अभ्यास खेलमा नेपाली किशोर टिमको दोस्रो हार

खेलकुद

फाइनल खेलमा रौतहट बिजयी



खेलकुद प्रकाशित मिति:

चन्द्रपुर ३ साउन//
रौतहटमा भएको उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहिवार भएको फाइनल खेलमा रौतहट बिजयी भएको छ ।

कैलाली लाइ १ गोलले पछि पार्दै रौतहट बिजयी भएको हो । रौतहटकी जर्सी नम्वर १० की लक्ष्मि घिसिङ्गले पहिलो हाफमा नै गोल गरेकी हुन ।

फाइनलमा पुगेको रौतहटले बारा, कन्चनपुर र कास्किलाइ हाएको थियो भने कैलालीले झापा र मोरङ्गलाइ हराउदै फाइनलमा पुगेको थियो ।

फाइनल खेलको उत्कृष्ठ खेलाडी रौतहटकी मनिषा राउत र प्रतियोगिता कै उत्कृष्ठ खेलाडी रौतहटकै अस्मिता बैध घोषित भएकी छिन । उनीहरु लाइ जहनी पाच हजार पुरस्कार प्रदान गरीएको छ ।

बिजेता तथा उपबिजेता टिम लाइ एन्फाका उपाध्यक्ष बिर बहादुर खड्का तथा रौतहटका सिडिओ गोबिन्द प्रसाद रिजालले पुरस्कार तथा शिल्ड बितरण गरेका छन ।

फुटवल समापन कार्यक्रममा चन्द्रपुरका मेयर रामचन्द्र चौधरी , उपमेयर रामरती चौधरी, लगाएत ४,६का वडा अध्यक्षहरु बिभिन्न सरकारी तथा गैरसरकारी सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

रौतहटको चन्द्रपुर नगरपालीका ६ स्थित स्व.शेरबहादुर दर्लामी खेल मैदानमा  असार २७ गते बाट शुरु भएको राष्टिय महिला फुटवल खेल अखिल नेपाल फुटबल संघको आयोजना तथा रौतहट फुटबल संघको ब्यवस्थापनमा संचालन भएको रौतहट फुटवल संघका अध्यक्ष भगवान दर्लामीले बताएका छन ।

उक्त प्रतियोगितामा रौतहट, बारा, पाचथर, कास्की, सुनसरी, ईलाम, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलालीका महिला फुटवल टिम सहभागी भएको रौतहट फुटबल संघका महासचिव मधुसुधन धितालले जानकारी दिएका छन ।

 फोटो ः फाइनल खेलमा प्रतिस्पर्धा गर्दै (रातो) रौतहट र (सेतो) कैलाली का खेलाडीहरु ।   


एइबरविरुद्ध बार्साको संघर्षपूर्ण जित - 2018-02-18
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एइबरविरुद्धको खेलमा संघर्षपूर्ण जित निकालेको छ । १० खेलाडीमा सीमित एइबरलाई शनिबार राति बार्साले २-० ले हराएको छ । बार्साको जितमा लुइस स्वारेज र जोर्डी अल्बाले गोल गरे ।

नेपाल पहिले फिल्डिङ गर्दै - 2018-02-15
काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि युएईविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

रोनाल्डोको गोलसँगै रियल मड्रिडले पीएसजीलाई हरायो - 2018-02-15
काठमाडौं : क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिगको पहिलो लेगमा पेरिस सेन्ट जर्मेनलाई हराएको छ ।

टोटनह्यामले युभेन्टससँग बराबरी खल्यो - 2018-02-14
टोटनह्यामले उत्कृष्ट पुनरागमन गरेको छ र च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको फाइनलको पहिलो लेगमा युभेन्टससँग बराबरी खेलेको छ ।

डिभिजन २ क्रिकेट : जित्नै पर्ने दबाबमा नेपाल - 2018-02-14
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत महत्वपूर्ण खेलमा नेपालले बुधबार क्यानडाको सामना गर्दैछ।

पीएसजीसँग खेल्नु अघि रोनाल्डोको हृयाट्रिक - 2018-02-11
क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ ।

म्याक्सवेलको अलराउण्ड प्रदर्शन, अष्ट्रेलिया विजयी - 2018-02-08
काठमाडौं : ग्लेन म्याक्सवेलको शानदार अलराउण्ड प्रदर्शनको मदतमा अष्ट्रेलियाले त्रिदेशीय सिरिज अन्तरगत इंग्ल्याण्डमाथि ५ विकेटको जित हात पारेको छ ।

मुम्बईको बलिङ ‘मेन्टर’मा मालिंगा नियुक्त - 2018-02-08
काठमाडौं : श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा मुम्बई इण्डियनको बलिङ ‘मेन्टर’ बनेका छन् ।

डि मारियाले गरे ८ वर्षपछि ह्याट्रिक, काभानीको एक गोल, नेमारलाई आराम - 2018-02-07
पेरिस : पेरिस सेन्ट जर्मेन (पिएसजी) फेन्च कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। पिएसजीले गएराति भएको खेलमा सोचाउक्सलाई ४–१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 NEXT

English News



1272351 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top