खेलकुद

रियल मड्रिडको प्रभावशाली जित



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
स्पेनिस ला लिगा अन्तरगत आइतबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड जित निकाल्न सफल भएको छ । सिजनको सुरुदेखि नै राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि होडमा पछिपरिरहेको रियल मड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको हो ।
रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियलको जितकालागि मार्को एसेन्सिओले २ गोल गरे, भने क्रिस्यिानो रोनाल्डो, रामोस र करिम बेन्जिमाले एक-एक गोल गरे ।
रियल बेटिसका लागि सर्जियो लियोन र एइसा मान्डीले एक-एक गोल गरे । एक गोल भने रियल मड्रिडका डिफेन्डर नाचोले आत्मधाती गोल गर्दा उपहारस्वरुप पाएको थियो ।

११ मिनेटमा एसेन्सिओको गोलबाट रियल मड्रिलले खेलमा अग्रता बनाएकोमा बेटिसका लागि ३३ औं मिनेटमा मान्डीले बराबरी गोल गरेका थिए।

real-madrid_2

३७ मिनेटमा नाचोले आत्मधाती गोल गरेपछि बेटिसले २-१ को अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोलले पछि परेको रियल मड्रिडलाई ५० मिनेटमा रोमोसले गोल गरी बराबरीमा पुर्‍याए । ५९ मिनेटमा एसेन्सिओले व्यक्तिगत दोस्रो गोल गरी पुन रियल मड्रिडलाई अग्रता दिलाए ।

६५ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दोब्बर बनाए । रियल बेटिसका लागि ८५ मिनेटमा लियोनले गोल गरे पनि खेलमा फर्कन भने सकेन । अतिरिक्त समयमा रियल मड्रिडका करिम बेन्जिमाले गोल गरी टोलीका लागि ५-३ जित पक्का गरे ।

जितपछि पनि रियल मड्रिड २३ खेलबाट ४५ अंकसहित चौथो स्थानमै सीमित भएको छ । समान २४ खेलबाट ६२ अंक रहेका बार्सिलोना, ५५ अंक रहेको यथ्लेटिको मड्रिड र ४६ अंक रहेको भ्यालेन्सिया क्रमशः पहिलो, दास्रो र तेस्रो स्थानमा रहेका छन् ।

ला लिगाका आइतबारका अन्य खेलमा रियल सोसिडाडले लेभान्टेमाथि ३-० र यथ्लेटिको मड्रिडले यथ्लेटिक बिल्बाओमाथि २-० को जित निकाले भने स्पानियोल र भिल्लारियलले १-१ को बरारबी खेले । साभार अन्नपुर्ण

प्रदेश नम्वर २ स्तरिय सितोरियो कराते प्रतियोगिता सम्पन्न - 2017-10-17
रौतहट ३१ असोज // रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरिय कराते प्रतियोगितामा सात सुवर्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर प्रदेशका आठैवटा जिल्लाका खेलाडी सहभागी थिए ।

हङकङले दियो नेपाललाई १९५ रनको लक्ष्य - 2017-10-13
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतङ नेपाल र हंङकङ बीचको खेलमा हङकङले नेपाललाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ

पोर्चुगल विश्वकपमा, नेदरल्याण्ड पुग्न सकेन - 2017-10-11
युरोपियन च्याम्पियन पोर्चुगलले स्वीटजरल्याण्डलाई पराजित गर्दै सन् २०१८ को विश्वकपका लागि छनौट भएको छ ।

मेस्सीको उत्कृष्ट ह्याट्रिक - 2017-10-11
कप्तान लियोनेल मेस्सीको उत्कृष्ट ह्याट्रिक गर्दै अर्जेन्टिना सन् २०१८ को विश्वकपका लागि छनौट भएको छ । अर्जेन्टिना ३–१ गोलअन्तरले विजयी भएको हो ।

विश्व फुटबलमा आइसल्याण्डले रच्यो अर्को इतिहास - 2017-10-10
आइसल्याण्ड रुस विश्वकपमा छनोट हुने सबैभन्दा सानो मुलुक बनेको छ । छनोट चरणको आफ्नो अन्तिम खेलमा आइसल्याण्डले कोसोभोलाई २-० ले हरायो ।

विश्वकपको १७ टोली छनौट - 2017-10-10
सन् २०१८ मा रसियाका विश्वकपको छनौट खेलहरु अन्तिम चरणमा रहेको छ । प्रतियोगितामा ३२ टोलीले भाग लिनेछन् जसमध्ये १७ टोलीले आफ्नो स्थान पक्का गरिसकेका छन् ।

इजिप्ट विश्वकपका लागि छनोट, सलाह बने नायक - 2017-10-09
खेलको अन्तिम मिनेटमा मोहम्मद सलाहले गरेको पेनाल्टी गोलको मदतमा इजिप्टले कंगोलाई हराइको छ र २५ वर्षपछि विश्वकपमा स्थान बनाएको छ ।

स्वीडेनको विश्वकप सम्भावना कायमै, नेदरल्याण्ड्स संकटमा - 2017-10-08
स्वीडेनले लग्जम्बर्गमाथि गोलको वर्षा गर्दै विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ भने नेदरल्याण्ड्सलाई संकटमा पारेको छ ।

रोनाल्डोको प्रेरणामा पोर्चुगलको विश्वकप छनौटको सपना कायम - 2017-10-08
अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेर गोल गर्दै क्रिस्टिायनो रोनाल्डोले पोर्चुगलको विश्वकपमा स्वतः छनौट हुने सम्भावना कायम राखेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT

English News



781193 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top