विश्वकप छनौट प्लेअफ : क्रोएसिया र स्वीटजरल्याण्ड विजयी

खेलकुद

फाइनल खेलमा रौतहट बिजयी



खेलकुद प्रकाशित मिति:

चन्द्रपुर ३ साउन//
रौतहटमा भएको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहिवार भएको फाइनल खेलमा रौतहट बिजयी भएको छ ।

कैलाली लाइ १ गोलले पछि पार्दै रौतहट बिजयी भएको हो । रौतहटकी जर्सी नम्वर १० की लक्ष्मि घिसिङ्गले पहिलो हाफमा नै गोल गरेकी हुन ।

फाइनलमा पुगेको रौतहटले बारा, कन्चनपुर र कास्किलाइ हाएको थियो भने कैलालीले झापा र मोरङ्गलाइ हराउदै फाइनलमा पुगेको थियो ।

फाइनल खेलको उत्कृष्ठ खेलाडी रौतहटकी मनिषा राउत र प्रतियोगिता कै उत्कृष्ठ खेलाडी रौतहटकै अस्मिता बैध घोषित भएकी छिन । उनीहरु लाइ जहनी पाच हजार पुरस्कार प्रदान गरीएको छ ।

बिजेता तथा उपबिजेता टिम लाइ एन्फाका उपाध्यक्ष बिर बहादुर खड्का तथा रौतहटका सिडिओ गोबिन्द प्रसाद रिजालले पुरस्कार तथा शिल्ड बितरण गरेका छन ।

फुटवल समापन कार्यक्रममा चन्द्रपुरका मेयर रामचन्द्र चौधरी , उपमेयर रामरती चौधरी, लगाएत ४,६का वडा अध्यक्षहरु बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

रौतहटको चन्द्रपुर नगरपालीका ६ स्थित स्व.शेरबहादुर दर्लामी खेल मैदानमा  असार २७ गते बाट शुरु भएको राष्टिय महिला फुटवल खेल अखिल नेपाल फुटबल संघको आयोजना तथा रौतहट फुटबल संघको ब्यवस्थापनमा संचालन भएको रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामीले बताएका छन ।

उक्त प्रतियोगितामा रौतहट, बारा, पाचथर, कास्की, सुनसरी, ईलाम, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलालीका महिला फुटवल टिम सहभागी भएको रौतहट फुटबल संघका महासचिव मधुसुधन धितालले जानकारी दिएका छन ।

 फोटो ः फाइनल खेलमा प्रतिस्पर्धा गर्दै (रातो) रौतहट र (सेतो) कैलाली का खेलाडीहरु ।   


मुसा होइन मेस्सी चम्किए, अर्जेन्टिना अन्तिम १६ मा - 2018-06-27
मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।

इन्जुरी टाइमको गोलले स्पेन बन्यो समूह विजेता - 2018-06-26
एगो आसपासको इन्जुरी टाइमको गोलको मद्दतमा स्पेनले मोरक्कोसँग बराबरी खेलेको छ र समूह बीको विजेता बन्दै विश्वकपको नकआउट चरणमा पुगेको छ ।

विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित - 2018-06-15
काठमााडौं : उद्घाटन खेलमा साउदी अरेबियालाई ५(ण् को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।

विश्वकप फुटबल आजबाट, कस्तो रहला रुस र साउदी अरबको उदघाटन खेल ? - 2018-06-14
काठमाडौं : फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । राजधानी मस्कोको लुझनिकी स्टेडियममा विश्वकप फुटबलको भव्य उदघाटन समारोह हुनेछ । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

महिला फुटबलको टेक्निकल सेन्टर बन्ने - 2018-06-11
रौतहट : चन्द्रपुर नगरपालिका ६ स्थित शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा महिला फुटबलको टेक्निकल सेन्टर बन्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासहितको टोलीले खेल मैदानको स्थलगत अनुगमन गरेको हो ।

विश्वकप फुटबल : यस्तो छ नेपाली समयअनुसार खेल तालिका - 2018-06-02
काठमाडौं : विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् । जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ ।

नेपाल एकदिवसीय टिमको वरियतामा समावेश - 2018-06-01
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समावेश गरेको छ ।

चेन्नाईले जित्यो आईपीएलको उपाधि - 2018-05-28
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो ।

च्याम्पियन्स लिगको उपाधिमा रियल मड्रिडको हृयाट्रिक - 2018-05-27
काठमाडौं : यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधिमा हृयाट्रिक गरेको छ । यो उसको १३ औं तथा पछिल्लो पाँच सिजनमा चौथो उपाधि पनि हो

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 NEXT

English News



1265221 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top