मनोरञ्जन

सोनम कपुरले उछिनिन् प्रियंका र दीपिकालाई



मनोरञ्जन प्रकाशित मिति:

बलिउडमा कुन कलाकार माथि गए र कुन तल झरे भनेर एउटा मात्रै इण्डिकेटरले काम गर्दैन । कलाकारलाई तल झार्ने र माथि पुर्‍याउने सूचकांक धेरै छन् ।
पछिल्लो समय चर्चामा रहेको स्कोर टे्रडर्स इण्डिया पपुलारिटी चार्टले बलिउडकी ‘स्टाईल आइकन’ भनिने सोनम कपुरलाई बलिउडकी नम्बर वान हिरोइन बनाएको छ ।
गएको हप्ता दिपिका पादुकोण नम्बर वान थिइन् । रानी पद्यावतीको भुमिका निर्वाह गर्दै चर्चामा आएकी दिपिकालाई पछि पार्दै सोनम नम्बर वानमा उक्लिन सफल भएकी हुन् । यो सूचीमा ग्लोबल आइकन प्रियंका चोपडा दोस्रो स्थानमा छिन् ।
स्कोर ट्रेडर्सको आँकडा अनुसार १ देखी ८ फेब्रुअरीको अवधिमा सोनम कपुरले ४४.९७ अंक प्राप्त गरेर तेस्रो स्थानमा थिइन् । ८ देखि १५ फेब्रुअरीमा उनले २३.७३ अंक बढाएर ६८.७० पुर्‍याईन् । गएको हप्ता नम्बर वानमा रहेकी दिपिकाले यो हप्ता ५४.४१ अंक मात्र पाईन् ।साभार अनलाईन खबर
अक्षयसँग मानीको रोमान्स - 2017-12-13
बलिउड अभिनेता अक्षयकुमारले चलचित्र ‘गोल्ड’ मा टेलिस्टार मौनी रायसँग रोमान्स गरेका छन् ।

कस्तो छ शाहरुखको नयाँ टेलिभिजन शो ? - 2017-12-12
भारतको चर्चित टीभी च्यानल ‘स्टार प्लस’बाट डिसेम्बर १० देखि नयाँ शो सुरु भएको छ, ‘टेड टक्स इण्डियाः नई सोच’ ।

यसरि बैबाहिक बन्धनमा बाँधिए अनुष्का र विराट - 2017-12-12
क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्मा वैबाहिक जीवनमा प्रवेश गरेका छन् । इटालीको टस्कनीमा उनीहरुको विवाह सम्पन्न भएको छ ।

लगनगाँठो कस्दै अनुष्का - 2017-12-10
नायिका अनुष्का शर्मा र क्रिकेट खेलाडी विराट कोहलीबीच विवाह हुने खबर पछिल्लो सातादेखि निकै चर्चामा छ। समाचारअनुसार अनुष्का विवाहकै लागि भनेर सपरिवार इटाली रवाना भएकी छिन्।

ऋचाको खुलासा-‘महिलाको कथामा फिल्म बनाउने निर्देशक नै खराब’ - 2017-12-10
हलिउडमा जस्तै बलिउडमा पनि नायिकाहरुले आफू माथि यौन शोषण भएको खुलासा गर्न थालेका छन् । तर, रोजीरोटीको चिन्ताको कारण ती नायिकाहरु आफूलाई यौन शोषण गर्ने ब्यक्तिको वारेमा भने बिस्तृत खुलाउन चाहदैनन् ।

काठमाण्डौको चिसोमा मोनालीको ‘टच मी टच मी’ - 2017-12-10
काठमाण्डौको दरबारमार्ग नजिकै रहेको डेजा भू क्लबमा शनिबार अन्य दिनभन्दा बढी चहलपहल भयो । यसको मुख्यकारण थियो, बलिउडकी चर्चित पाश्र्व गायिका मोनाली ठाकुरको कन्सर्ट ।

रजनीकान्तको अगाडि मलाई सुपरस्टार नभन्नुहोस्ः अक्षय कुमार - 2017-12-08
बलिउडका चर्चित नायक अक्षय कुमार र साउथका सुपरस्टार रजनीकान्त एउटै चलचित्रमा देखिदैछन् । यी दुइले अभिनय गरेको चलचित्र ‘२।०’ अप्रिल महिनाबाट रिलिजमा आउनेछ ।

‘चालबाज’ को रिमेकमा श्रीदेवी बन्द आलिया - 2017-12-08
२८ वर्षपहिले रिलिज भएको श्रीदेवी, रजनीकान्त र सनी देओल स्टारर निर्देशक पंकज परासरको सुपरहिट फिल्म ‘चालबाज’ को रिमेक डेबिड धवनले गर्दै छन् ।

भिडन्त भएपनि सन्नीले दिइन् कपिललाई शुभकामना - 2017-11-29
डिसेम्बर १ तारिखमा रिलिज हुने भनिएको चलचित्र ‘पद्यमावती’को प्रदर्शन मिति अनिश्चित बनेपछि केहि चलचित्रले सो मितिमा आफ्नो चलचित्रको डेट सारेका छन् । सोहीकारणले केहि चलचित्रको भिडन्त डिसेम्बर १ तारिखमा हुने भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

English News



781205 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top