अभ्यास खेलमा नेपाली किशोर टिमको दोस्रो हार

खेलकुद

फाइनल खेलमा रौतहट बिजयी



खेलकुद प्रकाशित मिति:

चन्द्रपुर ३ साउन//
रौतहटमा भएको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहिवार भएको फाइनल खेलमा रौतहट बिजयी भएको छ ।

कैलाली लाइ १ गोलले पछि पार्दै रौतहट बिजयी भएको हो । रौतहटकी जर्सी नम्वर १० की लक्ष्मि घिसिङ्गले पहिलो हाफमा नै गोल गरेकी हुन ।

फाइनलमा पुगेको रौतहटले बारा, कन्चनपुर र कास्किलाइ हाएको थियो भने कैलालीले झापा र मोरङ्गलाइ हराउदै फाइनलमा पुगेको थियो ।

फाइनल खेलको उत्कृष्ठ खेलाडी रौतहटकी मनिषा राउत र प्रतियोगिता कै उत्कृष्ठ खेलाडी रौतहटकै अस्मिता बैध घोषित भएकी छिन । उनीहरु लाइ जहनी पाच हजार पुरस्कार प्रदान गरीएको छ ।

बिजेता तथा उपबिजेता टिम लाइ एन्फाका उपाध्यक्ष बिर बहादुर खड्का तथा रौतहटका सिडिओ गोबिन्द प्रसाद रिजालले पुरस्कार तथा शिल्ड बितरण गरेका छन ।

फुटवल समापन कार्यक्रममा चन्द्रपुरका मेयर रामचन्द्र चौधरी , उपमेयर रामरती चौधरी, लगाएत ४,६का वडा अध्यक्षहरु बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

रौतहटको चन्द्रपुर नगरपालीका ६ स्थित स्व.शेरबहादुर दर्लामी खेल मैदानमा  असार २७ गते बाट शुरु भएको राष्टिय महिला फुटवल खेल अखिल नेपाल फुटबल संघको आयोजना तथा रौतहट फुटबल संघको ब्यवस्थापनमा संचालन भएको रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामीले बताएका छन ।

उक्त प्रतियोगितामा रौतहट, बारा, पाचथर, कास्की, सुनसरी, ईलाम, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलालीका महिला फुटवल टिम सहभागी भएको रौतहट फुटबल संघका महासचिव मधुसुधन धितालले जानकारी दिएका छन ।

 फोटो ः फाइनल खेलमा प्रतिस्पर्धा गर्दै (रातो) रौतहट र (सेतो) कैलाली का खेलाडीहरु ।   


नेपालले अंक बाँड्यो - 2017-11-21
आइसिसी टी–२० महिला विश्वकपअन्तर्गत एसियन छनोटमा सोमबार खेल वर्षा बाधक बनेपछि नेपाल थाइल्यान्डसँग अंक बाँडेको छ ।

जेडिनेकको हृयाट्रिकसँगै अष्ट्रेलिया विश्वकपमा - 2017-11-15
माइल जेडिनेकको हृयाट्रिकको मदतमा अष्ट्रेलिया विश्वकपमा छनोट भएको छ ।

रोनाल्डो बने चौँथो सन्तानका पिता - 2017-11-13
रियालिटी टिभी स्टारले आफूसँग शारीरिक सम्बन्ध बनाएको आरोप लगाएको केही घण्टापछि नै क्रिस्टयानो रोनाल्डो चौँथो सन्तानको पिता बनेका छन् ।

यू-१९ एशिया कप क्रिकेटः भारतबिरुद्ध नेपालको ऐतिहासिक जित - 2017-11-12
एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ ।

विश्वकप छनौट प्लेअफ : क्रोएसिया र स्वीटजरल्याण्ड विजयी - 2017-11-10
ग्रीसको खराब डिफेन्सको फाइदा उठाउँदै क्रोएसियाले विश्व छनौट प्लेअफको पहिलो लेगमा ४–१ को जीत निकालेको छ ।

विदेशी रेस्लरहरु नेपालमा - 2017-11-10
भारतीय रेस्लर “द मास्क म्यान” को नेपाल आगमन ले १र२ दिन यता नेपाली सामाजिक सन्जालमा ठुलो हलचल मच्चिरहेका बेला प्रो रेस्लिङ गमेर नाम गरेका अमेरिकन खेलाडी नेपाल आएका छन्।

१२ गोल खाँदै नेपाल घर फर्कियो - 2017-11-09
एएफसी यू–१९ च्याम्पियनसिप छनोट खेलमा नेपाली युवा टिम जितविहीन हुँदै घर फर्किएको छ ।

‘के तिमी युद्घका लागि तयार छौ ?' - 2017-11-09
न्युयोर्क: अमेरिकी मुक्केबाज डियोन्टी विल्डरले अर्का बेलायती बक्सर एन्थोनी जोसुआलाई आफूसँग लड्न चुनौती दिएका छन् ।

लयमा फर्कियो रियल म्याड्रिड - 2017-11-07
म्याड्रिड : पछिल्ला केही खेलमा निराशाजनक प्रदर्शन गर्दै आएको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड पुनः लयमा फर्किएको छ । रियलले स्पेनिस ला लिगाको सोमबार खेलिएको खेलमा लस पाल्मसलाई ३-० गोलले हरायो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 NEXT

English News



1272322 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top