विश्वकप छनौट प्लेअफ : क्रोएसिया र स्वीटजरल्याण्ड विजयी

खेलकुद

रोमाबिरुद्ध रियलको सहज जीत



खेलकुद प्रकाशित मिति:

इटालियन टोली एएस रोमाबिरुद्ध सहज जीत निकाल्दै साबिक विजेता रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

लगातार चौँथो पटक उपाधि जित्ने दाउमा रहेको रियलले खेलमा शुरुदेखि नै नियन्त्रण बनाएको थियो । तर, पहिलो हाफको लामो समय रोमाले रियललाई रोक्न सफल रह्यो ।

पहिलो हाफको अन्त्यमा इस्कोले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए ।

दोस्रो हाफमा लुका मोड्रिचको उत्कृष्ट पासमा गोल गर्दै गेराथ बेलले रियलको अग्रता दोब्बर बनाए भने खेलको अन्त्यतिर मारियानो डियाजले २० यार्ड टाढामा उत्कृष्ट गोल गर्दै रियललाई ३–० को जीत दिलाए ।

रियलले पछिल्ला ४३ च्याम्पियन्स लिग खेलमा कम्तिमा एक गोल गर्न सफल रहेको छ ।

खेलअवधि भर दबाबमा रहेको रोमाका लागि सेन्गिजले गरेको प्रहार केयलर नाभासले उत्कृष्ट बचाउ गरे ।

रोमा घरेलु मैदान बाहिर खेलिएका प्रतियोगिताको पछिल्ला ५ खेलमा पराजित भएको छ ।

समूह जी कै अन्य खेलमा भिक्टोरिया प्लेजेन र सिएसकेए मस्कोले २–२ को बराबरी खेले ।

हिजै भएको अन्य खेलमा बेनफिकालाई बायर्न म्युनिखले २–० गोल अन्तरले पराजित गर्यो ।

बायर्नको जीतमा रोबर्ट लेवान्डोस्की र रेनाटो सान्चेजले गोल गरे । साभार रातोपाटी
मेस्सीको प्रेरणामा बार्सिलोनाको गोलको वर्षा - 2018-09-03
लुइस सुवारेज र लियोनेल मेस्सीले दुई–दुई गोल गरेपछि बार्सिलोनाले नवप्रवेशी हुएस्कामाथि ८–२ को विशाल जीत हासिल गरेको छ ।

एसिया कप छनोट : सिंगापुरले दियो नेपाललाई १५२ रनको लक्ष्य - 2018-09-02
काठमाडौं : मलेसियामा जारी एसिया कप छनोट अन्तरगत नेपाल र सिंगापुरबीचको खेलमा सिंगापुरले नेपाललाई १५२ रनको विजय लक्ष्य दिएको छ ।

बेन्जिमा र बेलको गोलसँगै रियल मड्रिड विजयी - 2018-09-02
क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि करिम बेन्जिमा र ग्यारेथ बेलले गोल गर्ने क्रम जारी राख्दा रियल मड्रिडले ला लिगामा लेगानेसमाथि सहज जित हात पारेको छ ।

रोनाल्डोलाई पछि पार्दै मोड्रिच बने युइएफए पुरुष वर्ष खेलाडी - 2018-08-31
एजेन्सी : लुका मोड्रिच युइएफए पुरुष वर्ष खेलाडी घोषित भएका छन् । रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाए बापत मोड्रिचले उक्त अवार्ड हात पारेका हुन् ।

एसिया कप छनोट खेल्ने नेपाली टोली मलेसियामा - 2018-08-28
आगामी बुधबारदेखि हुने एसिया कप छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय टोली मलेसिया पुगेको छ।

पीएसजीको जितमा काभानी, एम्बापे र नेइमारको गोल - 2018-08-26
काठमाडौं : प्रभावशाली ट्रिओ इडिन्सन काभानी, केलियन एम्बाप्पे र नेइमारले गोल गर्दा पेरिस सेन्ट जर्मेनले एन्जर्समाथि सहज जित हात पारेको छ ।

सीपीएलको पाचौं खेलमा सन्दीप महंगा बलर, टोली शीर्ष स्थानमा - 2018-08-26
काठमाडौं : हाल क्याराबिन प्रिमियर लिग(सीपीएल) खेलिरहेका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले लिगको पाचौं खेलमा खराब प्रदर्शन गरेका छन् ।

पढाइसँगै खेलकुद - 2018-08-21
रौतहट : चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।

लिभरपुलको लगातार दोस्रो जीत - 2018-08-21
क्रिस्टल प्यालेसलाई हराउँदै लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जीत हासिल गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 NEXT

English News



1693133 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top