खेलकुद

रियल मड्रिडको प्रभावशाली जित



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
स्पेनिस ला लिगा अन्तरगत आइतबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड जित निकाल्न सफल भएको छ । सिजनको सुरुदेखि नै राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि होडमा पछिपरिरहेको रियल मड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको हो ।
रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियलको जितकालागि मार्को एसेन्सिओले २ गोल गरे, भने क्रिस्यिानो रोनाल्डो, रामोस र करिम बेन्जिमाले एक-एक गोल गरे ।
रियल बेटिसका लागि सर्जियो लियोन र एइसा मान्डीले एक-एक गोल गरे । एक गोल भने रियल मड्रिडका डिफेन्डर नाचोले आत्मधाती गोल गर्दा उपहारस्वरुप पाएको थियो ।

११ मिनेटमा एसेन्सिओको गोलबाट रियल मड्रिलले खेलमा अग्रता बनाएकोमा बेटिसका लागि ३३ औं मिनेटमा मान्डीले बराबरी गोल गरेका थिए।

real-madrid_2

३७ मिनेटमा नाचोले आत्मधाती गोल गरेपछि बेटिसले २-१ को अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोलले पछि परेको रियल मड्रिडलाई ५० मिनेटमा रोमोसले गोल गरी बराबरीमा पुर्‍याए । ५९ मिनेटमा एसेन्सिओले व्यक्तिगत दोस्रो गोल गरी पुन रियल मड्रिडलाई अग्रता दिलाए ।

६५ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दोब्बर बनाए । रियल बेटिसका लागि ८५ मिनेटमा लियोनले गोल गरे पनि खेलमा फर्कन भने सकेन । अतिरिक्त समयमा रियल मड्रिडका करिम बेन्जिमाले गोल गरी टोलीका लागि ५-३ जित पक्का गरे ।

जितपछि पनि रियल मड्रिड २३ खेलबाट ४५ अंकसहित चौथो स्थानमै सीमित भएको छ । समान २४ खेलबाट ६२ अंक रहेका बार्सिलोना, ५५ अंक रहेको यथ्लेटिको मड्रिड र ४६ अंक रहेको भ्यालेन्सिया क्रमशः पहिलो, दास्रो र तेस्रो स्थानमा रहेका छन् ।

ला लिगाका आइतबारका अन्य खेलमा रियल सोसिडाडले लेभान्टेमाथि ३-० र यथ्लेटिको मड्रिडले यथ्लेटिक बिल्बाओमाथि २-० को जित निकाले भने स्पानियोल र भिल्लारियलले १-१ को बरारबी खेले । साभार अन्नपुर्ण

रौतहट फुटवल संघमा दर्लामी - 2018-01-13
चन्द्रपुर २९ पुस // रौतहट जिल्ला फुटवल संघमा भगवान दर्लामी बुद्ध निर्विरोध चयन भएका छन । शनिवार चन्द्रनिगाहपुरमा भएको ५ औ अधिवेशनले दर्लामी लाइ अध्यक्षमा चयन गरेको हो ।

मध्यपश्चिमाञ्चल सेमिफाइनलमा - 2018-01-09
राजधानीमा जारी राखेप च्याम्पियनसिपअन्तर्गत १५औं पुरुष तथा १४औं राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलातर्फ मध्यपश्चिमाञ्चलको टोली सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाले जित्यो, रियल मड्रिड बराबरीमा रोकियो - 2018-01-08
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जित हात पारेको छ भने रियल मड्रिड बराबरीमा रोकिएको छ । यससँगै रियल मड्रिड लिग लिडर बार्सिलोना भन्दा १६ अंकले पछाडि परेको छ ।

विराट कोहलीलाई १७ करोड - 2018-01-07
यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताका लागि भारतीय कप्तान विराट कोहलीलाई रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसीबी) ले सर्वाधिक रकममा अनुबन्ध गरेको छ। कोहली आरसीबीको पनि कप्तान हुन्। आरसीबीले नयाँ सिजनका लागि अक्सन (खेलाडीको लिलामी) सुरु हुनुपूर्व नै १७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो।

बार्सिलोनाले भित्र्यायो काउटिन्हो - 2018-01-07
बार्सिलोनाले लिभरपुलका मिडिफिल्डर फिलिप काउटिन्होलाई १४२ मिलियन पाउण्डमा भित्र्याएको छ ।

क्याटलोनिया स्वतन्त्र भए मेस्सीले बार्सिलोना छोड्न सक्ने - 2018-01-05
क्याटलोनियाको राजनीतिक उतारचढावका बाछिटा लिओनल मेस्सीमा पनि परेको छ । र, अर्जेन्टिनी खेलाडीले यदि क्याटलोनिया स्पेनबाट स्वतन्त्र भयो भने बार्सिलोना फुटबल क्लब के हुन्छ भन्ने प्रष्ट हुन चाहेका छन् ।

डेम्बेले मैदान फर्किए, तर बार्सिलोनाले बराबरी खेल्यो - 2018-01-05
ओस्माने डेक्बेले मैदान फर्किएका खेलमा बार्सिलोनाले सेल्टाभिगोसँग बराबरी खेलेको छ ।

नेपाल पुलिस र मध्यमाञ्चल विजयी - 2018-01-03
१६औं राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लब र मध्यमाञ्चलले सफलता हात पारेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी लिगमा मंगलबार पुलिसले सुदूरपश्चिमलाई २-१ गोलले हरायो ।

एक बालक फ्यान, जसले विश्वलाई रुवाए - 2018-01-01
सन् २०१७ को यो अन्तिम क्षणमा सारा विश्व नयाँ वर्षको स्वागत गर्न आतुर छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT

English News



781190 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top