अर्थ / व्यापार

सिँगारियो लेकसाइड



अर्थ / व्यापार प्रकाशित मिति: पोखरा १३ पुस

अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत र सन् २०१७ लाई बिदाइ गर्न पोखराको पर्यटकीय केन्द्र लेकसाइड बेहुली झै सिँगारिएको छ।

नयाँ वर्ष नजिकिएसँगै पोखरा आउने पर्यटकको चहल पहल बढेको छ। पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

पोखराका तारे होटलले पनि नयाँ वर्षका लागि विभिन्न प्याकेजसहित सजावट गरेका छन्। पाँच तारे होटल पोखरा ग्रान्डमा नयाँ वर्षको लाइभ म्यूजिकसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको होटल व्यस्थापनले बताएको छ। नयाँ वर्षका लागि करिब सबै कोठा अग्रिम बुकिङ भइसकेका छन्। २८ तारिखदेखि १ तारिख सम्मका लागि लगभग सबै कोठा बुकिङ भइसकेको होटलका वरिष्ठ बिक्री प्रबन्धक कमल शेरचनले जानकारी दिए।

होटलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत नेपाली पर्यटक रहेको उनले बताए। नयाँ वर्षलाई लक्षित गरी होटलले लाइभ म्यूजिक, गाला डिरनसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। पोखराको अर्को तीन तारे होटल सांग्रिलाले पनि कोठा लगभग प्याक भइसकेको बताइएको छ। २८ तारिखदेखि २०१८ को जनवरी १ तारिखसम्म सबै कोठा प्याक भइसकेको होटल साँग्रिला खपोराका रुम डिभिजन म्यानेजर गुप्तबहादुर गिरीले बताए। साँग्रिलामा ६१ वटा कोठा छन्। नयाँ वर्षमा होटलमा गाला डिनरसहित लाइभ म्यूजिकका तयारी गरिएको उनले सुनाए। होटलले डोरप्राइजका रूपमा एक जोडिलाई काठमाडौं(थाइल्यान्ड दोहोरो हवाई टिकट दिनेछ।

पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

यसैगरी तारे होटल बाराहीमा पनि ९९ प्रतिशत कोठा बुकिङ भइसकेका छन्। २८ तारिखदेखि जनवरी १ सम्म कोठा बुक भइसकेको होटलका म्यानेजर राजकुमार केसीले बताए। नयाँ वर्षमा होटलमा गाला डिनरसहित चर्चित कलाकार शिव परिवार, मीना निरौलालगायतको प्रस्तुति रहने उनले बताए।

पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले पछिल्ला वर्ष अंग्रेजी नयाँ वर्षमा पोखराका अधिकांश होटल भरिभराउ हुने गरेको बताए। पोखरामा पश्चिमाञ्चल क्षेत्रीय होटल संघमा आवद्ध तीन सय ८० होटल छन्। सबै होटलमा गरी २२ हजार बेड रहेको पश्चिमाञ्चल क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए। दुई वटा पाँच तारे होटलमध्ये फूलवारी बन्द छ। तीन तारे होटल १४ वटा र १ र २ तारे होटल ४० वटा छन्। निम्तो बाँड्दै पोखरेली पर्यटन व्यावसायिको टोली पाल्पा, बुटवल, भैरहवा, चितवन, काठमाडौंसम्म पुगेको थियो। साभार अन्नपुर्ण

जेठ १५ मा बजेट ल्याउन मिल्दैन : निर्वाचन आयोग - 2017-04-29
कलमपाटी १६ बैसाख / निर्वाचन आयोगले आचार संहिता लागु भएकाले चुनावको बिचमा जेठ १५ बजेट ल्याउन नमिल्ने जनाएको छ ।

श्रीरामले किसानको करोडौ भुक्तानी दिन बांकी - 2017-04-25
रौतहट १२ बैसाख/ श्रीराम सुगर मिल गरुडा ले उखु लिए वापतको करौडौ रकम भुक्तानी नगरेपछि किसान आन्दोलित भएका छन । मिलले किसानको ३२ करोड भन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाकी रहेको छ ।

आइतवारको पानीले लाखौ काचो इटा नष्ट - 2017-04-25
रौतहट १३ बैसाख / आइतवार राति परेको पानी ले रौतहटका इटा व्यवसायीहरु मर्कामा परेका छन ।

खाना महोत्सवमा एक करोड भन्दाबढीको कारोवार - 2017-04-16
बारा ३ बैसाख/ बाराको सिमरामा आयोजना गरिएको ‘बारा खाना महोत्सवमा एकलाख भन्दा बढीले अवलोकन गरेको आयोजनाले दावी गरेको छ ।

सिमा नाका बाट तस्करी बढ्यो - 2017-04-13
कलमपाटी ३१ चैत्र / रौतहटको सिमा नाका बाट तस्करी बढेको स्थानियबासीले बताएका छन । नेपाल प्रहरी र सशस्त्र प्रहरीको इकाइ कार्यालय भए पनि तस्करी नियन्त्रण हुन नसकेको स्थानियको भनाइ छ ।

गैडाटार गाउ मकै प्रर्दशनी स्थल जस्तै - 2017-04-11
कलमपाटी २९ चैत्र / रौतहटको चन्द्रपुर नगरपालिका ३ स्थित गैडाटार गाउमा हाइव्रिड जातको मक खेती गर्ने किसान बढेका छन । गाउ नै मकै प्रर्दशनी स्थल जस्तो देखिएको छ । हरेक घर, आगन , गोठ, बाटोमा मकै सुकाएको , छोडाउदै गरेको र देख्न सकिन्छ ।

रौतहटमा उखुखेती गर्ने किसान लाइ तालिम - 2017-04-10
रौतहट २८ चैत्र / जलवायू प्रतिरोधात्मक उखुखेती प्रर्वधन गर्न रौतहटमा बिभिन्न कार्यक्रमहरु संचालन गरीएका छन ।

रौतहटमा १० करोड भन्दाबढीको बालीनालीमा क्षेती - 2017-04-01
कलमपाटी १९ चैत्र / रौतहटमा केही दिन अघि आएको हावाहुरी र असिना पानीले रौतहटको उतरी क्षेत्रमा करीव ११ करोड मुल्यको वालीनालीमा क्षेती पुर्याएको छ ।

रौतहट फर्निचर ब्यवसायी संघको अध्यक्षमा पौडेल - 2017-03-25
रौतहट १२ चैत्र / रौतहट फर्निचर तथा फर्निसिङ ब्यवसायी संघको रौतहटमा शनिबार समिति गठन भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT

English News



752452 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top