नेपालको लगातार दोस्रो हार

खेलकुद

विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित



खेलकुद प्रकाशित मिति:

काठमााडौं :
उद्घाटन खेलमा साउदी अरेबियालाई ५(ण् को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।


नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १र१ गोल गरे ।

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २( ० को अग्रता लियो ।
७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।
रसिया टिमको अगाडि साउदी अरेबिया निरिह सावित भएको थियो । उसले गोलका गतिला अवसरसमेत सिर्जना गर्न सकेन । साभार अनलाईन खबर
पारसले भने- हामी धुर्मुसको साथमा छौं - 2018-03-30
काठमाडौं : हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन लाग्ने घोषणा गरेपछि क्रिकेट खेलाडीहरु उत्साहित बनेका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले धुर्मुसको घोषणा स्वागत योग्य भएको बताए ।

८० वर्षपछि बेलायती रेफ्रिबिना विश्वकप - 2018-03-30
काठमाडौं : आउँदो विश्वकपमा ६० वर्षपछि इटाली छनोट हुन नसकेर फुटबलप्रेमी चकित परिरहेका बेला अर्को चकित पार्ने निर्णय बाहिरिएको छ । आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा गएको ८० वर्षमा पहिलोपटक बेलायती रेफ्री हुने छैनन् ।

नेदरल्याण्डसँग ३-० ले हार्‍यो पोर्चुगल, गोल यात्रामा रोनाल्डोको ब्रेक - 2018-03-27
काठमाडौं : विश्वकपको तयारीमा रहेको पोर्चुगल मैत्रीपूर्ण खेलमा नेदरल्याण्डसँग ३-० ले पराजित भएको छ । सोमबार राति जेनेभामा भएको खेलमा विश्वकपमा छनोट हुन नसकेको नेदरल्याण्डले पोर्चुगललाई हराएको हो ।

रोनाल्डो चम्किँदा पोर्चुगलको जित - 2018-03-25
काठमाडौँः खेलको इन्जुरी समयमा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजिप्टलाई २–१ ले पराजित गरेको छ ।

मैत्रीपूर्ण खेलमा चिलीसँग स्वीडेन पराजित - 2018-03-25
काठमाडौं : विश्वकप फुटबलको तयारीमा रहेको स्वीडेन मैत्रीपूर्ण खेलमा चिलीसँग पराजित भएकोे छ । स्वीडेन घरेलु मैदानमा चिलीसँग २-१ गोलले पराजित भएको हो ।

एएफसी एसियन कप छनोट खेलका लागि फुटबल टिमको विदाइ - 2018-03-23
काठमाडौं : एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत यमनविरुद्धको दोस्रो लीग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले विदाइ गरेको छ ।

‘अबको लक्ष्य विश्वकप’ - 2018-03-20
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अबको लक्ष्य ५० ओभर विश्वकप खेल्ने भएको बताएका छन्।यद्यपि विश्वकप खेल्ने लक्ष्य पूरा गर्न नेपाली क्रिकेटले व्यावसायिक ‘सेट अप’ मा लानु आवश्यक रहेको धारणा उनले व्यक्त गरे। जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामार्फत पहिलो पटक एकदिवसीय टोलीको मान्यता पक्का गर्दै सोमबार स्वदेश फर्किएका कप्तान पारसले नेपाली क्रिकेटलाई अहिलेको अवस्थाबाट अघि बढाउने जिम्मेवारी सम्बद्ध सबै पक्षको भएको पनि बताए।

रियल मड्रिडले जिरोनालाई ६-३ ले हरायो, रोनाल्डोले गरे चार गोल - 2018-03-19
काठमाडौं : रोनाल्डोको चार गोल मद्दतमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जिरोनालाई ६-३ गोलले हराएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन रोनाल्डोले चार गोल गरे ।

५-० ले विजयी हुँदै लिभरपुल तेस्रो स्थानमा, सालहले गरे ४ गोल - 2018-03-18
काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकाल्दै लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । मोहमद सालहको ह्याट्रिक मद्दतमा लिभरपुलले घरेलु मैदानमा वाट्फोर्डलाई ५-० ले हरायो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT

English News



1143952 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top