खेलकुद

च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा रोनाल्डो



खेलकुद प्रकाशित मिति:

क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा छन् ।

रियल म्याड्रिडका फरवार्डले आज एपोएलविरुद्ध गोल गरे उनी एउटै क्यालेन्डर वर्षमा प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

हुनत  १६ गोलसहित यो किर्तिमान उनैको नाममा छन् । सन् २०१५ मा ३२ वर्षीय खेलाडीले च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए । 

तर, उनले यो उपलब्धि पछिल्ला ११ महिनामा नै पार गरेका छन् ।

यदी समूह चरणका अन्तिम दुई खेलमा गोल गरे, उनी प्रतियोगिताको इतिहासमा एकै वर्ष १७ गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

समूह एचमा आज जिनेदिन जिदानको टोलीले एपोएलको सामना गर्दैछ भने डिसेम्बर ६ मा घरेलु मैदानमा बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।

गोलको हिसाबले एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने शीर्ष १० मध्ये ५ स्थान रोनाल्डोको नाममा छ । 

उनले सन् २०१५ र २०१७ मा सर्वाधिक १६ गोल गरेका छन् भने सन् २०१३ मा उनले १५ गोल गरेका थिए । सन् २०१२ र १४ मा उनले १३ गोल गरेका थिए ।

मेस्सीले सन् २०१६ र २०११ मा सर्वाधिक १३ गोल गरेका थिए ।

यो सिजन रोनाल्डोले सर्वाधिक ६ गोल गरेका थिए ।   साभार : रातोपाटी

माउण्ट एभरेष्टको खेल सप्ताह सकियो - 2016-10-28
कलमपाटी १२ कार्तिक माउन्ट एभरेस्ट आवासीय माध्यमिक विधालय चन्द्रपुर द्वारा सन्चालित सप्ताह ब्यापी खेलकुद कार्यक्रमको शुक्रवार समापन भएको छ । भलिबल खेलको फाईनलमा रातो सदन बिरुद्ध निलो सदन टिममा निलो सदन ले २५—१९ र २५—७ ले जिजयी हुन सफल भएको छ ।

मनाङ सजिलै सेमिफाइनलमा - 2016-10-25
घरेलु टिम चितवन-११ लाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै सोमबार ‘ए' डिभिजन क्लब मनाङ मस्र्याङ्दी चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

एन्फा अध्यक्षमा श्रेष्ठ विजयी - 2016-10-25
अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार आयोजित साधारणसभामा निकटतम प्रतिद्वन्द्वी कर्मा छिरिङ शेर्पालाई पाँच मतले पछि पार्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

महिला क्रिकेट खेलाडी लाइ जनही २५ हजार - 2016-10-23
काठमाण्डौ ७ कार्तिक सरकारले हङकङमा सम्पन्न आईसिसी महिला विश्व कप क्रिकेट अन्तर्गत एसियाली छनोट खेलमा सहभागी भएर स्वदेश फर्किएको नेपाली टोलीका प्रत्यक खेलाडी लाई २५ हजारले पुरस्कृत गर्ने भएको छ ।

एन्फाको अध्यक्ष र उपाध्यक्षको चुनाव सोमवार - 2016-10-21
काठमाण्डौ ५ कार्तिक आखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्ष पदका लागी बाटो खुलेको छ । एन्फाको अध्यक्ष र बरिष्ठ उपाध्यक्ष पदका लागी आउदो सोमबार निर्वाचन हुँदैछ ।

सातौ राष्टिय खेलकुद प्रतियोतिाका लागी खेलाडी छनौट - 2016-10-20
रौतहट ४ कार्तिक स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ विहिवार रौतहटको चन्द्रनिगाहपुरमा सातौं राष्ट्रिय जिल्ला स्तरीय खेलकुद छनौट प्रतियोगिता २०७३ को उदघाटन गरिएको छ ।

महिला क्रिकेट टोली एसिया कपमा छनौट - 2016-10-17
काठमाडौ ३० असोज विश्व कप क्रिकेट छनोटबाट बाहिरिएको नेपाल एसिया कपका लागि भने छनोट भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल महिला विश्वकप २०१७ को एसियाली छनोट अन्तर्गत शनिबार भएको खेलमो चीनलाई चार विकेटले पराजित गरी एसिया कप मा छनौट भएको हो ।

बिश्वकप महिला क्रिकेट खेल नेपालले खेल्न नपाउने - 2016-10-14
कलमपाटी २८ असोज आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौट प्रतियोगिताबाटै नेपाल बाहिरिएको छ । शुक्रवार हङकङ क्रिकेट क्लवको मैदानमा भएको खेलमा थाइल्याण्डसँग पराजित भएपछि नेपाल विश्वकप छनौट बाट बाहिरीएको हो ।

फिफा द्धारा ११ देशलाई कार्वाही - 2016-10-05
एजेन्सी १९ असोज फुटबलको प्रशासकीय संस्था फिफाले ११ देशका फुटबल एसोसिएसनहरु लाइ जरिवाना गरेको छ । विश्वकप २०१८ को छनोट खेलको क्रममा समर्थकले असहयोग गरेको ११ देशका फुटबल एसोसिएसनलाई फिफाले जरिवाना समेत गराएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



645788 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top