खेलकुद

रियल मड्रिडको प्रभावशाली जित



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
स्पेनिस ला लिगा अन्तरगत आइतबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड जित निकाल्न सफल भएको छ । सिजनको सुरुदेखि नै राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि होडमा पछिपरिरहेको रियल मड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको हो ।
रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियलको जितकालागि मार्को एसेन्सिओले २ गोल गरे, भने क्रिस्यिानो रोनाल्डो, रामोस र करिम बेन्जिमाले एक-एक गोल गरे ।
रियल बेटिसका लागि सर्जियो लियोन र एइसा मान्डीले एक-एक गोल गरे । एक गोल भने रियल मड्रिडका डिफेन्डर नाचोले आत्मधाती गोल गर्दा उपहारस्वरुप पाएको थियो ।

११ मिनेटमा एसेन्सिओको गोलबाट रियल मड्रिलले खेलमा अग्रता बनाएकोमा बेटिसका लागि ३३ औं मिनेटमा मान्डीले बराबरी गोल गरेका थिए।

real-madrid_2

३७ मिनेटमा नाचोले आत्मधाती गोल गरेपछि बेटिसले २-१ को अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोलले पछि परेको रियल मड्रिडलाई ५० मिनेटमा रोमोसले गोल गरी बराबरीमा पुर्‍याए । ५९ मिनेटमा एसेन्सिओले व्यक्तिगत दोस्रो गोल गरी पुन रियल मड्रिडलाई अग्रता दिलाए ।

६५ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दोब्बर बनाए । रियल बेटिसका लागि ८५ मिनेटमा लियोनले गोल गरे पनि खेलमा फर्कन भने सकेन । अतिरिक्त समयमा रियल मड्रिडका करिम बेन्जिमाले गोल गरी टोलीका लागि ५-३ जित पक्का गरे ।

जितपछि पनि रियल मड्रिड २३ खेलबाट ४५ अंकसहित चौथो स्थानमै सीमित भएको छ । समान २४ खेलबाट ६२ अंक रहेका बार्सिलोना, ५५ अंक रहेको यथ्लेटिको मड्रिड र ४६ अंक रहेको भ्यालेन्सिया क्रमशः पहिलो, दास्रो र तेस्रो स्थानमा रहेका छन् ।

ला लिगाका आइतबारका अन्य खेलमा रियल सोसिडाडले लेभान्टेमाथि ३-० र यथ्लेटिको मड्रिडले यथ्लेटिक बिल्बाओमाथि २-० को जित निकाले भने स्पानियोल र भिल्लारियलले १-१ को बरारबी खेले । साभार अन्नपुर्ण

भेनस बाहिरिइन् - 2017-09-09
पूर्वविजेता भेनस विलियम्स वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको सेमिफाइनलबाट बाहिरिएकी छिन् । सात वर्षपछि युएस ओपनको अन्तिम चारमा पुगेकी भेनस स्लोन स्टेफेन्सबाट ६–१, ०–६ र ७–५ को सेटमा स्तब्ध भइन् ।

नेपाल पराजित - 2017-09-09
उपाधि दाबेदार भारतले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा शुक्रबार आयोजक नेपाललाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारतले घरेलु टोली नेपाललाई १०६–३९ ले पराजित गरेको हो । भारतको जितमा प्रतियोगिताकै अग्ला खेलाडी प्रिन्सपाल सिंहले ४५ स्कोर गरेका थिए ।

एभरेष्ट प्रिमियर लिग खेल्ने ६ ‘मार्की’ क्रिकेटर सार्वजनिक - 2017-09-08
एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल्न ६ ‘मार्की’ क्रिकेटरको नाम सार्वजनिक गरिएको छ ।

नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान - 2017-09-08
आगामी नोभेम्बरमा हुने एसीसी यू(१९ एसिया कपको छनौट खेल अन्तर्गत यू-१९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।

ला लिगा अध्यक्षबिरुद्ध मुद्दा हाल्ने म्यान्चेस्टर सिटीको तयारी - 2017-09-07
म्यान्चेस्टर सिटीका मालिकहरुले ला लिगाका अध्यक्ष ह्याभियर टेबासविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरिरहेको बताएका छन् ।

कठिन बन्दै अर्जेन्टिनाको विश्वकप यात्रा - 2017-09-07
अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुने अर्जेन्टिनाको यात्रा कठिन बन्दै गएको छ। छनोट चरणको लगातार दुई खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा कठिन बनेको हो ।

घरेलु मैदानमै जिल्लियो नेपाल - 2017-09-06
स्ट्राइकिङ लाइन फितलो बन्दा नेपाली टोली एसिया कप छनोट फुटबलको घरेलु मैदानमै खेलिएको खेलमा ताजकिस्तानसँग २-१ गोलले पराजित भएको छ ।

अर्जेन्टिनाले भेनेजुएलासँग बराबरी खेल्यो, विश्वकप छनौट कठिन बन्दै - 2017-09-06
अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको सहभागिता निश्चित गरिनसकेको अर्जेन्टिनाले विश्वकप दक्षिण अमेरिकी छनौटमा भेनेजुएलालसँग एक एक गोलको बराबरी खेलेको छ ।

पिपुल्स च्वाइस अवार्डको चर्चा - 2017-09-05
पल्सर स्पोर्ट्स अवार्ड-२०७४ भदौ २६ गते राजधानीमा आयोजना हुँदैछ। पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा पुरस्कार प्रदान गरिने भएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT

English News



781183 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top