खेलकुद

च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा रोनाल्डो



खेलकुद प्रकाशित मिति:

क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा छन् ।

रियल म्याड्रिडका फरवार्डले आज एपोएलविरुद्ध गोल गरे उनी एउटै क्यालेन्डर वर्षमा प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

हुनत  १६ गोलसहित यो किर्तिमान उनैको नाममा छन् । सन् २०१५ मा ३२ वर्षीय खेलाडीले च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए । 

तर, उनले यो उपलब्धि पछिल्ला ११ महिनामा नै पार गरेका छन् ।

यदी समूह चरणका अन्तिम दुई खेलमा गोल गरे, उनी प्रतियोगिताको इतिहासमा एकै वर्ष १७ गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

समूह एचमा आज जिनेदिन जिदानको टोलीले एपोएलको सामना गर्दैछ भने डिसेम्बर ६ मा घरेलु मैदानमा बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।

गोलको हिसाबले एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने शीर्ष १० मध्ये ५ स्थान रोनाल्डोको नाममा छ । 

उनले सन् २०१५ र २०१७ मा सर्वाधिक १६ गोल गरेका छन् भने सन् २०१३ मा उनले १५ गोल गरेका थिए । सन् २०१२ र १४ मा उनले १३ गोल गरेका थिए ।

मेस्सीले सन् २०१६ र २०११ मा सर्वाधिक १३ गोल गरेका थिए ।

यो सिजन रोनाल्डोले सर्वाधिक ६ गोल गरेका थिए ।   साभार : रातोपाटी

धोनीले बनाए अनौठो शतक - 2017-09-04
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय क्रिकेटमा अनौठो शतक बनाएका छन् ।

पीएसजी जाने नेइमारको निर्णय सहीः पेले - 2017-09-04
ब्राजिलका जेलेन्ड पेलेले बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने नेइमारको निर्णय सही भएको बताएका छन् ।

खेलकूदमन्त्री केसीलाई लोकतान्त्रिक खेलकूद संघको सम्मान - 2017-09-03
नेपालीकांग्रेसको शुभेच्छुक संस्था नेपाललोकतान्त्रिक खेलकुद संघले आइतबार युवातथाखेलकुदमन्त्री राजेन्द्रकुमार केसी राजनलाई सम्मान गरेको छ ।

इटालीको अपराजित यात्रा अन्त्य, इस्को नायक बन्दा स्पेन विश्वकप छनौट नजिक - 2017-09-03
इस्कोको दुई गोलको मद्दतले इटालीलाई हराउँदै स्पेन समूह जीबाट विश्वकप छनौटमा महत्वपूर्ण कदम चालेको छ ।

जर्मनी र इङ्ल्यान्ड विश्वकप नजिक - 2017-09-03
साविक विजेता जर्मनी र पूर्वविजेता इङ्ल्यान्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको छनोट नजिक पुगेका छन् । शुक्रबार भएको आआफ्नो खेलमा जित हात पार्दै जर्मनी र इङ्ल्यान्डले रुस विश्वकपको यात्रा लगभक पक्का बनाएका हुन् ।

टेनिस स्टार सेरेना विलियम्स बनिन् आमा, दिइन् छोरीलाई जन्म - 2017-09-02
संसारको नम्बर १ टेनिस खेलाडी बनिसकेकी सेरेना विलियम्स आमा बनेकी छिन् । ३६ वर्षीया सेरेनाले शुक्रबार छोरीलाई जन्म दिएकी हुन् ।

किन हुन्छन् एन्फाका खेलाडी पलायन ? - 2017-09-02
सन् १९९७ मा भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाली टोली पहिलो चरणबाटै बाहिरिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सानै उमेरदेखि खेलाडी उत्पादन गर्ने सोचअनुरूप एन्फा एकेडेमी सुरु गर्‍यो ।

विश्वकप छनौटमा अर्जेन्टिनाले उरुग्वेसँग अंक बाँड्यो - 2017-09-01
फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौटमा कठिन अवस्थामा रहेको अर्जेन्टिनाले उरुग्वेसँग उसकै मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

रोनाल्डोको अर्को किर्तिमान, पेलेलाई पछि छाडे - 2017-09-01
रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको ४८ औँ ह्याट्रिक पुरा गरेपछि पोर्चुगलले फारो आइल्याण्डलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । देशका लागि उनको यो पाँचौ ह्याट्रिक हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



645695 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top