अभ्यास खेलमा नेपाली किशोर टिमको दोस्रो हार

खेलकुद

फाइनल खेलमा रौतहट बिजयी



खेलकुद प्रकाशित मिति:

चन्द्रपुर ३ साउन//
रौतहटमा भएको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहिवार भएको फाइनल खेलमा रौतहट बिजयी भएको छ ।

कैलाली लाइ १ गोलले पछि पार्दै रौतहट बिजयी भएको हो । रौतहटकी जर्सी नम्वर १० की लक्ष्मि घिसिङ्गले पहिलो हाफमा नै गोल गरेकी हुन ।

फाइनलमा पुगेको रौतहटले बारा, कन्चनपुर र कास्किलाइ हाएको थियो भने कैलालीले झापा र मोरङ्गलाइ हराउदै फाइनलमा पुगेको थियो ।

फाइनल खेलको उत्कृष्ठ खेलाडी रौतहटकी मनिषा राउत र प्रतियोगिता कै उत्कृष्ठ खेलाडी रौतहटकै अस्मिता बैध घोषित भएकी छिन । उनीहरु लाइ जहनी पाच हजार पुरस्कार प्रदान गरीएको छ ।

बिजेता तथा उपबिजेता टिम लाइ एन्फाका उपाध्यक्ष बिर बहादुर खड्का तथा रौतहटका सिडिओ गोबिन्द प्रसाद रिजालले पुरस्कार तथा शिल्ड बितरण गरेका छन ।

फुटवल समापन कार्यक्रममा चन्द्रपुरका मेयर रामचन्द्र चौधरी , उपमेयर रामरती चौधरी, लगाएत ४,६का वडा अध्यक्षहरु बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

रौतहटको चन्द्रपुर नगरपालीका ६ स्थित स्व.शेरबहादुर दर्लामी खेल मैदानमा  असार २७ गते बाट शुरु भएको राष्टिय महिला फुटवल खेल अखिल नेपाल फुटबल संघको आयोजना तथा रौतहट फुटबल संघको ब्यवस्थापनमा संचालन भएको रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामीले बताएका छन ।

उक्त प्रतियोगितामा रौतहट, बारा, पाचथर, कास्की, सुनसरी, ईलाम, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलालीका महिला फुटवल टिम सहभागी भएको रौतहट फुटबल संघका महासचिव मधुसुधन धितालले जानकारी दिएका छन ।

 फोटो ः फाइनल खेलमा प्रतिस्पर्धा गर्दै (रातो) रौतहट र (सेतो) कैलाली का खेलाडीहरु ।   


रोनाल्डोले हारबाट जोगाए रियल मड्रिडलाई - 2018-04-19
काठमाडौं: स्पेनिस ला लिगामा रोनाल्डोले गरेको उत्कृष्ट गोलबाट रियल मड्रिड हारबाट जोगिएको छ । बुधबार राति भएको खेलमा रोनाल्डोले ८७ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियल मड्रिडले बिलबाओसँग १(१ गोलको बराबरी गर्न सफल भयो ।

मुलरको ह्याट्रिकसँगै लिभरकुसनमाथि बार्यनको आधा दर्जन गोल - 2018-04-18
काठमाडौं : थोमस मुलरको ह्याट्रिकको मदतमा बार्यन म्युनिखले लिभरकुसनमाथि आधा दर्जन गोल गरेको छ र जर्मन कपको फाइनलमा स्थान बनाएको छ ।

सिटीमाथि ट्रान्सफर प्रतिबन्धको खतरा - 2018-04-17
म्यान्चेस्टर सिटीले आगामी दुई ट्रान्सफर विन्डोमा कुनै पनि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्ध लाग्ने खतरा रहेको छ । यसले पेप ग्वार्डिओलालाई आफ्नो उपाधि विजेता टोलीलाई थप मजबुत बनाउनबाट रोक्ने छ ।

आईपीएलमा दिल्लीमाथि कोलकाताको सानदार जित - 2018-04-17
काठमाडौं : इण्डियन प्रियिमर लिग ९आईपीएल० अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ ।

ला लिगामा बार्सिलोनाको नयाँ किर्तिमान - 2018-04-15
भ्यालेन्सियालाई पराजित गर्दै बार्सिलोनाले ला लिगामा लागातार ३९ खेलमा अपराजित रहँदै नयाँ किर्तिमान बनाउन सफल बनेको छ ।

यूरोपा लिगः एथलेटिको मड्रिड र आर्सनल सेमिफाइनलमा - 2018-04-13
काठमाडौं : एथलेटिको मड्रिडले युरोपा लिगको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । गएराति क्वाटरफाइनलको दोस्रो लेगमा लिस्बोनसँग १–० ले हारे पनि समग्रमा २–१ को जित निकाल्दै एथलेटिको सेमिफाइनलमा पुगेको हो ।

रोनाल्डोको पेनाल्टी गोलले रियल मड्रिड सेमिफाइनलमा - 2018-04-12
काठमाडौं : पहिलो लेगमा ३-० को हार व्यहोरेको युभेन्टसले उत्कृष्ट कमब्याक गर्दै रियल मड्रिडलाई हराएको छ । तर, इन्जुरी टाइममा क्रिष्टियानो रोनाल्डोले गरेको पेनाल्टी गोलको मद्दतमा रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

रोमाको सनसनीपूर्ण जित, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो - 2018-04-11
काठमाडौं : पहिलो लेगमा व्यहोरेको ४-१ को हारलाई बिर्साउँदै इटायिलयन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकालेको छ र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

महिला फुटवल खेलाडीलाइ खेल सामाग्री बितरण - 2018-04-08
रौतहट २५ चैत्र // गरीव तथा बिपन्न परीवारका फुटबल खेल्दै आएका किशोरहिरु लाइ खेल सामाग्री बितरण गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 NEXT

English News



1272325 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top