मनोरञ्जन

सोनम कपुरले उछिनिन् प्रियंका र दीपिकालाई



मनोरञ्जन प्रकाशित मिति:

बलिउडमा कुन कलाकार माथि गए र कुन तल झरे भनेर एउटा मात्रै इण्डिकेटरले काम गर्दैन । कलाकारलाई तल झार्ने र माथि पुर्‍याउने सूचकांक धेरै छन् ।
पछिल्लो समय चर्चामा रहेको स्कोर टे्रडर्स इण्डिया पपुलारिटी चार्टले बलिउडकी ‘स्टाईल आइकन’ भनिने सोनम कपुरलाई बलिउडकी नम्बर वान हिरोइन बनाएको छ ।
गएको हप्ता दिपिका पादुकोण नम्बर वान थिइन् । रानी पद्यावतीको भुमिका निर्वाह गर्दै चर्चामा आएकी दिपिकालाई पछि पार्दै सोनम नम्बर वानमा उक्लिन सफल भएकी हुन् । यो सूचीमा ग्लोबल आइकन प्रियंका चोपडा दोस्रो स्थानमा छिन् ।
स्कोर ट्रेडर्सको आँकडा अनुसार १ देखी ८ फेब्रुअरीको अवधिमा सोनम कपुरले ४४.९७ अंक प्राप्त गरेर तेस्रो स्थानमा थिइन् । ८ देखि १५ फेब्रुअरीमा उनले २३.७३ अंक बढाएर ६८.७० पुर्‍याईन् । गएको हप्ता नम्बर वानमा रहेकी दिपिकाले यो हप्ता ५४.४१ अंक मात्र पाईन् ।साभार अनलाईन खबर
रविना र प्रियंकाको यस्तो सेल्फी - 2017-09-04
नायिका प्रियंका कार्की अहिले चलचित्रको भन्दा प्रेमको रंगले बढी रंगिएकी छिन् । नायक आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण प्रियंका कार्की चर्चित छिन् । आयुष्मान र प्रियंका प्राय एकसाथ हुन्छन् ।

आमिरकी श्रीमती बन्दै प्रियंका - 2017-09-04
हलिउडमा समेत प्रभाव जमाउन सफल बलिउड नायिका प्रियंका चोपडा अब आमिरको खानकी श्रीमतिको भुमिकामा देखिने भएकी छिन् ।

पत्नीसँग डिभोर्सपछि कंगनालाइ बिहे गर्ने वाचा गरेका थिए ऋतिकले - 2017-09-03
बलिउड नायिका कंगना रनौट फेरि एकपटक चर्चामा आएकी छिन् । केही महिना अघि मात्रै भाइ-भतिजाका सन्दर्भमा टिप्पणी गरेकी कंगनाले आफु ऋतिक रोशनको श्रीमति हुन चाहेको उल्लेख गरेकी छिन् ।

रिलिज अगावै ‘कुटुमा कुटु’लाइ २ करोड दर्शक - 2017-09-03
पछिल्लो २ बर्षयता नेपाली चलचित्रका गीतले एकलौटी रुपमा बजारमा कब्जा जमाएका छन् । नेपाली चलचित्रका गीत अहिले युटुबमा १ करोड भन्दा बढी पटक हेरिनु सामान्य भैसकेको छ । नेपाली चलचित्रका गीतले चाडपर्वदेखि आम जनताका मोबाइलमा कब्जा जमाएका छन् ।

अफ एयर भयो कपिलको कार्यक्रम, उता अस्पताल भर्ना भए डा. गुलाटी - 2017-09-02
एकतर्फ कपिल शर्माको शो बन्द हुने खबर फैलिरहेका बेला अर्कोतर्फ द कपिल शर्मा शोमा डाक्टर मशहुर गुलाटी र रिंकू भावीको भूमिका निभाउने सुनिल ग्रोवर अस्पताल भर्ना गरिएको खबर सार्वजनिक भएको छ ।

सन्नी लियोनीको आइटम डान्सलाई सञ्जय दत्तले भने ‘अश्लिल’ - 2017-09-02
जेलबाट निस्केपछि फिल्म ‘भूमि’ मार्फत सञ्जय दत्तले कमब्याक गर्दैछन् । यस फिल्ममा समावेश सन्नी लियोनीको आइटम गीत ‘ट्रिपी ट्रिपी’ चर्चामा छ ।

कपिलको स्वास्थ्य विग्रिएपछि बन्द हुँदै कमेडी शो - 2017-09-02
केही दिन अगाडि मात्र नायक अजय देवगण आफू अभिनित चलचित्र ‘बादशाहो’को प्रमोशनका लागि चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा पुगे । तर, यसका संचालक कमेडियन कपिल शर्माको स्वास्थ्य अवस्थाका कारण शो सुटिङ नै हुन सकेन । अजय त्यसै फर्किए ।

१० वर्ष कान्छो हिरोसँग ऐश्वर्याले रोमान्स गर्ने - 2017-09-01
बलिउड अभिनेत्री ऐश्वर्या रायले आफूभन्दा १० वर्ष कान्छा युवकसँग अन स्किन रोमान्स गर्ने भएकी छिन् । प्रसंग उनको आगामी फिल्म ‘फन्ने खाँ’ को हो ।

‘२ रुपैयाँ’मा लाउरे र एड्रेको यस्तो र्‍याप - 2017-09-01
भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश एक र्‍याप गीत सार्वजनिक भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

English News



781219 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top