अर्थ / व्यापार

आन्तरिक उडान सुरु, अन्तराष्ट्रिय अझै अनिश्चित



अर्थ / व्यापार प्रकाशित मिति:

काठमाडौं :
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडान सुरु भएको छ । बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन नसकिएपनि दक्षिण क्षेत्रबाट आन्तरिक उडान सुरु भएको हो ।
विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले धावनमार्गबाट विमान हटाउन अझै केही समय लाग्ने भएपनि उत्तरबाट बिहानदेखि आन्तरिक उडान सुरु गरिएको जानकारी दिए । हिजो रातिदेखि रोकिएको विमानस्थलबाट बिहान बुद्व एयरलाइन्सले काठमाडौं विराटनगर बुद्व उडान गरेको थियो ।

काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटनाबाट भने बच्यो ।

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।  घाँसेमैदानबाट विमान हटाउने प्रयास जारी रहेको प्रवक्ता ठाकुरले जानकारी दिए ।
साभार अन्नपुर्ण
चन्द्रपुर महोत्सवमा दर्शकको भिड, आइतवार सम्म मेला चल्ने - 2018-03-24
रौतहट १० चैत्र // शनिवार चन्द्रपुर महोत्सव हेर्नेको भिड लागेको छ । आज राष्टिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहेकाले पनि दर्शकहरुको भिड लागेको हो ।

चन्द्रपुर महोत्सव आइतवार सम्म - 2018-03-22
रौतहट ८ चैत्र // रौतहटको चन्द्रनिगाहपुर संचालन भैरहेको चन्द्रपुर महोत्सव चार दिन थपिएको छ ।

शसस्त्र प्रहरीले चार महिनामा दुइ करोड बढी राजश्व संकलन - 2018-03-18
रौतहट ४ चैत्र // सशस्त्र प्रहरी बल मध्य क्षेत्रले चार महिनामा २ करोड भन्दा बढी रुपैयाँको अवैध सामान बरामद गरेको छ ।

चिनि मिल बन्द, किसानको ६२ करोड रकम भुक्तान हुन बाकी - 2018-03-18
रौतहट ४ चैत्र // रौतहटको गरुडा स्थित श्री राम सुगर मिलले यस बर्षको उखु क्रसिङ बन्द गरेको छ । किसान लाइ भुक्तानी गर्नु पर्ने रकम भने भुक्तान गरेको छैन ।

चन्द्रपुर महोत्सवको प्रचण्ड द्धारा उद्घाटन, हेलिकप्टर चढेर अवलोकन गर्न पाइने - 2018-03-12
रौतहट २८ फागुन // चन्द्रनिगाहपुरमा संचालन हुन लागेको चन्द्रपुर महोत्सवको पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन ।

मन्त्रीद्वारा जनकपुर-जटही सडक अनुगमन, छिटो काम सक्न निर्देशन - 2018-03-10
जनकपुरधाम : जनकपुर-जटही सडक निर्माण सुस्त भएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले शुक्रबार स्थलगत अनुगमन गरी छिटो काम सक्न ठेकेदारलाई निर्देशन दिएका छन्।

वीरगन्जमा दुई दिनमा ७ करोडको मासु खपत - 2018-03-04
पर्सा : होली पर्वमा वीरगन्ज महानगरमा ७ करोड रुपैयाँभन्दा बढीको माछा मासुको कारोबार भएको छ । जिल्ला माछा मासु व्यवसायी संघका अध्यक्ष अन्सार मन्सुरीका अनुसार बिहीबार र शुक्रबार ७ करोड रुपैयाँको माछा मासुको कारोबार भएको हो ।

सडक निर्माणमा अवरोध - 2018-02-23
बर्दिबास : मुआब्जा वितरण नगरी सम्सी–गौशाला–माईस्थान सडक विस्तार थालेको भन्दै स्थानीयले अवरोध गरेका छन्। २६.९४ किमि लम्बाइ र सात मिटर चौडाइको चार लेन सडक विस्तार हुन लागेको हो।

५ करोडमा वाथ पोइन्ट सेन्टर - 2018-02-22
काठमाडौं । काठमाडौंको वसुन्धरा चौकीसँगै पाँच करोडको लगानीमा वाथ पोइन्ट सेन्टर सञ्चालनमा आएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

English News



1009518 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top