नेपालको लगातार दोस्रो हार

खेलकुद

विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित



खेलकुद प्रकाशित मिति:

काठमााडौं :
उद्घाटन खेलमा साउदी अरेबियालाई ५(ण् को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।


नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १र१ गोल गरे ।

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २( ० को अग्रता लियो ।
७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।
रसिया टिमको अगाडि साउदी अरेबिया निरिह सावित भएको थियो । उसले गोलका गतिला अवसरसमेत सिर्जना गर्न सकेन । साभार अनलाईन खबर
कोलकातासँग राजस्थान ६ विकेटले पराजित - 2018-05-16
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

बैंग्लोरले पन्जाबलाई १० विकेटले हरायो, कोहलीले तोडे वार्नरको रेकर्ड - 2018-05-15
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले किंग्स इलाभेन पन्जाबलाई १० विकेटले हराएको छ । पन्जाबले दिएको ८९ रनको झिनो लक्ष्य बैंग्लोरले ८ ओभर १ बलमै भेटाएर जित हासिल गर्‍यो ।

सालहले पक्का गरे गोल्डेन बुट - 2018-05-14
काठमाडौं : यसै सिजनमा सर्वाधिक गोलकर्ता बनेका लिभरपुलका मोहम्मद साहलले गोल्डेन बुट पाउने पक्का भएको छ । उनले प्रिमियर लिग इतिहासमै एउटै सिजनमा सबैभन्दा धेरै ४४ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।

आईपीएलको डेब्यु खेलमै प्रभाव छाडे सन्दीपले - 2018-05-13
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन् ।

राजस्थानले चेन्नईलाई हरायो, प्लेअफ पुग्ने संभावना बढ्यो - 2018-05-12
जयपुर : आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्समाथि रोमाञ्चक जित हात पारेको छ। राजस्थानले शुक्रबार भएको खेलमा चेन्नईलाई ४ विकेटले पराजित गरेको हो।

पीएसजीले जित्यो फ्रेन्च कपको उपाधि, उपाधि उचाल्न लेसका क्याप्टेन पनि सहभागी - 2018-05-09
काठमाडौं : पेरिस सेन्टजर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ । मंगलबार राति लेस हर्बियर्सलाई २-० ले हराउँदै पीएसजीले उपाधि उचालेको हो ।

आईपीएलः सातौंपटक हार्‍यो बैंग्लोर, प्लेअफमा पुग्न मुस्किल - 2018-05-08
काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच रनले हराएको छ ।

मुम्बईले मार्यो बाजी, पन्जाबविरुद्ध ६ विकेटको जित - 2018-05-05
काठमाडौं : इन्डियन प्रिमियर लिग ९आईपीएल०मा मुम्बई इन्डियन्सले किङ्ग्स इलाभेन पन्जाबलाई ६ विकेटले हराएको छ ।

आईपीएल: चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी - 2018-05-04
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT

English News



1143959 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top