आतंकवादीसँग सलमानको लडाई, यस्तो छ ‘टाइगर जिन्दा हे’

मनोरञ्जन

फ्राइडे रिलिज : एक्लै आयो ‘साली कसको भेनाको’



मनोरञ्जन प्रकाशित मिति:

फ्राईडे रिलिज अन्तर्गत यो साता अर्थात आज शुक्रबारबाट एकमात्र चलचित्र प्रदर्शनमा आएको छ । चलचित्र हो –‘साली कसको भेनाको’ । यो चलचित्र देशभरबाट एकसाथ प्रदर्शनमा आएका हो ।

यद्यपि, देशभरका चलचित्र भवन ‘साली कसको भेनाको’ले मात्र पाउँने छैन ।

गत साता प्रदर्शनमा आएका दुई चलचित्रले पनि ‘रोज’ र ‘रामकहानी’ले पनि केही स्टेशनमा निरन्तरता पाएका छन् । यी दुवै चलचित्रले राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको यी चलचित्रका निर्माता निर्देशकको भनाई रहेको छ ।

भद्र भुजेलको निर्देशन रहेको चलचित्र ‘साली कसको भेनाको’ केही दिन पहिले राजधानीमा प्रिमियर गरिएको थियो ।

सिनेकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र रमाइलो बनेको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कलाकार हरिहर शर्माले समसामयिक विषयमा हाँस्यप्रधान चलचित्र बनेको बताए ।

विल्सन विक्रम राई, मरिस्का पोखरेल, रजनी गुरुङ, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, वीरेन श्रेष्ठ, देव सागर, पुष्प आचार्य लगायतको अभिनय रहेको चलचित्रले मगर समुदायमा प्रचलित साली भेनाको सम्बन्धको कथा देखाउन खोजेको छ ।

दीर्घ गुरुङको छायाँकन, बनिश शाहको सम्पादन, वसन्त श्रेष्ठ र गम्भीर विष्टको नृत्य निर्देशन यो चलचित्रमा रहेको छ ।

यो चलचित्रलाई प्रसाद श्रेष्ठसँगै रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्योर, काजीमान श्रेष्ठ, कमला भट्टराई र मुक्ति अधिकारीले निर्माण गरेका हुन् । आफ्नो चलचित्र दर्शकको रोजाइमा पर्ने निर्देशक भुजेलले बताए । साभार रातोपाटी
अनमोलकी हिरोइनको भारतमा पनि चर्चा : भन्छन्, ‘सन्नी लियोनीलाई पछि पार्दैछिन्’ - 2017-11-07
अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गर्न लागेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’को छायाँकन अझै सकिएको छैन । तर उनको चर्चा भने भारतीय मिडियामा समेत हुन थालेका छन् ।

आत्महत्या गर्न चाहन्थिन् इलियाना - 2017-11-07
मुम्बाई : बलिउड अभिनेत्री इलियाना डिक्रुज कुनै समय डिप्रेशनबाट पीडित थिइन् । यही कारण उनले एक पटक आत्महत्या गर्ने पनि सोचेकी थिइन् । त्यतिबेला उनी डिस्मर्फिक डिसअर्डरको शिकार थिइन् ।

‘अक्सर २’को बोल्ट सिनका कारण चर्चामा जरीन - 2017-11-07
अभिनेत्री जरीन खान अभिनित आउँदो चलचित्र ‘अक्सर २’को पहिलो ट्रेलर केही पहिले सार्वजनिक भएको थियो । बोल्ट अन्दाजका कारणले चिनिएकी खानको यो चलचित्रमा पनि धेरै बोल्ट सिन रहेको चर्चा छ ।

आतंकवादीसँग सलमानको लडाई, यस्तो छ ‘टाइगर जिन्दा हे’ - 2017-11-07
यो बर्षको इदमा रिलिज भएको चलचित्र ‘ट्यूबलाइट’ बक्स अफिसमा असफल भएका कारण पनि बलिउड नायक सलमान खानलाई ठूलो चुनौती छ । यसैले, उनी फेरि आफ्नो एक्सन अवतारमा फर्किएका छन् ।

‘गोलमाल’ले चम्कायो परिणितीको भाग्य, अब अक्षयसँग देखिदै - 2017-11-05
‘लेडिस भर्सेस रिक्की बहल’बाट बलिउडमा डेब्यू गरेकी नायिका परिणती चोपडाले करिअरमा सफल चलचित्र खोजेको लामै समय भएको थियो । तर, उनका लागि चलचित्र ‘गोलमाल एगेन’ लक्की साबित भैदियो ।

यू-१९ क्रिकेट : नेपालले बंगलादेशलाई ६ विकेटले हरायो - 2017-11-05
नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली बंगलादेशविरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाल ६ विकेटले विजयी भएको छ।

‘सेन्ट छरिएको लभ लेटर पनि आयो’ - 2017-11-05
दक्षिण कोरियाको सोल शहरमा हाले आयोजित अन्तर्राष्ट्रिय मोडलिङ अवार्ड ‘ब्राइडल अवार्ड २०१७’ मा चौथो स्थान हासिल गर्ने नेपाली चेली हुन् सिम्रन खड्का । यो अवार्डमा उनले १९ देशका प्रतियोगी मोडललाई पछि पार्दै चौथो स्थानमा आएकी हुन् ।

विज्ञापन खेल्न सन्नीले भन्दा दोब्बर मागिन् इशाले - 2017-11-03
इशा देवल बलिउडमा खासै नाम चलेकी अभिनेत्री होइनन् । उनको अभिनयमा पनि कुनै दम छैन ।

चर्चामै सीमित कलाकारको उम्मेदवारी - 2017-11-03
‘नीतिनिर्माण तहमा कलाकारहरू पुग्न नसकेका कारण नै नेपाली कलाकारिता क्षेत्र पछि परेको हो, यस क्षेत्रको विकासले गति लिन नसकेको होु, कलाकारले राजनीति गर्नु हुन्छ कि हुँदैन भन्ने बहसमा अग्रज कलाकार नीर शाहको धारणा हो यो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT

English News



1683945 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top