अर्थ / व्यापार

आन्तरिक उडान सुरु, अन्तराष्ट्रिय अझै अनिश्चित



अर्थ / व्यापार प्रकाशित मिति:

काठमाडौं :
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडान सुरु भएको छ । बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन नसकिएपनि दक्षिण क्षेत्रबाट आन्तरिक उडान सुरु भएको हो ।
विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले धावनमार्गबाट विमान हटाउन अझै केही समय लाग्ने भएपनि उत्तरबाट बिहानदेखि आन्तरिक उडान सुरु गरिएको जानकारी दिए । हिजो रातिदेखि रोकिएको विमानस्थलबाट बिहान बुद्व एयरलाइन्सले काठमाडौं विराटनगर बुद्व उडान गरेको थियो ।

काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटनाबाट भने बच्यो ।

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।  घाँसेमैदानबाट विमान हटाउने प्रयास जारी रहेको प्रवक्ता ठाकुरले जानकारी दिए ।
साभार अन्नपुर्ण
भारत वाट रोगी राँगा र भैसी खुलेआम भित्रदै - 2017-08-02
रौतहट १७ साउन/ जिल्लाका बिभिन्न नाकाबाट भारतीय पाडा र भैसी बिनाभन्सार नेपालभित्रने गरेको स्थानीयले बताएका छन् ।

नेपाल–चीनको संयुक्त लगानीमा सिमेन्ट उद्योग सन् २०१८ देखि - 2017-08-02
काठमाडौ १८ साउन होङ्सी–शिवम् सिमेन्ट प्रालि, नेपाली–चीनको संयुक्त लगानीमा स्थापना भएको कम्पनी, ले सन् २०१८ को मार्चदेखि सिमेन्ट उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

एनजीओले स्थानीय तहसँग अनुमति लिनैपर्ने - 2017-07-31
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९एनजीओरआईएनजीओ० ले स्थानीय तहसँग अनुमति नलिई काम गर्नै नपाउने व्यवस्था हुन लागेको छ

बारामा दश लाख पशुपक्षी - 2017-07-30
कलैया, १५ साउन बारा जिल्लामा आर्थिक वर्ष ०७३/०७४ मा गाई, भँैसी, बाख्रा, बंगुर र कुखुरा गरी कुल १० लाख चार हजार ४४० वटा पशुपक्षी छन् ।

सानाकिसान सहकारी मनहर्वाको मुनाफा ७२ लाख - 2017-07-27
सिमरा १२ साउन साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले आर्थिक बर्ष २०७३/०७४ को बार्षिक खाताबन्दी सम्पन्न गरेको छ । संस्थाले गत आर्थिक वर्षमा ७२ लाख ३१ हजार खुद मुनाफा गरेको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।

कञ्चनपुर भन्सार कार्यालयमा राजश्व संकलन नौ प्रतिशत कम - 2017-07-27
कञ्चनपुर १२ साउन/ कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७३/७४ मा रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ ।

बारामा तीन अर्ब २६ करोड बराबरको दूध उत्पादन - 2017-07-27
बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

कोकाकोलाको नयाँ अफर ‘बिर्को खोलौं-क्यास जितौं’ - 2017-07-27
१२ साउन, काठमाडौं । कोका-कोलाले नेपालमा नयाँ अफर बिर्को खोलौं क्यास जितौं सञ्चालन गरिरहेको छ । असार २३ गतेदेखि शुरु भएको यो अफर आगामी भदौ २२ गतेसम्म संचालन हुने वा स्टक रहुन्जेलसम्म लागू हुने कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकका कर्मचारीलाई तलबभन्दा भत्ता दोब्बर, सुविधा नै १८ किसिमका ! - 2017-07-26
बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीबीचको तलब अन्तरबारे समयसमयमा चर्चा सुनिने गरेकै छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

English News



1009564 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top