खेलकुद

रोनाल्डो बने क्लब वर्ल्डकपका सर्वाधिक गोलकर्ता



खेलकुद प्रकाशित मिति: २८ मंसिर, काठमाडौं

रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लब वर्ल्डकपमा सर्वाधिक गोलकर्ता बनेका छन् ।

रियल मड्रिडले अबुधावीको फुटबल क्लब अल जलीरामाथि २–१ गोल अन्तरको जित निकाल्दा रोनाल्डोले एक गोल गरे ।

खेलमा अग्रता भने अल जलीराले ४१ औं मिनेटमा रोमारिन्होको गोलबाट लिएको थियो । तर, ५३ औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे ।

यससँगै उनी क्लब वल्र्डकपमा सर्वाधिक गोलकर्ता बने । उनले बार्सिलोनाका लिओनल मेस्सी र लुइस स्वरेजलाई पछि पारे ।

मेस्सी र स्वरेजले समान ५/५ गोल गरेका छन् ।

मलेसियालार्इ १० विकेटले हराउँदै नेपाल फाइनलमा - 2017-09-16
नेपाल (एसीसी) यू-१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई १० विकेटले पराजित गरी फाइनलमा पुगेको हो । टस जितेर पहिले मलेसियालाई व्याटिङको निम्तो दिएको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमै अलआउट गर्न सफल भयो ।

एसीसी यू-१९: नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित - 2017-09-11
एसीसी यू-१९ प्रतियोगितामा नेपालले थाइल्याण्डलार्इ २५५ रनले हराएको छ। नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो।

नाडालले जिते यूएस ओपन टेनिसको उपाधि - 2017-09-11
राफेल नाडालले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई पराजित गर्दै नाडालले तेस्रो यूएस ओपन तथा १६ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।

स्टोकले म्यानचेष्टर युनाइटेडलाई बराबरीमा रोक्यो - 2017-09-10
एरिक म्याक्सिम चुपो मोइङले दुई गोल गरेपछि स्टोकले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको विजयी यात्रामा पूर्णविराम लगाएको छ ।

मेस्सीको ह्याट्रिकले बार्सिलोना विजयी, रियल रोकियो - 2017-09-10
लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतले क्याटालान डर्बीमा एस्पानियोललाई हराउँदै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा पुगेको छ ।

भेनस बाहिरिइन् - 2017-09-09
पूर्वविजेता भेनस विलियम्स वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको सेमिफाइनलबाट बाहिरिएकी छिन् । सात वर्षपछि युएस ओपनको अन्तिम चारमा पुगेकी भेनस स्लोन स्टेफेन्सबाट ६–१, ०–६ र ७–५ को सेटमा स्तब्ध भइन् ।

नेपाल पराजित - 2017-09-09
उपाधि दाबेदार भारतले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा शुक्रबार आयोजक नेपाललाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारतले घरेलु टोली नेपाललाई १०६–३९ ले पराजित गरेको हो । भारतको जितमा प्रतियोगिताकै अग्ला खेलाडी प्रिन्सपाल सिंहले ४५ स्कोर गरेका थिए ।

एभरेष्ट प्रिमियर लिग खेल्ने ६ ‘मार्की’ क्रिकेटर सार्वजनिक - 2017-09-08
एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल्न ६ ‘मार्की’ क्रिकेटरको नाम सार्वजनिक गरिएको छ ।

नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान - 2017-09-08
आगामी नोभेम्बरमा हुने एसीसी यू(१९ एसिया कपको छनौट खेल अन्तर्गत यू-१९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

English News



681456 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top