आतंकवादीसँग सलमानको लडाई, यस्तो छ ‘टाइगर जिन्दा हे’

मनोरञ्जन

फ्राइडे रिलिज : एक्लै आयो ‘साली कसको भेनाको’



मनोरञ्जन प्रकाशित मिति:

फ्राईडे रिलिज अन्तर्गत यो साता अर्थात आज शुक्रबारबाट एकमात्र चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हो –‘साली कसको भेनाको’ । यो चलचित्र देशभरबाट एकसाथ प्रदर्शनमा आएका हो ।

यद्यपि, देशभरका चलचित्र भवन ‘साली कसको भेनाको’ले मात्र पाउँने छैन ।

गत साता प्रदर्शनमा आएका दुई चलचित्रले पनि ‘रोज’ र ‘रामकहानी’ले पनि केही स्टेशनमा निरन्तरता पाएका छन् । यी दुवै चलचित्रले राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको यी चलचित्रका निर्माता निर्देशकको भनाई रहेको छ ।

भद्र भुजेलको निर्देशन रहेको चलचित्र ‘साली कसको भेनाको’ केही दिन पहिले राजधानीमा प्रिमियर गरिएको थियो ।

सिनेकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र रमाइलो बनेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कलाकार हरिहर शर्माले समसामयिक विषयमा हाँस्यप्रधान चलचित्र बनेको बताए ।

विल्सन विक्रम राई, मरिस्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, देव सागर, पुष्प आचार्य लगायतको अभिनय रहेको चलचित्रले मगर समुदायमा प्रचलित साली भेनाको सम्बन्धको कथा देखाउन खोजेको छ ।

दीर्घ गुरुङको छायाँकन, बनिश शाहको सम्पादन, वसन्त श्रेष्ठ र गम्भीर विष्टको नृत्य निर्देशन यो चलचित्रमा रहेको छ ।

यो चलचित्रलाई प्रसाद श्रेष्ठसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्योर, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले निर्माण गरेका हुन् । आफ्नो चलचित्र दर्शकको रोजाइमा पर्ने निर्देशक भुजेलले बताए । साभार रातोपाटी
१०० प्रभावशाली महिलाको सूचीमा अभिनेत्री प्रियंका - 2017-11-02
नयाँ दिल्ली : विश्वका १०० प्रभावशाली महिलाको सूचीमा अभिनेत्री प्रियंका चोपडा पनि परेकी छन् । चर्चित म्यागजिन फोब्र्सले उनलाई मनोरन्जन र मिडिया दुनियाको सबैभन्दा प्राभावशाली महिलाको सूची भित्र १५ औं स्थानमा राखेको हो ।

५२ बर्षमा साहरुख, जान्नुहोस् उनको जीवनका २० किस्सा - 2017-11-02
बलिउडका बादशाह शाहरुख खान अहिले बलिउडका ‘एक्लो घोडा’ जस्ता छन् । हरेक उमेरका ब्यक्तिले उनलाई उस्तै प्रेम गर्छन् । २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा जन्मिएका साहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् ।

सन्नी लियोनी किन सँधै श्रीमानलाई साथ लिएर हिँड्छिन् ? - 2017-11-01
पोर्न इन्डष्ट्रीबाट बलिउडमा इन्ट्री गरेकी सन्नी लियोनी बिस्तारै-बिस्तारै सफलतातर्फ अघि बढिरहेकी छिन् । शाहरुख खानको फिल्म ‘रइस’ मा आइटम डान्स गरेकी उनलाई चाँडै नै सलमान खानको आगामी फिल्ममा हेर्न पाइने भएको छ ।

अडिसन स्टुडियोमा देखिइन् शाहरुखकी छोरी, के फिल्ममा आउने तयारी हो ? - 2017-11-01
भारतीय मिडियाहरुमा अहिले शाहरुख खानकी हुर्केकी छोरी सुहानाको खुबै चर्चा छ । उनका हरेक गतिविधिहरुलाई मिडियाले पछ्याइरहेका छन् ।

अब करियरका लागि केही गर्नुपर्छ : शाहरुख खान - 2017-10-31
शाहरुख खान र करण जोहर फेरि एकसाथ आउँदैछन् । दुवैले मिलेर इत्तेफाक रिमेक निर्माण गरिरहेका छन् ।

जिन्सको यस्तो फेसनप्रति विपाशाको आपत्ती - 2017-10-31
बलिउडमा विपाशा वासुलाई फेसनमा ध्यान दिने नायिकाको रुपमा चिनिन्छ । विपाशा बलिउडमा अहिले खासै सफल छैनन् ।

पूर्व पत्नीको जन्मदिनमा ऋतिक - 2017-10-27
नायक ऋतिक रोशन र सुजैनको डिभोर्स भएको केही समय भयो । डिभोर्सपछि यी दुइको सम्बन्ध कस्तो रहला भन्ने कौतुहलता धेरैमा थियो ।

ऋतिकले फिल्म छाड्दा साहिदलाई फाइदा - 2017-10-27
नायक ऋतिक रोशनले एक चलचित्रमा काम गर्न नभ्याउँदा त्यसको फाइदा अर्का नायक साहिद कपुरलाई हुने देखिएको छ ।

हिन्दी फिल्म खेल्न प्रभासले करणसँग २० करोड मागे - 2017-10-27
साउथ चलचित्र ‘बाहुवली र बाहुवली २’ले बक्स अफिसमा धमका नै मच्चायो । यो चलचित्र हिट भएपछि साउथ सुपरस्टार प्रभासको क्रेज बलिउडमा पनि चुलिएको छ । उनलाई लिएर बलिउड मेकरहरु चलचित्र बनाउन लालयित हुन्छन् भन्ने अड्कल पनि धेरैले लगाए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1702959 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top