अर्थ / व्यापार

आन्तरिक उडान सुरु, अन्तराष्ट्रिय अझै अनिश्चित



अर्थ / व्यापार प्रकाशित मिति:

काठमाडौं :
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडान सुरु भएको छ । बिहीबार राति उडानका क्रममा धावनमार्गबाट चिपलिएर घाँसे मैदानमा पुगेको मलेसियाको मालिन्दो जहाज हटाउन नसकिएपनि दक्षिण क्षेत्रबाट आन्तरिक उडान सुरु भएको हो ।
विमानस्स्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले धावनमार्गबाट विमान हटाउन अझै केही समय लाग्ने भएपनि उत्तरबाट बिहानदेखि आन्तरिक उडान सुरु गरिएको जानकारी दिए । हिजो रातिदेखि रोकिएको विमानस्थलबाट बिहान बुद्व एयरलाइन्सले काठमाडौं विराटनगर बुद्व उडान गरेको थियो ।

काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

उड्नका लागि धावनमार्गतर्फ गुडिरहेको जहाजको टायरमा समस्या आएपछि चिपलिएर घाँसे मैदानमा पुगी भासिएको हो । जहाज चिप्लिएर घाँसै मैदानतर्फ पुगे पनि ठुलो दुर्घटनाबाट भने बच्यो ।

२० अर्थात उत्तरी क्षेत्रबाट राति ९ बजेर ४५ मिनेटमा उड्ने तयारीमा रहेको रनवेमा कोटेश्वरतर्फको ०२ अर्थात दक्षिणी क्षेत्रतर्फ गइरहेको थियो । मोडिएर उत्तरतर्फ लाग्ने बेलामा अगाडिको टायरमा समस्या आएपछि जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।  घाँसेमैदानबाट विमान हटाउने प्रयास जारी रहेको प्रवक्ता ठाकुरले जानकारी दिए ।
साभार अन्नपुर्ण
करोडौ सजिवनका बिरुवा अलपत्र - 2016-11-27
कलमपाटी १२ मंसिर/ बनस्पति सजिवनको फल बाट डिजलको बिकल्पको रुपमा इन्धन उत्पादन गर्न सकिने भएपनि सजिवनको ७५ लाख बिरुवा रौतहटमा अलपत्र परेको छ ।

नेपालमा रहेको भारु सटहीबारे भारतले निर्णय लिने - 2016-11-22
नेपालमा भएको ५ सय र १ हजार दरका भारु सटहीबारे भारतले यसै साता निर्णय लिने भएको छ ।

उखुको मूल्य अझै निर्धारण भएन - 2016-11-18
यस बर्षको उखुको मूल्य अझै पनि निर्धारण हुन सकेको छैन ।

भारु प्रतिबन्धकाे असरः नोट साट्न कूटनीतिक पहल - 2016-11-10
पाँच सय र एक हजार दरका भारुमाथि प्रतिबन्ध लगाउने भारत सरकारको घोषणापछि नेपालका व्यावसायिक प्रतिष्ठान प्रभावित भएको भन्दै नेपालले भारु नोट सटहीका लागि कूटनीतिक पहल थालेको छ । राष्ट्रबैंकले भारतीय रिजर्भ बैंक र भारत सरकारसँग नोट साट्ने व्यवस्था मिलाउन कूटनीतिक पहल सुरु गरेको हो ।

समान बरामद गरी भन्सार बुझाइयो - 2016-11-02
कलमपाटी १७ कार्तिक भन्सार राजश्व छलेर ल्याउदै गरेको समान बरामद गरी प्रहरीले भन्सार कार्यालयमा बुभलाएको छ ।

प्रहरीद्धारा चल्ला सहीत चार तस्कर पक्राउ - 2016-10-26
कलमपाटी १० कार्तिक रौतहट को सिमावर्ती क्षेत्रमा मंगलवार सातसय ५० वटा भारतमा उत्पादन भएको कुखुराको चल्ला सहीत चारजना तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको कटहरीयामा नेपाल बैंक संचालनमा - 2016-10-24
कलमपाटी ८ कार्तिक जिल्लाको पुरानो व्यापारीक केन्द्र कटहरीया बजारमा नेपाल बैंकको शाखा कार्यालय संचालनमा आएको छ । नेपाल राष्ट्र बैंकका कायममुकायम गर्भनर चिन्तामणी शिवाकोटीले सोमवार शाखा उदघाटन गरेका छन ।

चुरे समिति र वन मन्त्रालयबीच विवाद - 2016-10-21
राष्ट्रपति चुरे तराई मधेस संंरक्षण विकास समिति र वन मन्त्रालयबीच विवाद देखिएको छ । वन मन्त्रालयले चुरे कार्यक्रममा पछिल्लो समय प्रभावकारी काम हुन नसकेको आरोप लगाएको छ भने समितिले वार्षिक बजेटको ९१ प्रतिशत वार्षिक खर्च भए पनि मन्त्रालयले अनावश्यक आरोप लगाएको भन्दै आपत्ति जनाएको छ ।

भन्सार छलेको कपडा र कुखुराको अण्डा बरामद - 2016-10-18
कलमपाटी २ कार्तिक सोमवार बेलुका रौतहटको गौर स्थित ट्रान्समिटर चोक नजिकै बाट प्रहरीको टोलीले भन्सार राजश्व छलेको कपडा र गौर बाटै मंगलवार कुखुराको अण्डा बरामद गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT

English News



1009562 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top