मनोरञ्जन

सोनम कपुरले उछिनिन् प्रियंका र दीपिकालाई



मनोरञ्जन प्रकाशित मिति:

बलिउडमा कुन कलाकार माथि गए र कुन तल झरे भनेर एउटा मात्रै इण्डिकेटरले काम गर्दैन । कलाकारलाई तल झार्ने र माथि पुर्‍याउने सूचकांक धेरै छन् ।
पछिल्लो समय चर्चामा रहेको स्कोर टे्रडर्स इण्डिया पपुलारिटी चार्टले बलिउडकी ‘स्टाईल आइकन’ भनिने सोनम कपुरलाई बलिउडकी नम्बर वान हिरोइन बनाएको छ ।
गएको हप्ता दिपिका पादुकोण नम्बर वान थिइन् । रानी पद्यावतीको भुमिका निर्वाह गर्दै चर्चामा आएकी दिपिकालाई पछि पार्दै सोनम नम्बर वानमा उक्लिन सफल भएकी हुन् । यो सूचीमा ग्लोबल आइकन प्रियंका चोपडा दोस्रो स्थानमा छिन् ।
स्कोर ट्रेडर्सको आँकडा अनुसार १ देखी ८ फेब्रुअरीको अवधिमा सोनम कपुरले ४४.९७ अंक प्राप्त गरेर तेस्रो स्थानमा थिइन् । ८ देखि १५ फेब्रुअरीमा उनले २३.७३ अंक बढाएर ६८.७० पुर्‍याईन् । गएको हप्ता नम्बर वानमा रहेकी दिपिकाले यो हप्ता ५४.४१ अंक मात्र पाईन् ।साभार अनलाईन खबर
प्रियंकासँग दीपकराजको झ्याम्म–झ्याम्म - 2017-09-17
प्रचारप्रसारका लागि पूर्वको इटहरी पुगेको ‘छक्का पन्जा २’को कलाकार टोलीले दर्शकलाई हँसाउने र नचाउने काम गरे ।

नरेन्द्र मोदीले अनिल कपुरसँग मागे साथ - 2017-09-17
बलिउड अभिनेता अनिल कपुरलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा चिट्ठी लेखेका छन् ।उक्त चिट्ठीमा मोदीले अनिललाई स्वच्छता अभियान र महात्मा गान्धीको प्रसंग उल्लेख गरेका छन् ।

नयाँ कार्यक्रमसहित आइरहेका छन् ‘डा. मशहूर गुलाटी’ ! बन्द हुनेछ कृष्णाको ‘द ड्रामा कम्पनी’ - 2017-09-16
‘द कपिल शर्मा शो’ मा डा. मशहूर गुलाटी र रिंकु भाभीको भूमिका निर्वाह गरेका सुनिल ग्रोवर सोनी टेलिभिजनमा फर्किने तयारीमा छन् । ताजा रिपोर्टका अनुसार चाँडै नै उनको कार्यक्रमले कृष्णा अभिषेकको कार्यक्रम ‘द ड्रामा कम्पनी’ लाई रिप्लेस गर्नेछ ।

सेलेनाले गरिन् ‘मृगौला प्रत्यारोपण’ - 2017-09-16
आफ्नो नयाँ म्यूजिक भिडियो बजारमा सार्वजनिक हुँदा पनि प्रमोशनमा नहिडेपछि विश्व चर्चित गायिका तथा नायिका सेलेना गोमेजको चर्चा मिडियामा भैरहेको थियो ।

सञ्जय र सलमानको दोस्ती–दुस्मनी - 2017-09-11
एक समय अभिनेता सञ्जय दत्त र सलमान खानको मित्रताको निकै चर्चा हुने गर्दथ्यो । उनीहरू जहाँ पनि एक–अर्काको तारिफ गरिरहेका हुन्थे ।

आर्यनसँग फेरि रोमान्टिक मुडमा रेखा - 2017-09-11
नायिका रेखा थापा र नायक आर्यन सिग्देलको जोडी सबैभन्दा बढी सुहाउने चर्चा चलचित्र वृत्तमा लामो समयदेखि चल्दै आएको छ ।

१५ वर्षको उमेरमै चर्चा बटुलेका मेक्सम - 2017-09-10
गायक मेक्सम खाती क्षेत्रीलाई किशोरावस्थामै गायकका रूपमा चर्चा कमाउँछु भन्ने कल्पनासम्म थिएन । तर, ०६८ मा उनको स्वरमा रेकर्ड भएको गीत ‘सानु कहाँ छौ’ हिट भयो । गीतसँगै उनको नाम सांगीतिक क्षेत्रमा परिचित बन्यो । १५ वर्षको उमेरमै मेक्सम धेरैको नजरमा परे । यो उनको दोस्रो गीत थियो ।

‘सुर्के थैली’लाई उछिन्दै ‘कुटुमा कुटु’ बन्यो युटुबमा सर्वाधिक हेरिने गीत - 2017-09-10
अहिले कुनै पनि गीतको लोकप्रियताको मापन युटुबबाट गरिन्छ । युटुबमा गीत हेरिएको आधारमा त्यसको लोकप्रियताको मापन हुन्छ ।अहिले नेपाली चलचित्रका गीतसंगीतले बलिउडदेखि हरेक प्रकारका गीतलाइ उछिनेका छन् । नेपाली गीतले पाएको सफलताले चलचित्रको व्यापारमा पनि ठूलो फरक पार्ने गरेको छ ।

बलिउड नायिका रियाको अपेक्षित गर्भवती हल्ला - 2017-09-09
बलिउड नायिका रिया सेनको आफ्ना बारेमा चलेको प्रेग्नेन्सी हल्लाले आफूलाई अचम्ममा नपारेको बताएकी छन् । ३६ वर्षीया अभिनेत्री सेनले अघिल्लो महिनामात्रै प्रेमी शिभम् तिवारीसँग लगनगाँठो बाँधेकी थिइन् । उनले यस्ता हल्लाको अपेक्षा गरेको पनि बताएकी छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

English News



781215 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top