नेपालको लगातार दोस्रो हार

खेलकुद

विश्वकपमा आयोजक रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित



खेलकुद प्रकाशित मिति:

काठमााडौं :
उद्घाटन खेलमा साउदी अरेबियालाई ५(ण् को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।


नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १र१ गोल गरे ।

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २( ० को अग्रता लियो ।
७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।
रसिया टिमको अगाडि साउदी अरेबिया निरिह सावित भएको थियो । उसले गोलका गतिला अवसरसमेत सिर्जना गर्न सकेन । साभार अनलाईन खबर
रियलसँग नयाँ करार गर्दिन' - 2017-11-03
क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडसँग सुधारिएको नयाँ करार नगर्ने बताएका छन् । च्याम्पियन्स लिगमा बुधबार भएको खेलमा टोटनहमसँग पराजित भएपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् ।

रियल मड्रिडमाथि शानदार जित हात पार्दै टोटनह्याम - 2017-11-02
साविकको विजेता रियल मड्रिडमाथि शानदार जित हात पार्दै टोटनह्याम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बार्सिलोनाको करियरमा सबैभन्दा खराब फर्ममा सुवारेज - 2017-11-01
अहिले ह्यालोविन होला, तर लुइस सुवारेज अब डरलाग्दा छैनन् । बार्सिलोनाका फरवार्डले यो सिजन मात्र तीन पटक गोल गरेका छन् भने च्याम्पियन्स लिगमा एक पनि गोल गर्न सकेका छैनन् । ओलम्पियाकोसविरुद्ध उनको खेल बिर्सन लायक थियो ।

ह्याट्रिकसँगै कुरजावाले च्याम्पियन्स लिगमा बनाए नयाँ इतिहास - 2017-11-01
फ्रान्स: लायभिन कुरजावाले एन्डरलेक्टविरुद्ध च्याम्पियन्स लिगको खेलमा एउटा नयाँ इतिहास कोरेका छन् ।

आज नेपाल र किर्गिस्तान भिड्ने - 2017-10-31
एएफसी यू-१९ छनोट च्याम्पियनसिपको पहिलो खेलमा नेपालले मंगलबार घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

एएफसी यू-१९ छनोट च्याम्पियनसिपका लागि टोलीको घोषणा - 2017-10-29
काठमाडौं// एएफसी यू-१९ छनोट च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले शनिबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ ।

बार्सिलोनाको सानदार जित - 2017-10-29
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अर्को जित हात परेको छ । शनिबार राति भएको खेलमा यथ्लेटिको विल्बाओलाई २-० ले पराजित गर्दै लिगमा नवौं जित दर्ता गर्न सफल भएको हो ।

मार्टिलको गोलमा युनाइटेडले टोटनहृयामलाई हरायो - 2017-10-28
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले टोटनहृयामलाई हराएको छ ।

ग्रिजम्यान भित्रयाउने प्रयासमा बार्सिलोना - 2017-10-28
बार्सिलोनाले एटलेटिको म्याड्रिडका एन्टोनियो ग्रिजम्यानलाई भित्रयाउने प्रयास थालेको छ । जनवरीमा खेलाडी किनबेच सिजन सुरुवातमै बार्सिलोनाले ग्रिजम्यान भित्रयाउने प्रस्ताव राख्नेछ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT

English News



1143955 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top