खेलकुद

च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा रोनाल्डो



खेलकुद प्रकाशित मिति:

क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा अर्को किर्तिमान भंग गर्ने दाउमा छन् ।

रियल म्याड्रिडका फरवार्डले आज एपोएलविरुद्ध गोल गरे उनी एउटै क्यालेन्डर वर्षमा प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्ने छन् ।

हुनत  १६ गोलसहित यो किर्तिमान उनैको नाममा छन् । सन् २०१५ मा ३२ वर्षीय खेलाडीले च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए । 

तर, उनले यो उपलब्धि पछिल्ला ११ महिनामा नै पार गरेका छन् ।

यदी समूह चरणका अन्तिम दुई खेलमा गोल गरे, उनी प्रतियोगिताको इतिहासमा एकै वर्ष १७ गोल गर्ने पहिलो खेलाडी बन्नेछन् ।

समूह एचमा आज जिनेदिन जिदानको टोलीले एपोएलको सामना गर्दैछ भने डिसेम्बर ६ मा घरेलु मैदानमा बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।

गोलको हिसाबले एकै वर्ष सबैभन्दा धेरै गोल गर्ने शीर्ष १० मध्ये ५ स्थान रोनाल्डोको नाममा छ । 

उनले सन् २०१५ र २०१७ मा सर्वाधिक १६ गोल गरेका छन् भने सन् २०१३ मा उनले १५ गोल गरेका थिए । सन् २०१२ र १४ मा उनले १३ गोल गरेका थिए ।

मेस्सीले सन् २०१६ र २०११ मा सर्वाधिक १३ गोल गरेका थिए ।

यो सिजन रोनाल्डोले सर्वाधिक ६ गोल गरेका थिए ।   साभार : रातोपाटी

नेल्सन सिमेडो बार्सिलोना जाने पक्का - 2017-07-14
३० असार, काठमाडौं / स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज राइटब्याक नेल्सन सिमेडोलाई भित्र्याउने भएको छ ।

भारतीय टोलीको मुख्य प्रशिक्षकमा शास्त्री - 2017-07-13
काठमाणडौ २९ असार / मुम्बई स् पूर्वअलराउन्डर रवि शास्त्री भारतीय राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

वेस्ट इन्डिजसँग हार्‍यो भारत - 2017-07-11
वेस्ट इन्डिजले आइतबार राति खेलिएको अन्तर्राष्ट्रिय टीट्वेन्टी क्रिकेटमा भारतलाई नौ विकेटले हराएको छ । जितसँगै घरेलु टोली वेस्ट इन्डिजले एकमात्र खेलको टीट्वेन्टी शृंखला पनि जितेको छ ।

नेपाल र बङ्गलादेश आज आमने–सामने हुँदै - 2017-07-11
नेपाली टोलीले आज बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो - 2017-06-05
तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ ।

दक्षिण एसियाली योग च्याम्पियनसिप सुरु - 2017-05-08
नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिप आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।

गौरमा भएको क्रिकेट खेलमा पत्रकार समुह बिजयी - 2017-05-01
क्रिकेट खेलमा पत्रकार समुह बिजयी भएको छ । गौर नगरपालिकाको सहयोग तथा युवा बिकाश केन्द्रको आयोजनामा रौतहटको गौर स्थित राइसमिलको मैदानमा प्रतियोगिता सम्पन्न भएको छ ।

धनगढीले जित्यो पहिलाे डीपीएल क्रिकेटको उपाधि - 2017-04-22
कैलाली मा भएको पहिलो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराहा धनगढीले जीतेको छ ।

१४ बर्ष मुनि का फुटबल खेलाडीको छनौट खेल सम्पन्न - 2017-04-17
रौतहट ४ बैसाख / मध्यमान्चालका सात जिल्लाका १४ बर्ष मुनीका फुटवल खेलाडीहरुको छनौट प्रकृया रौतहटमा सम्पन्न भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT

English News



645790 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top