मनोरञ्जन

ज्याकलिनको पोलमा यस्तो हर्कत



मनोरञ्जन प्रकाशित मिति:

चर्चाका लागि अजिव अजिवका हर्कत गर्ने बलिउड अभिनेत्री मध्य ज्याकलीन फर्नाडिज पनि एक हुन् । उनले हालै एक तस्बिर इस्टाग्राम एकाउन्टमा पोष्ट गरेकी छन् । जुन तस्बिर अहिले चर्चाको बिषय बनेको छ ।

सार्वजनिक तस्बिरमा उनी पोलमा योगको मुन्द्रमा देखिएकी छन् । तस्बिरका साथमा उनले योगिनीका तमासा भनेर समेत पोष्ट गरेकी छन् ।

सबैलाई थाहाहै हुनुपर्छ ज्याकलीन यस अगाडी पनि पोलको कारणले चर्चामा छाएकी थिइन् । उनले अहिले भने केही नयाँ भिडियो समेत पोष्ट गरेकी छन् । भिडियोमा पोल डान्स सिक्दै गरेको देख्न सकिन्छ । डान्सको अलवा पोलमा उनी योग गर्न समेत माहिर रहेको भिडियोले देखाउँछ । 

ज्याकलीन अहिले चलचित्र ‘रेस –३’को सुटिङमा ब्यस्त छिन् । यो चलचित्र फ्रेन्चाइको तेस्रो सिक्वेल हुनेछ । चलचित्रमा उनको अलवा सलमान समेत रहनेछन् ।  साभार : रातोपाटी

मिस नेपालको उपाधी निकिता लाइ - 2017-06-03
सन २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ की २० बर्षिया नीकिता चन्दकले हात पारेकी छिन । काठमाण्डौमा भएको यो बर्षको ‘मिस नेपाल’मा उनले अन्य १८ जना प्रतिस्पर्धी लाइ जितेर उपाधी हात पारेकी हुन । उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन ।

अनुषा राई बनिन् 'मिस एसईई आइडल २०१७ 'को बिजेता - 2017-05-21
ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन मिस एस ई ई आइडल २०१७ चौथो संस्करण प्रतियोगिताको उपाधी अनुषा राईले हात परेकी छिन । शुक्रबार साँझ राजधानीमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन l

‘मलाई कन्ट्रोभर्सिमा आएर हैन काम गरेर पब्लिकमा चिनिनु छ’, बर्षा - 2017-03-23
म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री बर्ष शिवाकोटीले ५ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन्। ‘नाइँ नभन्नु ल २’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी बर्षाले त्यसपछि ‘पशुपति प्रसाद’, ‘सुब्बा साब’, ‘लप्पन छप्पन’ र ‘कारखान’ मा अभिनय गरिसकेकी छिन्। ‘लप्पन छप्पन’ चैत्र ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ भने कारखाना जेठ महिनामा रिलिज हुने तयारीमा रहेको छ।

हांस्य कलाकारहरुले चन्द्रनिगाहपुरमा र्दशक हसाए - 2017-01-12
कलमपाटी २८ पुस / होटल व्यवसायी संघ रौतहटको सयोजनमा रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय स्तरका हास्य कलाकारहरुले दर्शकलाइ हसाएका छन ।

हास्य कलाकारहरु चन्द्रनिगाहपुर आउने - 2017-01-11
कलमपाटी २७ पुस/ होटल व्यवसायी संघ रौतहटको सयोजनमा रौतहटको चन्द्रनिगाहपुरमा राष्ट्रिय स्तरका हास्य कलाकारहरुले कार्यक्रम गर्ने भएका छन ।चन्द्रनिगाहपुर स्थित जनज्योती उमाविमा बिहिवार हांस्य कलाकार मनोज गजुरेल,जीतु नेपाल, मुला साग, जोगेन्द्रर लगाएत दर्जनौ हास्य कलाकारहरुको प्रस्तुती रहने होटल व्यवसायी संघ रौतहटका अध्यक्ष उदय सापकोटाले जानकारी दिएका छन ।

गायक राईको जिन्सवाली भोजपुरी गित सार्वजनिक - 2017-01-10
मनोज साह पहिलो पटक दनुवार भाषाको गीत गाएर चर्चामा आउन सफल गायक सुर्य कमल राईको भोजपुरी भाषाको संदेशमुलक म्युजिक भिडियो सार्वजनिक भएको छ । दाईजो प्रथाको समस्यालाइ समेटेर युवा गायक सुर्य राई (कमल)ले (जिन्स वाली भोजपुरी) गीत भिडियो सार्वजनिक गरेका छन । म्युजिक नेपाल प्रालि.द्धारा सार्वजनिक गरेको भिडियोमा दिनेश जंग खड्का र आयुसा श्रेष्ठको अभिनय सानदार अभिनय रहेको छ भने शब्द सञ्चारकर्मी मुकेश कुमार साह र स्वर संगित स्वयम गायक राईकै रहेको छ । रौतहटको ग्रामिण भेग लक्ष्मीपुर गाबिस वार्ड नं. ८ हरीहरपुरमा जन्मिएका गायक राई कमल विगत १० बर्ष देखी नेपाली संगितमा आफ्नो योगदान दिदै आइरहेका छन ।

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम श्रद्धाञ्जाली - 2017-01-04
काठमाण्डौ २० पुस रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई श्रद्धाञ्जाली दिन विभिन्न राजनितिक दलका नेताहरुको समेत घुईचो लागेको छ । नेकपा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुगेका छन् ।

शेलिसालाइ मिस गौर उपाधी - 2017-01-03
कलमपाटी १९ पुस रोयल इन्टरटेनमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट वीरगञ्जद्वारा आयोजित मिस्टर एण्ड मिस गौर प्रतियोगिताको उपाधी सौरभ झा र शेलिसा श्रेष्ठले पाएका छन ।

राईको म्युजिक भिडियोमा चर्चित कलाकारहरुको अभिनय - 2016-12-21
काठमाण्डौ ५ पुस/ गायक आलोक चाम्लिङ राईले नेपालका महानायक राजेश हमाल देखि लिएर दर्जनौ चर्चित वरिष्ठ कलाकारहरुलाई जय जय नेपाल बोलको गीतमा एक साथ जुटाएका छन । उन्को सार्वजनिक हुन लागेको राष्ट्र देश भक्ति जय जय नेपाल बोलको गीतमा ती वरिष्ठ कलाकारहरुले अभिनय गर्ने भएका हुन । गितको धमाधम शूटिङ भैई रहेको छ । जसमा आलोक चाम्लिङ राईको आउनै लागेको हे नेपाल आमा राष्ट्र समर्पित एल्बममा समाबेश हुने र आफ्नै लगानीमा निमार्ण भैरहेको यस गीतमा शब्द आलोक चाम्लिङकै रहेको छ भने उक्त गीतका लागि अहिलेका चर्चित युवा गायक सि.डि विजयले संगीत दिएका छन । भने स्वर सि.डि विजय मनिशा राईको रहेको छ । गीतको लागि निर्देशन सशान कडेलको गरेका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



645704 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top