खेलकुद

रियल मड्रिडको प्रभावशाली जित



खेलकुद प्रकाशित मिति:

काठमाडौं :
स्पेनिस ला लिगा अन्तरगत आइतबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड जित निकाल्न सफल भएको छ । सिजनको सुरुदेखि नै राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि होडमा पछिपरिरहेको रियल मड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको हो ।
रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियलको जितकालागि मार्को एसेन्सिओले २ गोल गरे, भने क्रिस्यिानो रोनाल्डो, रामोस र करिम बेन्जिमाले एक-एक गोल गरे ।
रियल बेटिसका लागि सर्जियो लियोन र एइसा मान्डीले एक-एक गोल गरे । एक गोल भने रियल मड्रिडका डिफेन्डर नाचोले आत्मधाती गोल गर्दा उपहारस्वरुप पाएको थियो ।

११ मिनेटमा एसेन्सिओको गोलबाट रियल मड्रिलले खेलमा अग्रता बनाएकोमा बेटिसका लागि ३३ औं मिनेटमा मान्डीले बराबरी गोल गरेका थिए।

real-madrid_2

३७ मिनेटमा नाचोले आत्मधाती गोल गरेपछि बेटिसले २-१ को अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोलले पछि परेको रियल मड्रिडलाई ५० मिनेटमा रोमोसले गोल गरी बराबरीमा पुर्‍याए । ५९ मिनेटमा एसेन्सिओले व्यक्तिगत दोस्रो गोल गरी पुन रियल मड्रिडलाई अग्रता दिलाए ।

६५ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दोब्बर बनाए । रियल बेटिसका लागि ८५ मिनेटमा लियोनले गोल गरे पनि खेलमा फर्कन भने सकेन । अतिरिक्त समयमा रियल मड्रिडका करिम बेन्जिमाले गोल गरी टोलीका लागि ५-३ जित पक्का गरे ।

जितपछि पनि रियल मड्रिड २३ खेलबाट ४५ अंकसहित चौथो स्थानमै सीमित भएको छ । समान २४ खेलबाट ६२ अंक रहेका बार्सिलोना, ५५ अंक रहेको यथ्लेटिको मड्रिड र ४६ अंक रहेको भ्यालेन्सिया क्रमशः पहिलो, दास्रो र तेस्रो स्थानमा रहेका छन् ।

ला लिगाका आइतबारका अन्य खेलमा रियल सोसिडाडले लेभान्टेमाथि ३-० र यथ्लेटिको मड्रिडले यथ्लेटिक बिल्बाओमाथि २-० को जित निकाले भने स्पानियोल र भिल्लारियलले १-१ को बरारबी खेले । साभार अन्नपुर्ण

रोनाल्डोको अर्को किर्तिमान, पेलेलाई पछि छाडे - 2017-09-01
रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले करियरको ४८ औँ ह्याट्रिक पुरा गरेपछि पोर्चुगलले फारो आइल्याण्डलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । देशका लागि उनको यो पाँचौ ह्याट्रिक हो ।

इंग्लिस मिडफिल्डर च्याम्बरलिन आर्सनलबाट लिभरपुलमा अनुबन्धित - 2017-08-31
आर्सनलका इंग्लिस मिडफिल्डर एलेक्स ओक्लेड च्याम्बरलिन ४० मिलियन पाउण्डमा लिभरपुल जान सहमत भएका छन् ।

बंगलादेशमाथि नेपालको रोमाञ्चक जित - 2017-08-31
नेपालले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा पनि रोमाञ्चक जित हात पारेको छ ।

काउन्टिन्होलाई बार्सिलोना नजान नेयमारको सुझाव - 2017-08-30
पीएजसीका स्टार नेयमारले काउन्टिन्होलाई बार्सिलोना नजान सुझाव दिएको ब्राजिलका मिडियाहरुले जनाएका छन् ।

नेपालले बंगलादेशलाई हरायो - 2017-08-30
बंगलादेशविरुद्धको मैत्रीपूर्ण भलिबल खेलमा नेपाल विजयी भएको छ ।

नेयमारको स्थान लिन डेम्बेले बार्सिलोनामा - 2017-08-29
बार्सिलोनाले बोरुसिया डर्टमण्डका फरवार्ड ओमान डेम्बेलेलाई शुरुवाती ९.६८ करोड पाउण्डमा अनुबन्ध गरेको छ । यद्यपि, यो रकम १३.५ करोड पाउण्ड पुग्ने बताइएको छ ।

१५ महिनापछि सारापोभाको शानदार कमब्याक - 2017-08-29
प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा १५ महिनाको प्रतिबन्ध झेलेकी रसियन टेनिस सुन्दरी मारिया सारोपोभाले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनमार्फत शानदार पुनरागमन गरेकी छन् ।

बार्सिलोनाद्वारा नेयमारविरुद्ध मुद्दा दर्ता - 2017-08-23
विश्वकिर्तिमानी रकममा पेरिस सेन्ट जर्मेनसँग अनुबन्ध भएका नेयमारविरुद्ध उनको पूर्व क्लब बार्सिलोनाले मुद्दा दर्ता गरेको छ । मुद्दामा नेयमारसँग ७८ लाख पाउण्ड माग गरिएको छ ।

म्याराडोना फुटबल खेल्न भारत आउदै - 2017-08-23
अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्याराडोना च्यारिटी फुटबल खेल्न भारतमा आउने भएका छन् । सन् १९८६ को विश्वकप विजेता अर्जेन्टिनी टोलीका महत्र्वपूर्ण सदस्य म्याराडोना आगामी अक्टोवर २ देखि ४ तारिखसम्म भारतमा रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT

English News



781197 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top