‘अक्सर २’को बोल्ट सिनका कारण चर्चामा जरीन

मनोरञ्जन

मोरिन्होको युनाइटेड लाम्पार्डको डर्बीसँग स्तब्ध



मनोरञ्जन प्रकाशित मिति:

एजेन्सी :
च्याम्पियन्सीप टोली डर्बी काउन्टीले म्यान्चेस्टर युनाइटेडलाई नाटकीय पेनाल्टी सुटआउटमा ८–७ गोलअन्तरले पराजित गर्दै कारबाओ कपको चौँथो चरणमा प्रवेश गर्न सफल भएको छ ।

१५ वटा सफल पेनाल्टी सुटआउटपछि डर्बीका गोलकिपर स्टक कार्सनले फिल जोन्सको प्रहारलाई रोक्दै फ्रांक लाम्पार्डको टोलीलाई ऐतिहासिक जीत दिलाए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा हुवान माटाको गोलको मद्दतले युनाइटेडले अग्रता लियो । तर, दोस्रो हाफमा ह्यारी विल्सनले फ्रिकिकबाट गोल गर्दै खेल बराबरी गरे ।

यो सिजन पहिलो खेल खेलिरहेका युनाइटेडका गोलकिपर सर्जियो रोमेरोले रातो कार्ड खाएपछि युनाइटेड १० खेलाडीमा सिमित बनेको थियो ।

खेलको ८५ औँ मिनेटमा ज्याक म्यारियोटले डर्बीलाई खेलमा अग्रता दिलाए । यद्यपि, इन्जुरी समयको ९५ औँ मिनटेमा मारुएन फेलानीले गोल गर्दै युनाइटेडलाई बराबरी गरे ।

तर, पेनाल्टीमा सुटआउटमा युनाइटेड पछि पर्न पुग्यो । युनाइटेडले सबै प्रतियोगितामा पछिल्ला पाँच पेनाल्टी सुटआउटमा पराजित भएको छ । यता, म्यान्चेस्टर सिटीले भने अक्सफोर्ड युनाइटेडमाथि ३–० को जीत हासिल गर्यो ।

सिटीको सिजनमा ग्याब्रियल जिसस, रियाद महारेज र फिल फोडेनले गोल गरे ।nत्यस्तै, लेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई पेनाल्टीमा ३–१ ले हरायो । क्रिस्टल प्यालेसले वेस्ट ब्रोमिचलाई ३–० ले हराउँदा फुलहामले मिलवाललाई ३–१ ले पराजित गर्यो ।
 
के साहरुख गर्दैछन् ‘धुम ४’ ? - 2018-09-04
बलिउड सुपरस्टार शाहरुख खान आफ्ना प्रतिस्पर्धिहरु सलमान खान, आमिर खान र अक्षयकुमारसँगको प्रतिस्पर्धामा पछि पर्दै गएका छन् । उनलाई एउटा धमाकेदार फिल्मको खाँचो छ ।

विद्यार्थीसँगै असन चोकमा नाचे पूजा र आकाश - 2018-08-26
भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को यूनिटले प्रचारमा नयाँ नयाँ शैली अपनाएको छ । केही दिन अगाडि सिग्नेचर प्रतिस्पर्धा आयोजना गरेको यूनिटले शनिबार काठमाण्डौको सर्वाधिक व्यस्त स्थान असन चोकमा करिब २ सय विद्यार्थीसँगै सामुहिक नृत्य कार्यक्रम आयोजना गरेको छ ।

सन्नी लियोनीले खेल्ने भइन् नेपाली फिल्मः आइटम डान्ससमेत गर्ने - 2018-08-23
काठमाडौं : बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली चलचित्र खेल्ने भएकी छन् ।

भन्सालीको नयाँ फिल्ममा सलमान र दीपिकाको जोडी - 2018-08-18
बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

‘रोजी’मा ४ अवतारमा प्रदिप - 2018-08-15
भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोजी’मा नायक प्रदिप खड्काको ४ चरित्र रहेको निर्माणपक्षले जानकारी दिएको छ । सार्वजनिक ४ फरक चरित्रले प्रदिपको अभिनयमा विविधतालाई झल्काएको छ । सार्वजनिक भएका प्रदिपका ४ फरक मुडमा उनको मनस्थिती र मनोदशालाई देखाइएको छ ।

भदौ २२ मा ‘रामकहानी’ आउने - 2018-08-12
गीत संगीत र ट्रेलरले दर्शकमा राम्रो हाइप बनाएको चलचित्र ‘रामकहानी’ले पोष्टर सार्वजनिक गरेको छ । भदौ २२ बाट प्रदर्शनमा आउने चलचित्रले प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारका लागि तयार गरेको पोष्टर सार्वजनिक गरेको हो ।

शाहरुखकी छोरी करणले पाउलान् कि भन्सालीले ? - 2018-08-10
बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना हालै चर्चित म्यागजिन ‘भोग इन्डिया’को कभर गर्ल बनिन् । यसलगत्तै उनले फिल्ममा डेब्यू कहिले गर्छिन् भन्ने चर्चा परिचर्चा सुरु भएको छ ।

बिहेपछि पनि फिल्म खेल्न छोड्दिनः आलिया भट्ट - 2018-08-07
बलिउड हिरोइनहरु प्राय ३० वर्ष काटेपछि मात्रै बिहे गर्छन् । चाँडै बिहे गर्दा करिअर डामाडोल हुने उनीहरुको बुझाई छ ।

सारेगमपको अडिसन नेपालमा पनि हुने - 2018-08-05
भारतको सिङ्गिङ रियालिटी शो सारेगमपको अडिशन पहिलो पटक नेपालमा पनि हुने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 NEXT

English News



1717216 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top