अर्थ / व्यापार

सिँगारियो लेकसाइड



अर्थ / व्यापार प्रकाशित मिति: पोखरा १३ पुस

अंग्रेजी नयाँ वर्ष २०१८ लाई स्वागत र सन् २०१७ लाई बिदाइ गर्न पोखराको पर्यटकीय केन्द्र लेकसाइड बेहुली झै सिँगारिएको छ।

नयाँ वर्ष नजिकिएसँगै पोखरा आउने पर्यटकको चहल पहल बढेको छ। पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

पोखराका तारे होटलले पनि नयाँ वर्षका लागि विभिन्न प्याकेजसहित सजावट गरेका छन्। पाँच तारे होटल पोखरा ग्रान्डमा नयाँ वर्षको लाइभ म्यूजिकसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको होटल व्यस्थापनले बताएको छ। नयाँ वर्षका लागि करिब सबै कोठा अग्रिम बुकिङ भइसकेका छन्। २८ तारिखदेखि १ तारिख सम्मका लागि लगभग सबै कोठा बुकिङ भइसकेको होटलका वरिष्ठ बिक्री प्रबन्धक कमल शेरचनले जानकारी दिए।

होटलमा ८० प्रतिशत विदेशी र २० प्रतिशत नेपाली पर्यटक रहेको उनले बताए। नयाँ वर्षलाई लक्षित गरी होटलले लाइभ म्यूजिक, गाला डिरनसहित विभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरेको छ। पोखराको अर्को तीन तारे होटल सांग्रिलाले पनि कोठा लगभग प्याक भइसकेको बताइएको छ। २८ तारिखदेखि २०१८ को जनवरी १ तारिखसम्म सबै कोठा प्याक भइसकेको होटल साँग्रिला खपोराका रुम डिभिजन म्यानेजर गुप्तबहादुर गिरीले बताए। साँग्रिलामा ६१ वटा कोठा छन्। नयाँ वर्षमा होटलमा गाला डिनरसहित लाइभ म्यूजिकका तयारी गरिएको उनले सुनाए। होटलले डोरप्राइजका रूपमा एक जोडिलाई काठमाडौं(थाइल्यान्ड दोहोरो हवाई टिकट दिनेछ।

पछिल्ला वर्षमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख पर्यटकीय गन्तव्य बनेको छ।

यसैगरी तारे होटल बाराहीमा पनि ९९ प्रतिशत कोठा बुकिङ भइसकेका छन्। २८ तारिखदेखि जनवरी १ सम्म कोठा बुक भइसकेको होटलका म्यानेजर राजकुमार केसीले बताए। नयाँ वर्षमा होटलमा गाला डिनरसहित चर्चित कलाकार शिव परिवार, मीना निरौलालगायतको प्रस्तुति रहने उनले बताए।

पश्चिमाञ्चल क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले पछिल्ला वर्ष अंग्रेजी नयाँ वर्षमा पोखराका अधिकांश होटल भरिभराउ हुने गरेको बताए। पोखरामा पश्चिमाञ्चल क्षेत्रीय होटल संघमा आवद्ध तीन सय ८० होटल छन्। सबै होटलमा गरी २२ हजार बेड रहेको पश्चिमाञ्चल क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए। दुई वटा पाँच तारे होटलमध्ये फूलवारी बन्द छ। तीन तारे होटल १४ वटा र १ र २ तारे होटल ४० वटा छन्। निम्तो बाँड्दै पोखरेली पर्यटन व्यावसायिको टोली पाल्पा, बुटवल, भैरहवा, चितवन, काठमाडौंसम्म पुगेको थियो। साभार अन्नपुर्ण

चन्द्रपुर उधोग वाणिज्य संघमा जयसवाल - 2016-09-24
रौतहट ९ असोज चन्द्रपुर नगर उधोग वाणिज्य संघको निर्वाचनमा सुनिल जयसवाल बिजयी भएका छन । जयसवालले ४ सय ५७ मत ल्याएका छन भने अर्को उम्मेदवार खड्ग बहादुर बम्जनको ३ सय ३५ मत आएको थियो ।

चन्द्रपुर नगर उधोग वाणिज्य सघको सदस्यहरूको मतगणना सकियो, सुनिल जयसवालको प्यानल विजयी - 2016-09-24
सदस्यहरूको मत गणना सकिएको छ । १२ पदका लागी २४ जना ले उम्मेद्वार दिएका थिए । विजयी भएका हरुको मत परीणाम र नामावली फोटोमा देखाईएको छ । ८२२ मत गनिएको छ । ८० मत बदर भएको छ ।

जहाजमै पड्कियो सामसङ ग्यालेक्सी नोट टु ! - 2016-09-24
नयाँदिल्ली / विश्वचर्चित कोरियन प्रविधि कम्पनी सामसङलाई एकपछि अर्को झट्का लाग्न थालेको छ । ग्यालेक्सी नोट सेभेन पड्केर तनावमा आएको सामसङमाथि अब अर्को तनाव आइलागेको छ । उसको विश्वचर्चित उत्पादन ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएको छ ।

खाना पकाउने ग्यांस सिलिन्डरको विमा एक कारोड - 2016-09-13
काठमाडौं नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने ग्यास सिलिन्डरको बाट हुने क्षेतीका लागी एक करोड रुपैयाँ विमा गर्ने व्यवस्था गरेको छ ।

संकल्प सहकारीको साधारण सभा सम्पन्न - 2016-09-10
रौतहट २५ भदौ संकल्प बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुलाइ बिना धितो उपचारखर्च र मृत्यू भएमा किरीयाखर्च दिने योजना ल्याएको छ । शनिवार चन्द्रनिगाहपुरमा भएको आठौ साधारण सभामा सो सहकारीले बिभिन्न योजनाहरु ल्याएको हो ।

नेपालमा अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलन हुने - 2016-09-09
काठमाडौं २४ भदौ नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको मौरी वैज्ञानिक सम्मेलनको हुने भएको छ । कृषिसम्बन्धी काम गर्ने संस्था ‘हाईलयाण्ड एग्रिकल्चर रिसर्च एण्ड डेभलप्मेन्ट इन्टरप्राइजेज नेपाल’ हार्डन को आयोजनामा आगामी कात्तिक ७ र ८ गते सम्म्ेलन हुन लागेको हो ।

तराई मधेशको हुलाकी राजमार्ग अलपत्र - 2016-09-09
जनकपुर २४ भदौ तराइ मधेशको हुलाकी राजमार्ग (रजैया सडक) बर्षौ देखि अलपत्र अवस्थामा रहेको छ । निमार्ण शुरु भएको बर्षौ बिति सक्दा पनि काम अगाडी बढ्न सकेको छैन । मधेशको बिकाशमा हुलाकी राजमार्गले महत्वपुर्ण भुमिका राख्ने भएपनि निमार्णका लागी बिभिन्न अफ्ठयाराहरु आइरहेका छन ।

शुक्रवार सुनको भाउ दुइ सय घट्यो - 2016-09-09
काठमाण्डौ २४ भदौ शुक्रबार नेपालमा सुन तोलामा दुई सय रुपैयाँ घटेर ५८ हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । सुन चाँदी व्यवसायी महासंघले बिहीबार प्रति तोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ५८ हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ |

आर्थिक विधेयक पास गर्न समितिको निर्देशन - 2016-09-08
काठमाण्डौ २३ भदौ व्यवस्थापिका संसदको अर्थ समितिले विनियोजन विधेयकसँग आश्रित तीन ओटै विधेयक छिटोभन्दा छिटो पारित गर्न निर्देशन दिएको छ । बिहीबार बसेको सो समितिको बैठकले बाँकी आर्थिक विधेयक, ऋण तथा जमानतसम्बन्धी संशोधन विधेयक र राष्ट्र ऋण उठाउनेसम्बन्धी संशोधन विधेयक पारित गर्न सरकारलाइ निर्देशन दिएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT

English News



752451 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top