खेलकुद

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता



खेलकुद प्रकाशित मिति: २८ मंसिर, काठमाडौं

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे ।

खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

यससँगै उनी क्लब वल्र्डकपमा सर्वाधिक गोलकर्ता बने । उनले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वरेजलाई पछि पारे ।

मेस्सी र स्वरेजले समान ५/५ गोल गरेका छन् ।

बार्सिलोनालाई खड्कियो नेमारको अभाव - 2017-08-15
आफ्ना मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदानमा प्रवेश गरेर गोल गरेको केही समयमै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए पनि रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनाविरुद्घको खेलमा जित हात पारेको छ ।

चेल्सीले मलाई ‘अपराधी’जस्तो व्यवहार गर्‍योः कोष्टा - 2017-08-14
स्पेनिस स्ट्राइकर डिएगो कोष्टाले आफूलाई चेल्सीले जहिले पनि एक ‘अपराधी’ जस्तो व्यवहार गरेको गुनासो गरेका छन् । साथै उनले आफू एथ्लेटिको मड्रिडमा र्फकन चाहेकोसमेत बताएका छन् ।

रियल मड्रिडले बार्सिलोनालाई हरायो, रोनाल्डोलाई रातो कार्ड - 2017-08-14
क्रिष्टियानो रोनाल्डोले गोल गर्नुका साथै रातो कार्ड पाएको खेलमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ ।

बल्ल पीएजसीको टोलीमा नेयमारको नाम - 2017-08-13
ब्राजिलियन स्टार खेलाडी नेयमार पहिलो पटक पेरिस सेन्ट जर्मेनको टोलीमा समावेश भएका छन् ।

किन हेरे १८ करोडले महिला विश्वकप ? - 2017-08-13
हालै इङ्ल्यान्डमा आयोजना भएको आईसीसी महिला विश्वकप क्रिकेटका खेल संसारभरका १८ करोडभन्दा बढी दर्शकले हेरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको छ । एक महिनासम्म सञ्चालन भएको प्रतियोगिता भारतमा मात्र १५.६ करोड दर्शकले टेलिभिजनमा प्रत्यक्ष हेरेको र तिनमा आठ करोडभन्दा बढी दर्शक ग्रामीण क्षेत्रका रहेको जनाइएको छ ।

आर्सनलको सनसनीपूर्ण जित - 2017-08-12
सब्टिच्युट ओलिभर जिरोडले हेडबाट खेलको अन्त्यतिर नाटकीय गोल गरेपछि आर्सनलले इङलिस प्रिमियर लिगमा शुक्रबार राति लेस्टर सिटीलाई ४-३ ले हराएको छ । सन् २०१७-१८ को सिजनको यो पहिलो खेल हो ।

नेमारको ‘डेब्यु’ खेल आइतबार - 2017-08-12
पेरिस विश्वकीर्तिमानी रकममा स्पेनी क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका ब्राजिलियन स्ट्राइकर नेमारले आगामी आइतबार आफ्नो नयाँ क्लबबाट ‘डेब्यु’ खेल खेल्ने भएका छन् ।

डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकृत - 2017-08-11
बोरुसिया डर्टमुन्डले उसमान डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । साथै बिहीबारको प्रशिक्षणमा अनुपस्थित रहेको भन्दै फ्रान्सका डेम्बेललाई निलम्बनका साथ जरिवाना तोकिएको छ ।

यसरी बने बेलायती फुटबलर 'शिवका भक्तु' - 2017-08-11
इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातिदेखि सुरु हुँदैछ । शुक्रबार हुने पहिलो खेलमा गत सिजन तालिकाको पाँचौं स्थानमा रहेको आर्सनलले लेस्टर सिटीको सामना गर्दैछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



681198 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top