - 2017-09-23
२ नम्वर प्रदेशको एक मात्र महानगरपालिकमा रोचक प्रतिस्पर्धा देखिएको छ । काँग्रेसको अग्रता छ तर संघीय समाजवादी फोरम पछ्याउँदै छ । मतका हिसावले राजपा, एमाले र माओवादी अलि पछाडि छन् ।

राजपुर नपा प्रमुख र उपप्रमुखमा कांग्रेसको जित । - 2017-09-23
रौतहटको राजपुर नरगपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको उमेदवारले जित हासिल गरेकोछ ।

नयाँ शक्तिले खाता खोल्यो - 2017-09-23
नयाँ शक्ति पार्टी, नेपालले तेस्रो स्थानीय तह निर्वाचनमा खाता खोलेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा उसले जित निकालेको हो ।

रौतहटको १६ तहको परीणाम सार्वजनिक , कहा कहा कुन पार्टीले जित्यो [सुचि सहित] - 2017-09-23
रौतहटमा १८ स्थानीय तह मध्ये शनिवार बिहान सम्म दुइ १६ तहको मत परीणाम सार्वजनिक भएको छ । नेपाली काग्रेसले ८ , माओवादीले २ , संघिय समाजवादी फोरमले ३ , नेपाल लोकतानित्रक फोरम १ , राजपाले २ स्थानिय तहमा बिजयी भएको छ ।

गणना बाकी रौतहटको ५ तहमा काग्रेस अगाडी - 2017-09-22
रौतहटमा तहको परीणाम शुक्रवार साझ सम्म आएको र बाकी सात तहको गणना भैरहेको छ ।

रौतहटको १ गाउ र १२ नगरपालिकोको परीणाम सार्वजनिक - 2017-09-22
रौतहटको १८ स्थानीय तह मध्ये शुक्रवार राति ८ बजे सम्ममा १३ तहको परीणाम सार्वजनिक भएको छ । नेपाली काग्रेसले ६ , माओवादीले २ , संघिय समाजवादी फोरमले ३ , नेपाल लोकतानित्रक फोरम १ , राजपाले १ स्थानिय तहमा बिजयी भएको छ ।

रौतहटको चन्द्रपुरमा काका ससुरा मेयर, बुहारी उपमेयर - 2017-09-22
रौतहटको चन्द्रपुर नगरपालिकामा काग्रेसका मेयर पदका उम्मेदवार रामचन्द्र चौधरी काकाससुरा र बुहारी उपमेयरमा एमालेकी रामरती चौधरी बिजयी भएका छन ।

५२ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट) - 2017-09-22
असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतपरिणाम अनुसार अहिलेसम्म ५२ तहको मतपरिणाम सार्वजनिक भएको छ। १३६ तहमा निर्वाचन भएको थियो। मतपरिणाम आइसकेका बाहेक सबै ठाउँमा यतिबेला मतगणना जारी छ।

रौतहटमा ८ तहको मत परीणाम सार्वजनिक - 2017-09-22
रौतहटको १८ स्थानीय तह मध्ये शुक्रवार बिहान सम्म ८ वटा स्थानिय तहको मत परिणाम सार्बजनिक भएको छ । परीणाम अनुसार नेपाली काग्रेसले धेरै स्थानमा जीत हात पारेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 NEXT

English News



645734 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top