Kalam Pati - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology

राजनीति

प्रदेश मन्त्री र सांसदाई भारी सुविधा



राजनीति प्रकाशित मिति:

जनकपुरधाम :
प्रदेश २ का प्रत्येक प्रदेशसभा सदस्यका लागि प्रदेश सरकारले सरकारी ढुकुटीबाट मासिक एक लाख रुपैयाँभन्दा बढी खर्च दिने भएको छ। प्रदेशसभाको सोमबारको बैठकले प्रदेशसभा सदस्यले स्वकीयसचिवको तलबसहित एक लाख आठ हजार पाँच सय मासिक तलबभत्तास्वरूप पाउने भएका छन्। यसबाहेक दैनिक बैठकभत्ता एक हजार रुपैयाँ तोकिएको छ।


पारित सेवा सुविधा विधेयकअनुसार, प्रतिमहिना प्रदेशसभा सदस्यहरूले पारि श्रमिकबापत ५३ हजार, सञ्चार सुविधामा तीन हजार, आवास सुविधामा १५ हजार, निजी सचिवालय बन्दोबस्तमा पाँच हजार र बिजुली धाराबापत दुई हजार मासिक खर्च पाउने व्यवस्था निर्धारण गरिएको छ।

सबै खर्च जोड्दा प्रदेश सरकारको मासिक एक करोड १६ लाख नौ हजार पाँच सय रुपैयाँ सांसदहरूले तलबभत्ता तथा विभिन्न शीर्षकमा सेवासुविधा पाउनेछन्। प्रदेश २ को संसद्मा एक सय सात सदस्य छन्।
प्रदेशसभा सदस्यहरूले आफ्नो सहजताका लागि स्वकीय सचिव राख्न पाउने छन्। संसद् सचिवालयका अनुसार प्रदेशसभा सदस्यहरूले विभागीय कामहरू सहज बनाउन सदनबाट पद थप गरी स्वकीय सचिव राख्ने नीति पारित गरेका हुन्। विधेयकमा प्रत्येक प्रदेशसभा सदस्यलाई स्वकीय सचिव राख्ने व्यवस्था पारित गरिएको छ। स्वकीय सचिवलाई शाखा अधिकृतसरह सेवासुविधा दिने नीति बनाइएको छ। ती स्वकीय सचिवले मासिक ३० हजार पाँच सय तलब पाउनेछन्। तर, प्रदेश १ मा भने नायब सुब्बासरह स्वकीय सचिव राखिएको छ। प्रदेशसभा सचिवाय सचिव केदारप्रसाद पनेरूले प्रदेश १ मा प्रदेशभा सदस्यहरूका लागि नायब सुब्बासरह स्वकीय सचिव राख्ने व्यवस्था गरिएको बताए। त्यसमा पनि प्रवीणता प्रमाणपत्र तह उतीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ।
यता प्रदेश ३ मा भने प्रदेशसभा सदस्यहरूका लागि स्वकीय सचिव नराख्ने व्यवस्था गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीका अनुसार अहिलेसम्म प्रदेशसभा सदस्यहरूका लागि स्वकीय सचिव राख्ने प्रस्ताव गरिएको छैन। प्रदेश २ मा सांसदहरू पाल्न मात्रै प्रदेश सरकारको वार्षिक १४ करोड रुपैयाँ हाराहारीमा खर्च हुने भएको छ। अन्य प्रदेशको तुलनामा प्रदेश २ मा सेवासुविधामा बढी प्रदेश सरकार केन्द्रित रहेको कर्मचारीहरू बताउँछन्। उनीहरूका अनुसार यसको तुलनामा अन्य प्रदेशमा निकै कम सुविधा राखिएको छ। सदनले सर्वसम्मत पास गरिसकेको हुनाले यसमा कर्मचारीहरूले असहमति जनाउन नपाइने संवैधानिक व्यवस्था रहेको सचिवहरू बताउँछन्।
विधेयकमा प्रत्येक प्रदेशसभा सदस्यलाई स्वकीय सचिव राख्ने व्यवस्था पारित गरिएको छ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले स्वकीय सचिव राखेको अर्थमन्त्री विजय यादवले बताए। उनी भन्छन्, ‘प्रदेशसभाको आरक्षण कोटाबाट आएका सदस्य शिक्षित नभएकाले उनीहरूको सहजताका लागि स्वकीय सचिव व्यवस्था गरिएको हो।’ जहाँ पनि स्वकीय सचिव राखिने व्यवस्था रहेको हुनाले प्रदेशसभा सदस्यका लागि स्वकीय सचिव राखिएको कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले बताए। सांसदहरूको सहजताका लागि विशेष कारण स्वकीय सचिव रााखिएको उनी बताउँछन्।

मुख्यमन्त्री तथा मन्त्रीहरूको तलब कति ?

मुख्यमन्त्रीले मासिक ८४ हजार चार सय ७० रुपैयाँ पारि श्रमिक पाउनेछन्। यसबाहेक मुख्यमन्त्रीले तीन स्वकीय सचिव राख्न पाउने व्यवस्था पनि निर्धारण गरिएको छ। मुख्यमन्त्रीलाई पारि श्रमिकबापत मासिक ६० हजार नौ सय ७०, सञ्चार सुविधाबापत तीन हजार पाँच सय र अतिथि सत्कारमा २० हजार रुपैयाँ सुविधा पाउने व्यवस्था गरिएको हो। त्यस्तै मन्त्रीहरूले मासिक ७६ हजार एक सय ८० रुपैयाँ तलबबापत पाउनेछन्। उनीहरूको मासिक पारि श्रमिक ५७ हजार सात सय ८०, सञ्चार सुविधाबापत तीन हजार चार सय र अतिथि सत्कारबापत १५ हजार रुपैयाँ पाउनेछन्। यसैगरी राज्यमन्त्रीहरूले मासिक ५६ हजार चार सय ९०, सञ्चारबाट तीन हजार तीन सय र अतिथि सत्कारबापत प्रतिमहिना १० हजार रुपैयाँ पाउने व्यवस्था गरिएको छ।
यसबाहेक मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरूले छुट्टै इन्धन पाउने पनि व्यवस्था गरिएको छ। त्यस्तै मुख्यमन्त्रीको दैनिक भ्रमणभत्ता प्रतिदन तीन हजार तोकिएको छ। मन्त्री र राज्यमन्त्रीहरूको भने दैनिक भ्रमण भत्ता दुई हजार पाँच सय तोकिएको छ। प्रदेश सरकारले सभामुखको पारि श्रमिक मासिक ५९ हजार, सञ्चार सुविधामा तीन हजार पाँच सय, निजी सचिवालयमा प्रतिमहिना १८ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। उपसभामुख, विपक्षी दलका नेता तथा सत्तापक्षको सचेतकले पारि श्रमिकबापत ५७ हजार सात सय ८० रुपैयाँ मासिक तलब पाउने भएका हुन्। उनीहरूले आवास सुविधाबापत २० हजार, सञ्चार सविधामा तीन हजार चार सय रुपैयाँ पाउनेछन्।
यसैगरी दलका नेता, सत्ता पक्षको प्रमुख सचेतक विपक्षी दलका प्रमुख सचेतक र सभापतिले मासिक पारि श्रमिकबापत ५७ हजार सात सय ८० रुपैयाँ तलब पाउने छन् भने सञ्चार सुविधामा तीन हजार तीन सय र आवास सुविधामा १८ हजार रुपैयाँ पाउनेछन्। यसैगरी दलका प्रमुख सचेतक र सचेतकको ५६ हजार चार सय ९० रुपैयाँ तलब निर्धारण गरिएको छ। साभार अन्नपुर्ण
म पनि भ्रष्टचार गर्दिनँ, गर्ने कसैलाई छोड्दिनँ : प्रधानमन्त्री ओली - 2018-03-09
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भ्रष्टचार गर्ने जोकसैलाई नछाड्ने चेतावनी दिएका छन् । शुक्रबार विहान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा निर्माण हुने ६५० शैय्याको सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू पनि भ्रष्टचार नगर्ने र अरु कसैले भ्रष्टचार गरे त्यसलाई पनि नछोड्ने चेतावनी दिएका हुन् ।

मन्त्रालयले कामै थाल्न सकेनन् - 2018-03-09
जनकपुरधाम : प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह गतसाता मन्त्री पदको शपथलगत्तै गृहजिल्ला सप्तरी फर्किए । जिल्ला बसाइ टुंग्याएर मंगलबार जनकपुरस्थित मन्त्रालयमा फर्किएका उनी फेरि स्वागत र सम्मानमै व्यस्त बने ।

प्रचण्डले संसदमा प्रश्न उठाए : भ्रष्टाचारी र ठगहरुलाई कसले ठेगान लगाउने ? - 2018-03-06
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य संयन्त्र भ्रष्टाचारले ग्रस्त भएको भन्दै यसलाई अन्त्य नगरेसम्म मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।

संविधान संशोधन गर्न खोजेको कुराले खुसी छौँ : देउवा - 2018-03-06
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधनका लागि मधेसकेन्द्रित दलहरूसँग छलफल अघि बढाएको कुराले आफू खुसी भएको बताएका छन्। मंगलबार संसद बैठकमा समय लिएर देउवाले संविधान संशोधनमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए।

संसदमा माधव नेपालले भने - टीआरसीको काम चाँडो टुंग्याउँ - 2018-03-06
काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले सशस्त्र युद्धमा भएका घटनाहरूको छानबिनका लागि गठित दुई आयोगको काम चाँडो सम्पन्न गर्नुपर्ने बताएका छन्। मंगलबार संसद बैठकमा समय लिएर नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका कामलाई पूर्णता दिनुपर्ने बताएका हुन्।

प्रचण्डसँगको भेटमा पाकिस्तानी प्रधानमन्त्रीले भने- 'आतंकवाद दक्षिण एसियाको साझा शत्रु' - 2018-03-06
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीबीच भेटवार्ता भएको छ।

प्रदेश नं २ को नगर प्रमुख संघको संयोजकमा वकिल चयन - 2018-03-05
बाराको सिमरा भएको बसेको प्रदेश नं २ का नगर प्रमुख तथा उप प्रमुखहरुको बैठकले रौतहट परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिललाइ संयोजकमा चयन गरेको छ ।

मुख्यमन्त्रीसँग विकास माग्दै नगर प्रमुख - 2018-03-04
सिमरा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले उपमहानगरको विकास र समृद्धिको यात्रामा साथ दिन आग्रह गरेका छन्।

आफू जन्मेको गाउँमा 'झुप्रो' बनाउने प्रचण्डको चाहना - 2018-03-04
काठमाडौं : सधैँजसो राजनीतिक कार्यक्रमहरूमा व्यस्त हुने पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार आफ्ना गाउँलेहरूसँग थिए। 'एउटै खोलाको पानी खानेहरू' सँग भेट्दा प्रचण्ड भावुक पनि देखिएका थिए।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 NEXT

English News



1166835 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top